लुम्बिनी, पोखरा रुटमा शौचालय भएको बस सेवा, भाडादर २० डलर

आइतबार, २९ असोज २०७४, १७ : २५ नागरिक


काठमाडौं—आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।

बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत व्यवस्था भएकाले आनन्ददायी यात्रा गर्न मिल्ने जानकारी उक्त प्रालिले दिएको छ। प्रालिका निर्देशक दीपक भट्टराईले यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि उक्त बस सञ्चालनमा ल्याइएको जानकारी दिए।

'अहिले हामीले पोखरा र लुम्बिनीमा मात्र बस सञ्चालन गरेका छौँ, आगामी दिनमा सौराह र जनकपुरसम्म लैजाने योजना रहेको छ', उनले भने।

प्रालिका अर्का निर्देशक मिलन नेपालले नयाँ बसबाट यात्रा गर्न चाहनेका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिए। 'पर्यटकलाई लक्षित गरेर यो बस भित्र्याइएकाले विदेशी सेवा सरह बनाउन खोजेका हौं', उनले भने।
 

बाइस सिट क्षमता भएको उक्त बसमा प्रिमियम थाइरेस्ट सोफासिट राखिएको छ। प्रालिका वित्तीय निर्देशक मनिष केसीले भारतमा निर्माण भएको उक्त बसको लागत रु एक करोड पर्ने जानकारी दिए।

उक्त बस काठमाडौँ–पोखरा जाने विदेशीका लागि खानासहित २५ डलर र स्वदेशी पर्यटकका लागि २० डलर लाग्ने प्रालिले जनाएको छ। ट्राभल नेपाल प्रालिले सञ्चालनमा ल्याएका नौ बसमध्ये छ वटा बस पोखरा र तीन वटा बस लुम्बिनीका लागि सञ्चालन भएका छन्। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...