काठमाडाैं – पूर्व फुटबलर अशोक केसी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चद्वारा बिहीबार आर्मी अफिसर क्लब भद्रकालीमा आयोजित पल्सर स्पोटर्स कार्यक्रममा केशीलाई यस वर्षको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिइको हो।
त्यस्तै गएको फागुनमा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन टु मा क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरी नेपाललाई एक दिवसीय खेलको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका करण केसीले स्पेसल अवार्ड हात पारेका छन्।
प्रकाशित: ३ जेष्ठ २०७५ १३:४० बिहीबार