२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव

फाइल तस्बिर

राजधानी काठमाडौँ शुक्रवार  विश्वको सबैभन्दा अत्यधिक  प्रदूषित सहर बनेको छ। स्विटजरल्यान्डमा रहेको वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यूएयरको वास्तविक समय(रियल टाइम)को प्रदूषण मापन सुचीमा शुक्रवार काठमाडौँ एक नम्बरमा उक्लेको हो। 

आइक्युएयरकाअनुसार शुक्रवार दिउसो काडमाडौको वायु गुणस्तर सुचकांक(एक्यूआई) १८० अङ्क नाघेको छ। यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर तह हो। काठमाडौँपछि १५६ अङ्क सहित चीनको राजधानी बेजिङ दोस्रो र १५१  अङ्क सहित  भियतनामको हनोइन विश्वकै तेस्रो प्रदूषित सहरको सुचीमा रहेका छन्। 

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा १५१ देखि २०० सम्मको एक्युआईलाई रातो रङ दिइएको छ। यो तहको प्रदूषणले हरेकको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने र विशेष गरी संवेदनशील समूहमा पर्नेलाई गम्भीर प्रभाव पार्ने मानिन्छ। 

विशेष गरी देशका विभिन्न स्थानमा लागेको डढेलो, डिजेलमा आधारित सवारी साधनले गर्ने उत्सर्जन,  इँटा कारखानाले गर्ने उत्सर्जन, कृषि अवशेष जलाउँदा हुने उत्सर्जन तथा फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणको प्रमुख कारण मानिँदै आएको छ।

शरीरका अधिकांश अङ्गलाई असर पार्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षहरूमा विशेष गरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटु रोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको सङ्ख्या बढेको देखिएको छ।  

 स्टेट अफ ग्लोबल एयर—२०२०का अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार जनाको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य मृत्युमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका रहेको अध्ययनहरूले देखाएका छन्।

प्रकाशित: १४ वैशाख २०८१ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App