स्वास्थ्य

साकाहारी कि मांसाहारी ?

सोमबार, २७ कार्तिक २०७४, १९ : ४६ ज्ञानमित्र


संसारभर साकाहार र मांसाहारलाई ठूलो मुद्दा बनाइएको छ । दुवैका पक्षपातीले आ–आफ्ना पक्षमा अनेकौँ तर्क प्रस्तुत गर्छन् । जानौँ दुवै आहारबारे केही तथ्य :
१. साकाहारमा रूख–बिरुवाबाट उत्पादित वनस्पतिजन्य भोजन पर्छन् । विभिन्न अनाज, दाल, फल, तरकारी आदि।
२. विभिन्न पशुबाट प्राप्त हुने दूध र दूधबाट बनेका अनेकौँ सामग्री पनि साकाहारकै श्रेणीमा आउँछन्।
३. ‘ल्याक्टो भेजिटेरियन’मा वनस्पतिमा आधारित भोजनका साथै डेरी उत्पादन सम्मिलित हुन्छन्।
४. ‘ओभो भेजिटेरियन’ श्रेणीमा वनस्पतिमा आधारित भोजनका साथै अन्डा पनि सेवन गरिन्छ।
५. ‘ओभो ल्याक्टो भेजिटेरियन’ श्रेणीमा वनस्पतिमा आधारित साथै अन्डा एवं डेरी उत्पादन सम्मिलित हुन्छन्।
६. ‘सेमी भेजिटेरियन’ श्रेणीमा ‘ओबो ल्याक्टो भेजिटेरियन’का साथै माछा र चिकेन सम्मिलित हुन्छन्।
७. शुद्ध साकाहार श्रेणीमा मह, डेरी उत्पादन र अन्डा, माछासहित पशुबाट प्राप्त हुने कुनै पनि उत्पादन पर्दैनन्।
८. साकाहार भोजनले आत्मविश्वास दिन्छ।
९. साकाहार भोजनमा बोसोको मात्रा कम हुन्छ।
१०. साकाहार भोजनमा रेसा (फाइबर) प्रशस्त मात्रामा हुन्छ।
११. अधिकांश साकाहार भोजनलाई हाम्रो पाचनतन्त्रले छिटै पचाउँछ ।
१२. विभिन्न धर्मले साकाहार भोजनलाई सात्त्विक मानेका छन् । सात्त्विक  भोजन शान्ति, एकाग्रता, करुणा, प्रेम, दया जस्ता गुणका लागि प्रख्यात छ।
१३. साकाहार भोजनमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ।
१४. साकाहार मानिसको रोग प्रतिरोधक क्षमता मांसाहारभन्दा बढी हुन्छ।
१५. साकाहार भोजनले प्रोस्टेट र कोलोन ग्रन्थीको क्यान्सर हुने खतरा न्यून हुन्छ । साथै महिलामा हुने स्तन क्यान्सरको सम्भावना पनि कम हुन्छ ।
१६. अनाज, फल, तरकारीमा प्रशस्त मात्रामा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले अनेक रोग हुनबाट जोगाउँछ ।

साकाहारका बेफाइदा
१७. साकाहार मात्रै गर्ने प्राणीमा भिटामिन बी– १३, जिंक, ओमेगा– ३, भिटामिन डि– ३, सल्फर कमी हुन सक्छ ।
१८. साकाहार भोजनमा उपलब्ध आइरनलाई मानव शरीरले अवशोषित गर्न सक्दैन । यसले शरीरमा आइरनको कमी हुनुका साथै रगतको कमी हुन सक्छ ।
१९. खासगरी, महिलामा महिनावारीमा यसको समस्या हुन्छ।

