१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेन वाट्सनकाे शतकमा राजस्थानलाई चेन्नईको २०५ रनको चुनौति

पुणे – इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नइ सुपरकिंग्सले रोयल राजस्थानलाई जितका लगि २०५ रनको चुनौति दिएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले सेन वेस्टनको शतकको मद्दतमा २०४ रनको योगफल तयार पार्‍यो । चेन्नइले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो।  

चेन्नइका लागि सेन वाट्सनले ५७ बल मा ४ चौका र ६ छक्का को मद्दतमा सर्वाधिक १०६ रन बनाए । त्यस्तै सुरेश रैनाले २९ बलमा ९ चौकाको मद्दतमा ४६ रन बनाए । त्यस्तै  अम्बाती रायडुले १२, एमएस ध्वनीले ५, सेम बिलिङ्सले,३  डिजे ब्राभाेले अविजित २४,  रविन्द्र जडेजाले अविजित २ रनकाे याेगदान गरे।

प्रकाशित: ७ वैशाख २०७५ १६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App