१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँचथरमा बढ्यो सडक दुर्घटना

पाँचथरको जोरपोखरी–मेमेङ सडक खण्डको एकतिनमा सडकबाट खसेको जिप। तस्बिर: नागरिक

पाँचथर – पाँचथरमा पछिल्ला ३ दिनमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।  जिल्लाका ३ स्थानमा भएको सडक दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको हो भने २ जना घाईते भएका छन्।

शुक्रबार फिदिम–फालोट सडक खण्डमा मे १ त २५२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक इलामका २० वर्षिय सुरेन्द्र खत्रीको मृत्यु भएको थियो। ट्याक्टर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले आंकलन गरेको छ।  सोहि दिन राति हिलिहाङ गाँउपालिका –५ को सुभाङमा जिपले ठक्कर दिँदा मोहमलाल दर्जिको मृत्यु भएको थियो भने उनकै श्रीमती चन्द्रकला घाईते भईन। राती मादक पदार्थ सेवन गरी सडकमा सुतिराखेको अवस्थामा मे १ ज १८०९ नम्बरको  जिपले ठक्कर दिएको बताइएको छ। आइतबार बिहान मेची राजमार्गबाट हिलिहाङ गाँउपालिकाको सिमखर्क तर्फ गहिरेहेको बा २ क ६६८३ मिनिट्रक दुर्घटना हुँदा महोत्तरीका ४० वर्षका उमेश सिंहको मृत्यु भएको छ। चालक महोत्तरीकै सम्भु महरा गम्भिर घाईते भएका छन।

जिल्लामा चालू आर्थिक वर्षमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। तीव्र गति, कच्ची सडक लगायतका कारण चालू आर्थिक वर्षमा सडक दुर्घटनाको क्रम बढ्दो छ। ग्रामीण सडकमा दुर्घटना बढि हुने गरेका छन्। अघिल्लो एक वर्षको तुलनामा चालू आर्थिक वर्षको ८ महिना केहिदिनमा सडक दुर्घटनामा परी ज्यान घुमाउनेको संख्या दोब्बर भन्दा धेर पुगेको छ। अघिल्लो आर्थिक वर्षभरीममा सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्षको आठ महिना र ११ दिनमा मृत्यु हुनेको संख्या १५ पुगेको हो। चालू आर्थिक वर्षमा ३९ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रेमकुमार शाहले जानकारी दिए। गत आर्थिक वर्षमा ४६ वटा दुर्घटना भएका थिए। यो अवधिमा ४७ जना घाईते भएका छन्।

विगतको तुलनामा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या दोब्बरले बढेको शाहले जानकारी दिए। तीव्र गति, अफ्ठ्यारा कच्चि ग्रामीण सडक, ब्रेक फेल लगायतका कारणले सडक दुर्घटना भएको पाइन्छ। दुर्घटना भएका मध्ये ३ जनाको सवारी चालक अनुमती पत्र नभएको पाइएको छ। सहचालकले गाडी चलाउदा पनि सडक दुर्घटना हुने गरको छ। चालू आर्थिक वर्षमा कार जिप १२, ट्याक्टर ८, मोटरसाईकल ७, ट्रक ८, बस १ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। जथाभावी रुपमा बनाइएका ग्रामीण सडकमा दुर्घटना ह्वातै बढेको छ। चालू आर्थिक वर्षमा  सवारी दुर्घटनाबाट ज्यान गुमाएका मध्ये  १२ जनाको ग्रामीण सडकमा ज्यान गएको छ।

गाडी चेकजाँचमा कडाई तथा सचेतना बढाइएपनि दुर्घटना न्यूनिकरण हुन नसकेको शाह बताउँछन्। चालू आर्थिक वर्षमा १ हजार ६ सय ९६ गाडी कारबाही परेका छन्। फागुनसम्ममा जरिमानाबाट १० लाख ४ हजार राजश्व संकलन गरिएको शाहाले बताए। यो अवधिमा ५ सय ३६ कार जिप, ६ सय ४० मोटरसाईकल, २ सय ४२ ट्रक, ९९ बस कारबाहीमा परेका छन। यो अवधिमा मापसे सेवन गरी गाडी कुदाएका ६ जनालाई सार्वजनिक मुद्धा लगाईएको छ। गत आर्थिक वर्षमा १६ लाख ७५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो। सवारी चेकजाँच कडाई गरिएपनि कानुन उल्लंघन गर्ने क्रम घटेको छैन।

प्रकाशित: ११ चैत्र २०७४ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App