१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय सरकारको कर प्रणाली बारे जनप्रतिनिधिलाई प्रशिक्षण

जाजरकोट- स्थानीय तहको सरकारले लगाउने विभिन्न करहरुका विषयमा स्थानीय जनता र जनप्रतिनिधिका बिचमा असमझदारी भइरेहका बेला यहाँका जनप्रतिनिधिहरु र स्थानीय सरोकारवालाहरुलाई  स्थानीय सरकारको  कर प्रणाली सम्वन्धी एक दिने प्रशिक्षण दिइएको छ। भेरी नगरपालिकाले  नगरवासीका लागि  लागु गरेको  सेवा शुल्क कर र एकीकृत सम्पति करका विषयमा  स्थानीयले लामो समय देखि असन्तुष्टि राख्दै आएका छन्।
स्थानीय सरकारले लगाउने करहरुको बारेमा जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुलाई प्रष्ट पार्ने उदेश्यले सदरमुकाम खलंगामा  एक दिने  अन्तरक्रियात्मक प्रशिक्षण राखिएको हो। भेरी नगरपालिकाले आफ्नो  नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र अन्य सरोकारवालाहरुलाई स्थानीय सरकारले लगाउने विभिन्न प्रकारका र प्रणालीकोबारे प्रशिक्षण दिएको हो।
करविज्ञ डा. गोविन्द्रवहादुर थापा र त्रिभुवन विश्वविद्यालयका पुर्वप्रधाध्यापक डा. महेशराज दाहालले  नगरपालिका जनप्रतिनिधि र  सरोकारवालाहरुलाई स्थानीय सरकारले लगाउने विभिन्न करहरुको विषयमा  प्रष्ट पार्ने काम गरेका थिए। अन्तरक्रियात्मक प्रशिक्षणमा सहभागि स्थानीय सरोकारवालाहरुले  नगरपालिकाले लगाएका सेवा शुल्क कर र  एकीकृत सम्पति कर वैज्ञानिक नभएको भन्दै गुनासो गरे।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भने जनता र स्थानीय सरोकारवालाहरुले करको विषयमा उठाएको आवाजलाइ नगर सभामा लिएर छलफल गर्ने वताए।

प्रकाशित: ३ फाल्गुन २०७४ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App