विकासको नयाँ युग निर्माण गर्छु : सञ्जय गौतम

शुक्रबार, २९ मङि्सर २०७४, ०८ : ३६ नागरिक


बर्दिया-१ बाट निर्वाचित सांसद तथा कांग्रेस नेता सञ्जय गौतमसँग  गरिएको कुराकानी:

चुनाव जित्दाको अनुभव के छ ?
२०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा पहिलो पटक मलाई यस क्षेत्रका जनताले चुनाव जिताएका थिए । अहिले पुनः मलाई नै दोहोर्याए । यस क्षेत्रका जनताले विकासको अपेक्षा गरेर मलाई जिताएको महसुस गरेको छु । यो जित मेरो जित भन्दा पनि जनताको जित भएको ठानेको छु । मुलुक नयाँ अध्यायमा सुुरु गरेका बेला मेरो जितले बर्दियाको आमूल परिवर्तन गरेर जनताको माया र भरोसा सधैँ पाइरहन काम गर्ने अवसर प्राप्त गरेको अनुभूति भएको छ । मलाई जनताले दिएको अभिमतले लामो समयदेखिको समृद्धिको चाहनालाई सम्बोधन गर्नेछ । यो जिम्मेवारी काँधमा आइपुगेको छ । अहिले चुनौती र अवसर दुवै अनुभव एकैसाथ भएको छ । जनताले विश्वास गरेर मलाई जिताएका छन् । म असाध्यै खुसी छु । जनता पनि खुसी छन् । विजयी भएको घोषणा भएपछि पुनः घरदैलो पनि सुरु गरेको छु ।

नक्कली कुरा गरेर जनतामा भ्रम पार्नु राम्रो हैन । मैले जे सक्छु, त्यो गरेर देखाउनेछु । भ्रामक प्रचार भइरहेको हो त्यसमा सचेत हुन म मतदातालाई आग्रह गर्छु । पूर्वाधार विकास गरेर नमुना जिल्लाका रूपमा पहिचान बन्नेछ ।


जितपछि पहिलो प्राथमिकता के हो ?
मेरो जितको आधार मेरो अजेन्डा हो । अजेन्डा क्रमागत रूपमा पूरा गर्छु । मेरो जितको आधार नदी नियन्त्रण, कृषि पर्यटन क्षेत्र विस्तार र वैज्ञानिकीकरण, पूर्वाधार निर्माण, कृषि विश्वविद्यालय र जिल्लाको समृद्धि नै मेरो पहिलो प्राथामिकतामा पर्छन् । यस क्षेत्रको सुकुम्वासी र मुक्त कमैयाका समस्या समाधान मेरो एजेन्डा हो । उद्योग स्थापना हुने वातावरण तयार पारी उद्योगलाई यस क्षेत्रको आर्थिक विकासको मेरुदण्डका रूपमा अघि बढाउनेछु ।
तपाईंका मुख्य अजेन्डा के–के छन् ?
मेरा मुख्य अजेन्डा जिल्लाको समृद्धि नै हो । त्यसमा कृषिको व्यवसायीकरण र वैज्ञानिकीकरण गरेर जनतालाई प्रशस्तरूपमा लाभ दिने । यो जिल्ला किसानको जिल्ला हो । किसानलाई टेवा पुग्ने योजनाका भरपुर प्रयास मेरो रहनेछ । वर्षेनि बाढीबाट प्रताडित यहाँका स्थानीयलाई जलस्रोत उपयोग हुने गरी र जिल्ला नदीबाट हुने कटान रोक्न सम्भव भएसम्म प्रयास गर्नेछु । अनेक विविधताले भरिएको जिल्लालाई समग्र रूपमा विकास गर्ने मेरो प्रतिबद्धता त्यसअनुरूप मैले काम गर्नेछु । नगरका रूपमा आसपासका क्षेत्रलाई समेटेर अघि बढाउन मेरो भूमिका रहनेछ । यस क्षेत्रको नदी नियन्त्रण, सडक, सिँचाइ, पुल निर्माण लगायतका पूर्वाधारहरूको विकास गर्ने मेरा योजना छन् ।
कांग्रेसबाट जित कसरी सम्भव भयो ?
मतदाताको चाहनाले मेरो जित भएको हो । मतदाता कसैको हुँदैन । जसलाई उसले विश्वास गर्छ, उसैलाई अभिमत दिन्छ । जनताले मलाई विश्वास गरे, मलाई जिताए । लोकतान्त्रिक पद्धतिमा निर्वाचित हुनु प्रक्रिया हो । काम ठूलो कुरो हो । बर्दियाको विकास, जनताको सुखदुःख र विपत्तिमा म जहिले सारथि बनेँ । मेरो यस माटोप्रतिको माया र सहानुभूति यहाँका जनताले प्रत्यक्ष रूपमा देख्नुभएको छ । जनताको मैले गरेको काम र यो धर्तीलाई गरेको माायालाई जनताले अनुमोदन गरेकाले मैले जितेको हँु ।   

