१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

चीन/युगाण्डा – अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्। 

चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको वर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। 

सो वर्षाले तीन हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ। 

त्यसैगरी युगाण्डामा भइरहेको अत्यधिक बर्षाका कारण डेढ लाख व्यक्ति घरबारविहीन भएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन्। 

घरबारविहीन भएकाहरूलाई सुरक्षित ठाउँमा रहेका विद्यालय र चर्चहरुमा राखिएको छ भने उनीहरू अझै त्रसित अवस्थामा रहेका छन् । 

धेरै जना घरबारविहीन भएको माउन्टेन इल्गोन क्षेत्रमा हरेक वर्ष यस्ता बाढी पहिरोका घटनाहरू हुने गरेका छन् । 

प्रकाशित: ४ जेष्ठ २०७५ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App