मुख्यमन्त्रीका छोरी सरकारी विद्यालयमा

बिहिबार, ०६ बैशाख २०७५, ०८ : ११ दिलबहादुर छत्याल


धनगढी – हुनेखाने, टाठावाटा र आर्थिक हैसियत भएकाहरुले सरकारी बिद्यालयमा आफ्ना छोराछोरी पढाउन नचाहाने अबश्था रहेको वेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गरेका छन्। बुधवार बिहान मुख्यमन्त्री त्रिलोचन भट्ट बिद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत आफै उपस्थित भएर धनगढी उपमहानगरपालिका वानं ४ स्थित राष्ट्रिय माध्यमिक बिद्यालयमा दुई छोरीलाई भर्ना गराएका हुन्। 

उनले १३ बर्षिय छोरी पुष्पा भट्टलाई कक्षा ८ मा र १५ बर्षिय छोरी लक्ष्मी भट्टलाई कक्षा १० मा भर्ना गराए। यस अघि पनि उनका यी दुई छोरी डोटि केआईसिह गाउँपालिका ६ फलेडी स्थित सामुदायिक बिद्यालय देवस्थलमा अध्ययन गर्ने गरेका थिए। भट्ट मुख्यमन्त्री भएपछि उनीहरु धनगढी झरेका थिए।

सरकारी बिद्यालयमा पढ्नेले निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिदैन भनेर हीन भावना हटाउन पनि समाजका अगुवाले सामुदायिक विद्यालयलाई माया गर्नुपर्ने मुख्यमन्त्री भट्टले बताए। सामुदायिक बिद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेर पठनपाठन गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए।

सामुदायिक बिद्यालय पढ्ने बिद्यार्थी र उनका अभिभावकले दोश्रो दर्जाका नागरिक जस्तै हिनतावोध महसुस गर्ने गरेकोमा मुख्यमन्त्री भट्टले दुई छोरी सरकारी बिद्यालयमा भर्ना गरेपछि नयाँ सन्देश र सरकारी बिद्यालय पढ्नेलाई हौशला प्रदान भएको स्थानिय सिताराम जोशी बताउछन्। ‘सामुदायिक बिद्यालय पढ्नेलाई हौशला प्रदान भएको छ र अन्यलाई पनि आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन प्रोत्साहन मिल्ने छ’उनले भने। 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मुख्यमन्त्रीले छोरी भर्ना गरेपछि अन्य पदाधिकारीलाई पनि भर्ना गर्न हौशला मिलेको बताए। ‘राम्रो भुृमिकामा भएकाहरुले आफ्ना छोराछोरी सरकारी बिद्यालयमा भर्ना गर्ने बित्तिकै सरकारी बिद्यालयको गुणस्तर सुधार हुदै जाने छ’उनले भने।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...

भ्यान गगलाई सृष्टिको सम्मान

भ्यान गगलाई सृष्टिको सम्मान

नेदरल्यान्डमा जन्मिएका महान् चित्रकार भिन्सेन्ट भ्यान गगलाई समर्पण गर्दै फिल्म ‘रोमियो एन्ड मुना’ले गीत सार्वजनिक गरेको छ। फिल्मले भ्यान गगका...