१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षा अध्यादेश संसदमा प्रस्तुत हुँदै

काठमाडौँ – बहुप्रतिक्षित चिकित्सा शिक्षा अध्यादेशलाई संसदमा प्रस्तुत गरिने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त अध्यादेशलाई संसदमा पेश गर्ने निर्णय गरिएकाे बताए। 

‘म अध्यादेशलाई संसदमा टेबुल गर्छु त्यसपछिको निर्णय संसदको हुन्छ,’ शिक्षामन्त्री पोखरेलले भने । अघिल्लो संसदले संसदबाटै विधयेकलाई ऐनको रुपमा पास गर्ने प्रयास गरेपनि तत्कालीन प्रमुख दलहरूबीच सहमति नभएपछि विधयेक आउन सकेको थिएन्। 

त्यसपछि डा गोविन्द केसीले निरन्तर अनशन बसेपछि सरकारले केसीको सम्पूर्ण मागलाई समेटेर अध्यादेश जारी गरेको थियो ।  चिकित्सा शिक्षा अध्यादेश असोज ६ गते जारी गरिएको थियो।

प्रकाशित: १४ चैत्र २०७४ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App