मांसाहार
२०. संसारभरि साकाहारको तुलनामा मांसाहार बढी प्रचलित छ । विदेश जाँदा तपाईं साकाहारी हुनुहुन्छ भने तपाईंलाई भोजनमा समस्या आउँछ ।
२१. माछाबाट प्राप्त हुने ओमेगा– ३ ले हृदय रोग र क्यान्सरजस्ता रोगबाट रक्षा गर्छ ।
२२. मांसाहारबाट उपलब्ध हुने फोस्फोरस शरीरले सजिलै अवशोषित गर्छ । शरीरलाई चाहिने फोस्फोरस मांसाहारबाट प्राप्त हुन्छ । क्याल्सियमपछि शरीरमा सबैभन्दा बढी फोस्फोरस नै चाहिन्छ ।
२३. मांसाहार भोजन आइरन र भिटामिन बी–१२ ले भरिपूर्ण हुन्छ । मांसाहारमा प्रोटिन बढी हुनुका साथै प्रोटिनको गुणस्तर पनि राम्रो हुन्छ ।
२४. मांसाहारी भोजनमा जिंक र सेलेनियमको पर्याप्त मात्रा हुन्छ ।
२५. मांसाहारबाट प्राप्त प्रोटिनमा केही यस्ता एमिनो एसिड प्राप्त हुन्छन्, जुन शारीरिक र मानसिक शक्तिका लागि आवश्यक छन् ।
२६. आयुर्वेदका अनुसार मानव शरीरमा तीन प्रकार शारीरिक प्रकृति हुन्छन्, वात, पित्त र कफ । आयुर्वेदले वात प्रकृतिलाई मासु खान छुट दिन्छ । पित्त प्रकृतिलाई यो निषेध गरिएको छ । कफ प्रवृत्तिवालालाई यदाकदा मासु खान छुट दिन्छ ।
२७. चरकले पनि शारीरिक क्षय, दौबल्यतामा मासु खान अनुमति दिएका छन् ।
२८. मासुजन्य भोजनमा पाइनेजति पोषक तŒव साकाहार भोजनमा सहज उपलब्ध हुन्छन् ।

मांसाहारका बेफाइदा
२९. हालैका शोधबाट थाहा भएको छ कि मांसाहारले क्यान्सरको खतरालाई निम्त्याउँछ ।
३०. हाई ब्लड प्रेसरको खतरा पनि मांसाहारले बढाउँछ ।
३१. मांसाहारमा खासगरी ‘रेडमिट’मा ‘कोलेस्ट्रोल’को मात्रा बढी हुन्छ । यसले रक्तबाहिकालाई अवरुद्ध गरेर ‘ब्लड प्रेसर’ बढाउने एवं हृदय रोग निम्त्याउँछ ।
३२. मांसाहारले अपच, अजीर्ण र पाचनसम्बन्धी रोगको सम्भावनामा वृद्धि गर्छ ।
३३. ‘कन्स्टिपेसन’ र ‘एसिडिटी’को समस्या मांसाहारले बढाउँछ ।
३४. मांसाहारले साकाहारको तुलनामा मोटोपनको समस्या बढाउँछ ।
३५. मांसाहारले शरीरमा अधिक मात्रामा प्रोटिन सञ्चित हुन जान्छ । यसले अनेकौँ रोग हुने सम्भावनामा वृद्धि हुन्छ ।
३६. पशुलाई निम्न स्तरको भोजन एवं अनेक औषधि दिइन्छ । यस प्रकारको मासुको सेवनले मानव शरीरमा अनेक विकार हुन सक्छन् ।
३७. मांसाहार भोजनमा रेसा (फाइबर)को अभाव हुन्छ । वैज्ञानिकका अनुसार आन्द्रा र फोक्सोको क्यान्सर हुने सम्भावना मांसाहारीहरूमा प्रबल हुन्छ ।
३८. ‘किड्नी स्टोन ओस्टोपोरोसिस’ हुने सम्भावना पनि मांसाहारीमा बढी हुन्छ ।
मांसाहार र साकाहार दुवैका फाइदा र बेफाइदा छन् । रुचि तपाईंको हो, के रोज्ने ? जुन पद्धति रोजे पनि सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । भोजनमा तेल, मसला, पिरो न्यून हुनुपर्छ । साथै योग र व्यायामलाई दिनचर्या बनाउनुपर्छ । साकाहारीले सकेसम्म अग्र्यानिक उत्पादन प्रयोगमा ल्याउनुपर्छ । यदि तपाईंको रुचि मांसाहारी हो भने यसका साथै तपाईंले फाइबरयुक्त भोजन पनि थप्नुपर्छ ।

(ज्ञानमित्रको प्रकाशोन्मुख पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’बाट)






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...

बिटुडी र प्रितमलाई एक लाख

बिटुडी र प्रितमलाई एक लाख

आगामी जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’को गीत ‘कान्छी मायालु’ गाउने र यसको उत्कृष्ट कभर भिडियो...