१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय परिचय–पत्र वितरणमा ढिलाई

पाँचथर – पहिलो चरणमा पाँचथरबासी र सिंहदरबारका कर्मचारीका लागि वितरण गर्ने भनिएको राष्ट्रिय परिचयपत्रको काममा ढिलाई भएको छ। माघदेखि परिचय पत्र वितरण गर्ने भनिएपनि अझैसम्म विवरण संकलन हुन सकेको छैन्।

बहुउपयोगी बायोमेट्रिक्स सहितको परिचयपत्र उपलब्ध गराउने सरकारको निर्णय भएअनुसार पाँचथर र सिंहदरबारका कर्मचारी गरी पहिलो चरणमा १ लाख १७ हजार वितरण गर्ने तयारी भएको थियो। तर विभिन्न कारण देखाउदै समयमा काम अघि बढ्न सकेको छैन। एकपल्ट जिल्लामा आएर सरोकारवालासँग छलफल गरेपनि थप क्रियाकलाप अघि बढ्न सकेको छैन्।

दुई महिना भित्र विवरण  संकलन गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परिचयपत्र व्यवस्थान केन्द्रका कार्यकारी निर्देशक दिलिप कुमार चापागाईले बताए। ‘काममा केही ढिलाई भएको हो। अब कामले तीब्रता पाउँछ। जेठको दोस्रो हप्तादेखि पाँचथरमा विवरण संकलनका लागि संकलकहरूलाई तालिम दिने योजना छ।

सिंहदरबारमा पत्र लेखि कर्मचारीको विवरण मागेका छौँ’ चापागाईले नागरिकसँग भने ‘दुई महिनाभित्र विवरण संकलन गरी सक्नुपर्छ। बाँकी आम सो भन्दा पछि हुन्छ।’ कहाँ कहाँ केन्द्र राखेर विवरण संकलन गर्ने भन्ने छलफल भइरहेको उनले बताए। संकलकहरू जिल्लामै छनौट गरीने बताइएको छ। तालिम दिएर गाउँमा खटाइने चापागाईले बताए।

१५ दिनभित्र विवरण पठाउन सिंहदरबारका कार्यालय तथा मन्त्रालयलाई वैशाख २५ गते पत्र लेखि अनुरोध  गरिएको छ। पाँचथरमा तालिम दिएर जेठको दोस्रोहप्तबाट संकलकहरूलाई गाउँ पठाउँने तयारी भएको चापागाईले बताए। संकलनहरूले फोटो, औठा छाप सहित व्यक्तिगत विवरण संकलन गर्ने छ। डाटा संकलन भए पश्चात कार्ड बन्ने प्रक्रिया अघि बढ्ने बताइएको छ। पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलोचरणमा परिचयपत्र वितरण गर्ने योजना रहेको छ।

आर्थिक वर्ष २०६६–०६७ को बजेट तथा नीति कार्यक्रम मार्फत सरकारले परिचयपत्र वितरण गर्ने घोषणा गरेको थियो।

नागरिकता प्राप्त गरेकालाई  परिचय पत्र वितरण गरिने छ। एडीबीको ऋण सहयोगमा परिचय पत्र वितरणको काम अघि बढाइएको हो। पहिलो चरणमा ४ दशमल ८ मिलियन अमेरिकी डलर ऋण सहयोग एडीबीको हुने बताइएको छ। 

प्रकाशित: ३ जेष्ठ २०७५ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App