१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त


चिवतन – विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।

सोमबार सम्पन्न सेमिफाइनलमा विजयी हुँदै यी दुई टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफले पुलिसविरूद्ध २५–१४, २७–२५ र २५–१५ को जित निकाल्यो।

दोस्रो सेमिफाइनल खेलमा शिवम् न्यु डायमन्डले विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा नै पराजित ग¥यो।
डायमन्डले आर्मीलाई २५–१४, २५–१२ र २५–२१ को सेटमा पराजित गरेको म्याच कमिस्नर लेखनाथ शर्मा पराजुलीले जानकारी दिए । राष्ट्रिय खेलाडी प्रतिभा माली र मन्जु गुरुङ तथा उत्कृष्ट फर्मममा रहेका खेलाडीका साथमा न्यु डायमन्ड निकै बलियो देखिएको छ।

प्रतियोगिताको फाइनल मंगलबार १ बजे हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित दुई टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए।

प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रकाशित: १ फाल्गुन २०७४ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App