१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा शिक्षकको मृत्यु

धादिङ – धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ।

सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते भएका छन्। बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार दिउँसो ४ बजेतिर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार नजिकै ट्रिपरले ठक्कर दिएको थियो।

ट्रिपरको ठक्करबाट मोटरसाइकल सडकमा पल्टिँदा शिक्षक खतिवडाको घटनास्थलमानै ज्यान गएको र मोटरसाइकल चालक ओझा घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। घाइते ओझालाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा लगिएको छ। मोटरसाइकललाई ठक्कर दिने ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ।   (रासस)

प्रकाशित: ५ वैशाख २०७५ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App