वाम गठबन्धनको सरकार भएका बेला विकास हुन्न भन्ने हल्ला छ नि ?   
नक्कली कुरा गरेर जनतामा भ्रम पार्नु राम्रो हैन । मैले जे सक्छु, त्यो गरेर देखाउनेछु । भ्रामक प्रचार भइरहेको हो त्यसमा सचेत हुन म मतदातालाई आग्रह गर्छु । पूर्वाधार विकास गरेर नमुना जिल्लाका रूपमा पहिचान बन्नेछ ।
निर्वाचन नजिकिँदै गर्दा मन्त्री भएर फाइदा उठाउनुभयो पनि भन्छन् नि ?
जित्नका लागि मात्रै काम गर्ने हैन । सा“च्चै काम गर्ने मान्छे हो म । जनतास“ग नजिकिएर जनभावना बमोजिम काम गर्ने हो भने जनतामा पनि नेताप्रति विश्वास हुन्छ । सभासद् हुँदाभन्दा मन्त्री भएपछि पक्कै बढी काम भए होला । पदमा पुुगेपछि लुट्ने र चुनावमा लुटाउने दुुवै प्रवृत्तिको विरोधी हुु“ म । जनताले अभिमत दिनुको मुख्य कारण काम नै हो भन्ने मलाई लाग्छ । करोडौँ खर्च गरेर ल्याएको परिणाम होइन, यो । मलाई जनताले जिताएका हुन् । चुनाव जितेर गएपछि जनताको हितमा जनचाहना बमोजिम नै काम गर्नेछु ।  
तपाईंको जितका मुख्य आधार के-के थिए ?
मेरो जितको आधार विकास पक्कै गर्छ भन्ने आधार हो । जनताको चाहना अनुसार हिँड्ने हुनाले मलाई जनताले अवसर दिएका हुन् । विगतमा जिम्मेवारी पाएको अवसरमा गरेका राम्रा काम नै मुख्य आधार हो । यसअघि पनि झुटा गरिनँ, अब गर्ने कुरा भएन । जनतास“ग झुटा वाचा गरेर जनताले मलाई अभिमत दिएका पक्कै होइनन् । जे वाचा गरेको छु, त्यो पूरा गरेरै छाड्छु ।
सिँचाइ मन्त्री हँुदा के काम गर्नुभयो ?
म सिँचाइ मन्त्री हुँदा मैले धेरै काम गरँे । त्यसको रिजल्टले नै म निर्वाचित भएको हुँ । काम गरेको थाहा पाएपछि जनताले मेरो मूल्याकंन गरे । मैले नदी नियन्त्रणका लागि ६ अर्ब रुपियाँ विनियोजन गराएको छु । नदी नियन्त्रणका लागि कार्यालय स्थापना गरेँ । त्यसले धेरै नै काम हुन्छ भन्ने मलाई लागेको छ । पुनः मलाई चुनेकाले मेरो प्राथमिकतामा रहेको कामले पूर्णता पाउनेछ ।  
प्रस्तुति : निर्मल घिमिरे






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...