१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको गुजरातमा सडक दुर्घटना हुँदा १९ मजदुरको मृत्यु

अहमदाबाद – भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ। 

भावननगर–अहमदाबाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन। यस दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। 

दुर्घटनामा परी १८ जनाको घटना स्थलमा नै र अन्य एक घाइतेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको बताइएको छ। 

सिमेन्टका बोरा लिएर गइरहेको उक्त ट्रकमा ती सिन्मेटका बोरामाथि बसेर गइरहेका मजदुरको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्।

गुजरात राज्यको अति व्यस्त सडकमा दुर्घटना भएको र पछिल्लो समयमा भएका दुर्घटना मध्ये यो सबैभन्दा धेरै प्राणघातक भएको अधिकारीले बताएका छन्। 

दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये १२ जना महिला रहेका छन् भने तीन जना किशोरावस्थाका र चार जना पाका पुरुष रहेका छन्। 

दुर्घटनामा परी मृत्यु भएका सवै मजदुर कामका लागि आनन्द जिल्लामा पर्ने कार्यस्थलतर्फ गइरहेका थिए। उनीहरु आफ्नो कार्यस्थलमा जानको लागि सिन्मेटको बोरा बोकेर गइरहेको ट्रक चालकलाई १२ सय भारु तिरेका बताइएको छ। 

दुर्घटनाको अनुसन्धानको क्रममा भएको प्रारम्भिक विवरणकाअनुसार चालक निदाएर सडकमा ट्रकको पाङग्रा चिप्लिएर दुर्घटना भएको जस्तो देखिएको एक प्रहरी अधिकारीले बताए। 

ती अधिकारीले घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिइसकिएको पनि जानकारी दिए। 

शुक्रबार मात्रै उत्तराखण्डमा एउटा ट्रकले तिर्थयात्रीलाई ठक्कर दिदाँ कम्तीमा ११ जनाको मृत्यु भएको थियो। 

सडक दुर्घटनामा परी विश्वमै सवैभन्दा धेरै जनाको मृत्यु हुने देशमा भारत पर्दछ। भारतमा हरेक बर्ष एक लाख ५० हजार भन्दा बढीको मृत्यु हुनेगरेको छ। 

प्रकाशित: ५ जेष्ठ २०७५ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App