१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष तामाङ सडक दुर्घटनामा घाइते

महेन्द्रनगर– नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सडक दुर्घटनामा घाइते भएका छन्।

उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं लगिएको छ। सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन्। 

मोटरसाइकलको ठक्करबाट उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको कैलालीका प्रमुख प्रहरी एसपी विनोद घिमिरेले बताए। उनका अनुसार घटनालगत्तै प्रहरीले मोटरसाइकल चालक २५ वर्षीय शैलेन्द्र कुँवरलाई नियन्त्रणमा लिएको छ। 

प्रदेश नम्बर ७ का सांसद रहेका तामाङ प्रदेशमा पार्टीको प्रमुख सचेतक हुन्।

प्रकाशित: ३ वैशाख २०७५ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App