१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुरको मतणनास्थल बाहिर नाराजबाजी, विवादका कारण गणना स्थगित

मतगणनास्थलबाहिर नाराबाजी गर्दै काँग्रेस-माओवादी कार्यकर्ता

चितवन—भरतपुर महानगरपालिकाको मतगणनास्थल बाहिर नाराबाजी भइरहेको छ। वडा नं.९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको छ।

कम्प्युटरमा इन्ट्री गरेको मत संख्या उम्मेदवारका प्रतिनिधिले राखेको मत संख्या फरक आएको भन्दै काँग्रेस माओवादी कार्यकर्ताले वडा नं. ९ को मत पुनः गणना गर्न माग गर्दै नाराबाजी गरेका हुन्।

कम्प्युटरमा इन्ट्री गरेको मत संख्या उम्मेदवारका प्रतिनिधिले राखेको मत संख्या फरक आएको भन्दै काँग्रेस माओवादी कार्यकर्ताले वडा नं. ९ को मत पुनः गणना गर्न माग गर्दै नाराबाजी गरेका हुन्।

वडा नं. ९ एमालेका यमलाल कँडेल वडा अध्यक्षमा विजयी भएका थिए। काँग्रेस, माओवादीका बुथ प्रतिनिधिसँगको मतसंख्या र कम्प्युटर इन्ट्रीमा भएको मतसंख्या फरक भएको उनीहरुको भनाइ छ।

भरतपुरको जारी मतगणनामा एमालेले वडा नं। २, ४, ५, ७ पछि शुक्रबार साँझ ९ पनि जितेको बताइएको थियो। काँग्रेसले १, ३,६ र ८ मा विजयी हात पारेको छ। शुक्रबार दिउँसो काँग्रेस माओवादी गठबन्त्रनबाट मेयर उम्मेद्वार रेणु दाहालको अग्रता लिएकी थिइन्। त्यही वडा ९ नं। वडाको मतपरिणामले उनलाई एमाले उम्मेदवारले उछिनेका थिए।

वडा नम्बर  ९ सम्मको मत गणना सकिदा एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीले कुल १५ हजार १५५ मत ल्याएका छन्। गठबन्धनबाट माओवादी उम्मेद्वार रेणु दाहालले १४ हजार ८०९ मतसहित उनलाई पछ्याइ रहेकी छन्। उपमेयरमा काँग्रेसकी पार्वती शाह १६ हजार ८४९ मत सहित अगाडि छिन्। दिब्या आचार्य १२ हजार ४६३  मत पाएकी छिन्।
भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ।

तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।
 

प्रकाशित: ५ जेष्ठ २०७४ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App