२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

एपिएफको फाइनल सम्भावना बलियो

सशस्त्र प्रहरी बलको एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ।

एपिएफले बिहीबार त्रिभुवन आर्मी क्लबमाथि ३–२ को सेटमा जित निकाल्दै प्रतियोगितामा दोस्रो सफलता प्राप्त गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपिएफले आर्मीलाई २५–२३, २५–२३, १३–२५, १४–२५ र १५–९ ले पराजित गर्‍यो। एपिएफकी निरुता ठगुन्ना प्लेअर अफ द म्याच’ घोषित भइन्। 

दुई खेलमा आर्मीको भने लगातार दोस्रो हार हो। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकाल्यो। पुलिसले साबिक विजेता न्यु डायमन्डको अग्रता उल्ट्याउँदै जित निकालेको हो।

न्यु डायमन्डले पहिलो सेट २५–१८ ले आफ्नो बनायो। तर, त्यसपछिको सेट पुलिसले २५–२२, २५–२२ र २५–१८ ले आफ्नो बनाउँदै पहिलो सफलता प्राप्त गर्‍यो। पुलिसकी कोपिला राना प्लेअर अफ दी म्याच भइन्। 

पहिलो खेलमा पुलिस एपिएफसँग र आर्मी न्यु डायमन्डसँग समान ३–१ ले पराजित भएका थिए। शुक्रबार लिगका अन्तिम दुई खेल हुनेछन् र यी खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। 

शुक्रबार पहिलो खेलमा पुलिसले आर्मीको सामना गर्नेछ भने दोस्रोमा न्यु डायमन्डले एपिएफको चुनौती सामना गर्ने भएको छ।

प्रकाशित: १४ वैशाख २०८१ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App