नोबेल साहित्य पुरस्कार इसिगुरोलाई

बिहिबार, १९ असोज २०७४, २० : ०० एजेन्सी


 स्वीडेन – जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ। 

पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ। 

सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालिन लेखन शुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, समय र स्वैरकल्पनासम्बन्धित विषयवस्तु रहने गरेको पाइन्छ। 

पुरस्कार छनौट समितिले इसिगुरोका लेखनमा शान्त अभिव्यक्ति तथा सांगितिक प्रभाव रहेको पाइन्छ। 

सन् १९५४ को नोभेम्बर ८ मा जापानको नागासाकी शहरमा जन्मेका इसिगुरो पाँचवर्षको उमेरमा परिवारसहित बेलायत गएका थिए । त्यहाँबाट उनले अंग्रेजी तथा दर्शनशास्त्रमा केन्ट विश्वविद्यालयबाट स्नातक गरेका छन्। 
उनका सबैभन्दा चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मि गो’ मा आधारित रहेर चलचित्र बनाइएका छन्। 

६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा अत्यन्तै खुशी बनेको बताए। उनले जम्मा आठवटा पुस्तक लेखेका छन्। 

इस्ट एङलिया विश्वविद्यालयमा सृजनात्मक लेखनको अध्ययन गरेका उनले एघार लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमानको जमानत वारेन्ट रद्द

सलमानको जमानत वारेन्ट रद्द

१६ वर्ष पुरानो हिट एण्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानको जमानत वारेन्ट खारेज भएको छ। यससँगै उनलाई प्रहरीले पक्राउ...

राजेश हमाल बने राज थारुका अभिभावक

राजेश हमाल बने राज थारुका अभिभावक

नेपाली चलचित्रका नायक राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गरेका छन्। हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा...

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

नकआउट चरणको फुटबलमा निर्धारित समय र थप गरिएको अतिरिक्त समय बराबरीमा टुंगियो भने निर्णयार्थ खेल पेनाल्टी सुटआउटमा धकेलिन्छ। ...

वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

आज भन्दा पच्चिस सय ६३ वर्ष अघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको लुम्बिनीस्थित साल वनमा जन्म भयो । ...