१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राजपाल यादवलाई ४२ महिना जेल !

मुम्बई– बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ। चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १.६० करोड रुपैयाँ जरिवाना गरेको हो। यद्ध्पी उनी जेल जानुपर्ने छैन्। अदालतले जमानत  दिएकाे छ।

चेक बाउन्स प्रकरणमा अदालतले राजपालकी पत्नीलाई पनि दोषी ठहर गरेको छ। यद्यपी याे मामिलामा राजपाललाई राहत दिँदै अदालतले १०–१० लाख क्षतिपूर्ती तिर्न आदेश दिएको छ।

फिल्म बनाउने भन्दै दिल्लीको एक कम्पनीबाट ५ करोड ऋण लिएर चुक्ता नगरेको र बाउन्स चेक दिएर बारम्बार ठाटेको भन्दै राजपालविरुद्ध अदालतमा मुद्दा परेको थियो। अदालतले १३ अप्रिलमा उनलाई सबै मामिलामा दोषी ठहर गरेको थियो।

कडकडडूमा अदालतका अतिरिक्त मुख्य महानगर दण्डाधिकारी अमित अरोडाले मुद्दाको सुनुवाई गर्दै राजपाललाई अदालतले पहिला पनि आफ्नो कुरा राख्ने मौका दिएको र फेरि पनि उनलाई आफ्नो कुरा राख्ने अन्तिम मौका दिइएको बताए।

उनका अनुसार सजायँपछि राजपाल जेल भने जानुपर्ने छैन्। उनलार्इ ५० हजार धराैटीमा रिहा गर्ने अादेश पनि अदालतले दिएकाे छ।

प्रकाशित: ११ वैशाख २०७५ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App