१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर: गभर्नर

पाल्पा- नेपालका ६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बताएका छन्। उनले बैंक तथा वित्तिय संस्था कर्जा लगानी गर्न आतुर रहेकोले रकमको अभाव व्यापार व्यवसाय गर्न समस्या भयो भन्ने अवस्था नरहेको बताएका हुन्।

गभर्नर डा. नेपालले एकैदिन रैनादेवीछहरा गाउँपालिकामा सिटिजन्स बैंक र रिब्दिकोट गाउँपालिकामा कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्यक्रममा उनले देशमा प्रशस्त आम्दानीको अवसर रहेकाले बैंकको रकमको सही सदुपयोग गर्दै उद्यमशील बन्न आग्रह गरे । उनी भन्छन्, ‘युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैं उद्यमी बन्नुपर्छ । कृषि, उद्योग, व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्था गाउँगाउँमा आएका छन् । यसको सदुपयोग गरौं ।’ ‘बैंकहरु अवसर हेरेर आउने हो, घरछेउमै बैंक पैसा लिएर आएको छ । कर्जा लिने र मालिक बनेर देशको समेत सेवा गर्न सक्ने गरि काम गर्नुपर्‍र्यो,’–डा. नेपालले भने। उनले बैंक र पैसाको महत्व नबुझ्दा नेपालमा ६० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिर रहेको बताए।

सिटिजन्स बैकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जनताको आवश्यकता अनुसारका सेवामा आफुहरु कार्य गर्ने बताए। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बैंकको उपयोग गर्न सके गाउँबाट आर्थिक विकासको फड्को मार्न सकिने बताए । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले गाउँको विकासका लागी, जनताको सुविधाका लागी बैंकहरु गाउँमा आईरहेको बताए । आयआर्जन र आर्थिक समृद्धिमा गाउँमा रहेको साना पुँजी परिचालनबाट पनि विकास गर्न सकिन्छ, कार्कीले भने ।

सिटीजन्स बैंकको छहरा शाखा ६० औं शाखा हो । कृर्षी विकास बैङ्कले २ सय ५३ औँ उपशाखाका रुपमा बतासेमा उपशाखा स्थापना गरेको हो।

प्रकाशित: १९ भाद्र २०७४ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App