एनआइसी एसियाले ल्यायो चेक बोक्न नपर्ने सेवा

सोमबार, ०५ चैत २०७४, १६ : ०३ सुमन मल्ल


मुग – एनआइसी एसिया बैंकका ग्राहकहरूले अबदेखि बैंकको चेक र नगद बोक्नु नपर्ने सेवाको सुरुवात गरेको जानकारी दिएको छ।

सदरमुकाम गमगढीमा तत्काल दुई स्थान र रारामा एक गरी तीन स्थानमा पोइण्ट अफ सेल मेशिन जडान गरी सेवा विस्तार गरेको जनाएको छ । इन्टरनेट चल्ने र नेपाल टेलिकमको मोवाइल सेवा भएका स्थानमा यो प्रविधीले काम गर्न सक्ने बैंकका मुगु शाखा प्रमुख सुवाश शाहीले जानकारी दिए।

कुनै पनि होटल वा पसलमा ग्राहकले सामान किन्दा विल भुक्तानी गर्नु पर्ने बेला भिसा कार्ड मेशिनमा राख्ने र मेशिनले सामानको मूल्य बराबरको रकम आफैँ साहुको खातामा जम्मा गरी त्यसको भुक्तानी रसिद समेत दिने शाहीले बताए। भौगोलिक विकटता, दुर्गमताका कारण सबै मान्छेले नगद नै बोकेर नहिड्ने भएकाले नेपाल भित्रका जुन सुकै बैंकका भिसा कार्ड बोक्न सकिने उनले बताए। 

अहिले पसकार्ड सेवा सुरु गरेको बैंकले आगामी वैशाख महिनासम्म एटिएम सेवा समेत विस्तार गर्ने जनाएको छ। अहिले एटिएम सेवाका लागि उपकरणहरू जिल्लामा पुगिसकेको र केही दिनमा नै यसको जडान कार्य थालिने बैंकले जनाएको छ।
 

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

धेरैजसो कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार ।...

युवतीको राेजाइ जम्पसुट

युवतीको राेजाइ जम्पसुट

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू...

‘गर्भवती भएझैं महसुस भएको छ’

‘गर्भवती भएझैं महसुस भएको छ’

म्युजिक भिडियो हुँदै ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी केकी अधिकारी ‘कोहलपुर एक्सप्रेस’बाट पूर्ण निर्माताको रुपमा अगाडि आउँदैछिन्। त्यसो त ‘लभ...

जापानमा साकुरा नाइट

जापानमा साकुरा नाइट

अघिल्ला वर्षझैं यो वर्ष पनि जापानको साकुरा सहरमा ‘साकुरा नाइट’ हुने भएको छ। दुई संस्करण जापानमा भइसकेको यो कार्यक्रम यसपटक...