१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

८९ विकास बैंक ३८ मा झरे

काठमाडौं- वित्तीय बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि विकास बैंकले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकाले ५० करोड रुपैयाँ पु¥याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि विकास बैंकहरु यो बाटो लागेका हुन् ।
केही वर्षअघि ८९ वटा विकास बैंक भएकामा अहिले ३८ मा झरेका छन् । यसमध्येका पनि केही विकास बैंकले मर्जर वा एक्विजिसनमा जाने निर्णय गरिसकेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरत ढकालले बताए । ‘अहिलेसम्म मर्जर र एक्विजिसनमा जाने निर्णय गरेका विकास बैंक त्यसअनुसार गए ३० वटामा झर्ने देखिन्छ,’ मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘पुससम्ममा ३० वटामा झर्ने अनुमान गरिएको छ ।’ धेरै जसो ‘ख’ वर्गका विकास बैंकलाई ‘क’ वर्गका वाणिज्य बैंकले खरिद गरेका छन् भने केही ‘ख’ वर्गकै विकास बैंकसँग मर्जरमा गएका छन् ।
हाल सञ्चालनमा रहेका विकास बैंकमध्ये केहीले गत अर्थिक वर्षको बाह्य लेखापरीक्षण गर्दाको अवस्थासम्ममा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउन सक्ने अवस्था छैन । उक्त अवधिसम्म चुक्ता पुुँजी नपु¥याउने विकास बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने जानकारी गराइसकेको छ ।
वित्तीय पहुँच वृद्धिमा महŒवपूर्ण योगदान पु¥याएका विकास बैंक हराउने स्थिति आएको विज्ञहरुको भनाइ छ । केन्द्रीय बैंकले तोकेको मापदण्डअनुसार चुक्ता पुुँजी बढाउन नसकेका विकास बैंकले मर्जर वा एक्विजिसनको बाटो रोजिसकेका छन् । धेरैजसो विकास बैंकलाई वाणिज्य बैंक र विकास बैंकले किनिसकेका छन् । केही किन्ने अन्तिम तयारीमा छन् ।
एक्विजिसनमा गएपछि विकास बैंकको उद्धार पनि हुने र बैंकको चुक्ता पुुँजी पनि बढ्ने हुनाले दुवै पक्षले जित्ने भएकाले यो बाटो अपनाएको केन्द्रीय बैंकको भनाइ छ ।
वाणिज्य बैंकहरु आठ अर्ब रुपैयाँ चुक्ता पुुँजी पु¥याउने योजनामा लागेका छन् । एक्विजिसन वा मर्जरले चुक्ता पुुँजी पु¥याउन पनि बैंकहरुलाई सहज भएको छ । शाखा विस्तारमा पनि सहज हुने र वित्तीय पहुँच पुग्ने भएकाले बैंक तथा वित्तीय संस्था एक्विजिसन वा मर्जरमा गएको विज्ञ बताउँछन् ।
चुक्ता पुुँजी पु¥याउन नसकेका विकास बैंक वाणिज्य बैंकसँग एक्विजिसनमा जाँदा विकास बैंकको सेयर वाणिज्य बैंकमा रुपान्तरण हुने, लाभांश र सेयर मूल्य बढ्ने भएकाले पनि वाणिज्य बैंकमा जान रुचाउने गरेका छन् । चुक्ता पुुँजी पु¥याउन नसकेका प्रायः विकास बैंकको प्रतिसेयर मूल्य डेढ सय रुपैयाँ हाराहारी छ । अहिले औसतमा हेर्ने हो भने वाणिज्य बैंकको प्रतिसेयर मूल्य चार सय रुपैयाँ हाराहारी छ ।
चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर पनि चुक्ता पुुँजी पु¥याउन नसक्ने विकास बैंकको पहिलो प्राथमिकता वाणिज्य बैंकसँग एक्विजिसनमा जाने हो । वाणिज्य बैंकसँग एक्विजिसनमा जान नसकेमात्र विकास बैंक वा फाइनान्स कम्पनीसँग मर्जर वा एक्विजिसनमा जाने मनस्थिति बनाएको विज्ञ बताउँछन् । धेरैजसो विकास बैंकले भने गत आवको नाफाबाट चुक्ता पुुँजी पु¥याउने तयारी गरेका छन् ।
राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंककोे चुक्ता पुुँजी दुई अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिइसकेको छ । समस्याग्रस्त अवस्थामा रहेका विकास बैंकलाई नयाँ लगानीकर्ताले खरिद गरेर सञ्चालन गर्दैछन् । समस्याग्रस्त अवस्थामा रहेका विकास बैंकको पनि चुक्ता पुुँजी पुगेको छैन । उनीहरुले पनि मर्जर वा हकप्रद सेयर जारी गरेर चुक्ता पुुँजी पु¥याउँदैछन् ।
राष्ट्र बैंकले तोकिएको समयमै चुक्ता पुुँजी पु¥याउन बारम्बार ताकेता गरेको छ । नपु¥याएका विकास बैंकलाई समयमा पुँजी पु¥याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले तोकेको समयमा चुक्ता पुुँजी नपु¥याउने विकास बैंकलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ । बोनस, हकप्रद, मर्ज वा एक्विजिसन र नयाँ लगानीकर्ता भिœयाएर भए पनि चुक्ता पुुँजी पु¥याउँदै छन् ।

 

प्रकाशित: १९ भाद्र २०७४ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App