१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

मोदी भ्रमणको सन्देश

जनकपुर- पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण हुँदा उनको तारिफमा शब्दको पुल नै निर्माण भएको थियो। समाजिक सञ्जालदेखि राजनीतिक बजारलाई मोदीको चर्चाले छप्पकै छोपेको थियो। चार वर्षपछि शुक्रबार मोदी रुट परिवर्तन गर्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अवतरण हुँदा ठूलो संख्यमा उपस्थित नागरिकले मोदी मोदी भन्दै स्वागत गरे । औपचारिक स्वागत एयरपोर्ट पुगेर प्रदेश मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए।

मधेस र काठमाडौंबीच संविधान तथा संघीय सीमांकनलाई लिएर विगतमा देखिएको तिक्तताको औपचारिक बैठान भैसकेको छैन। यहि तिक्तता मेटाएर संविधानलाई सर्वस्वीकार्य बनाउने आशयको बिचार मोदीले राख्दै आएका थियो।

प्रधानमन्त्री भएपछि पहिलो पटक मोदी १८ साउन ०७१ मा नेपाल भ्रमणमा आएका थिए । त्यो बेला उनको एकहोरो तारिफमा समाजिक सञ्जालका भित्ता र राजनीतिक बजार रंगीएको थियो । तर, तेस्रो पटक उनी जनकपुरबाट नेपाल भ्रमणमा सुरु गर्दा बिचार बिभाजित भएको छ। समाजिक सञ्जाल र नेपाली राजनीतिको बजारमा मधुरै भएपनि उनीमाथी नकारात्मक टिप्पणी भैरहेको छ । कारण हो ०७२ सालको तेस्रो मधेस आन्दोलन र करिब चार महिने नाकाबन्दी । मधेस आन्दोलनमाथी सरकार क्रुर बनेपछि आन्दोलनकारी पक्ष सीमा अवरोध पारेर नाकाबन्दी गरेको एकथरीको तर्क छ । अर्कोथरीको बिचारमाले नाकाबन्दी भारतले अर्थात भारत सरकारले लगाएको तर्क गर्दै आएका छन्। मधेस आन्दोलनको उपज नाकाबन्दीलाई लिएर भएको बिचारको धुब्रीकरण आवरणमा सेलाएको जस्तो देखिएपनि भित्रभित्रै अझै यसको रापताप बाँकी छ । जुन अहिले समाजिक सञ्जाल देखि विचारकै रुपमा बाहिर छताछुल्ल भएको छ, हुँदै छ।

१७ वर्षपछि भारतीय प्रधानमन्त्रीको रुपमा मोदीले १८ साउन २०७१ मा गरेको पहिलो ‘राजकीय भ्रमण’ को चार महिना पछि १० मंसिर २०७१ मा दोस्रो पटक १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन पुनः काठमाडौंमा अवतरण भए। चार वर्षपछि नेपालका प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा तेस्रो पटक शुक्रबार मोदी नेपाल भ्रमणमा आए। मोदीको पहिले र अहिलेको भ्रमणको क्रममा नेपाली मन र मुड भने भिन्न देखिन्छ।

मधेस र काठमाडौंबीच संविधान तथा संघीय सीमांकनलाई लिएर विगतमा देखिएको तिक्तताको औपचारिक बैठान भैसकेको छैन। यहि तिक्तता मेटाएर संविधानलाई सर्वस्वीकार्य बनाउने आशयको बिचार मोदीले राख्दै आएका थियो। शुक्रबार जनकपुर ओर्लेर मोदी बाह्रबिघा मैदानको रंगभूमी मैदानमा नागरिक सम्बोधन गर्दै  नेपालीजनको मनमा रंग भर्ने भरपुर कोशिस गरे । प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आफुले सवा सयकरोड नेपालीको तर्फबाट सवेक्षा प्रकट गरेको उनले पटक पटक दोहोर्याए। उनले प्रधानमन्त्री ओलीको नाराको तारिफ मात्र गरेनन् । ओलीलाई आफुसँग दाजेर विकासप्रती भिजन भएको नेताको रुपमा प्रशंसा समेत गरे। मोदीको अभिव्यक्तिबाट नेपालमा बिग्रिएको भारतको छवि सुधार्ने र नेपालसँगको सम्बन्धलाई पुरानै उचाइमा पुर्याउने मनसाय झल्केको छ । मोदीको नेपाल भ्रमण जनकपुरबाट प्रारम्भ गर्नुको सन्देश दिल्लीको नेपाल–प्राथमिकतामा मधेस मुद्दा अर्थात दिल्लीको ‘मधेस कार्ड’ हाल ओझेल परे पनि बेवास्तामा परेको छैन् भन्ने पुष्टि भएको छ । मोदीले भने,‘जो मानिस मित्रको दु:खमा दुखी हुदैन उनलाई खेख्दा मात्र पनि पाप लाग्छ ।’ मोदीले  मिथिलाको तुलसीले भारतको आँगनमा पवित्रता फैलाईरहेको उल्लेख गर्दै भने,‘राजनीति कुटनीति बदलरिहन्छ, ‘रामसिया’ को सम्बन्ध अजर अमर रहन्छ।

राजननीतिज्ञ खुशीलाल मण्डलले जनकपुरबाट भएको मोदीको नेपाल भ्रमणबारे टिप्पणी गर्दै भने,‘ नेपाल–भारतको सम्बन्धमा राजनीतिले त्तिक्तता पैदा गरेपनि संस्कार र संस्कृतीको रंगले मिठास फैलाएको छ।’

मधेस–भारतको सम्बन्ध समाजिक भएकोले दिल्ली अर्थात भारत सरकारले चाहेर पनि तोड्न नसक्ने उनको भनाई छ। दुबै देशका सरकार बदलिरहन्छ तर समाज र संस्कार ज्यूँका त्यूँ अडिरहन्छ । उनले भने,‘राजनीतिमा परिवर्तन भएपनि समाजीक गठजोरमा परिवर्तन हुन्न।’ आसन्न मोदी भ्रमणलाई नेपालीहरुले सम्बन्ध सुधार्ने अवसरको रुपमा लिनुपर्ने उनको तर्क छ । ‘संस्कार, संस्कृतीले समाजलाई जोड्छ मोदी धार्मीक भ्रमण मार्फत सम्बन्ध सुधारको सन्देश बोकेर आउँदै छन्’उनले भने,‘मधेस, पहाड हिमाल सबै ठाउँका नागरिकले यो भ्रमणलाई सद्भावपूर्ण रुपमा लिनुपर्छ ।’ घृणा बढाएर होईन प्रेम फैलाएर समाजीक सद्भाव र दुईदेशीय सम्बन्धमा मिठास बढाउने अवसरको रुपमा मोदी भ्रमणलाई लिनुपर्ने राजनीतिज्ञ मण्डलको भनाई छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २८ वैशाख २०७५ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App