१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँदरले घरभित्रै पसेर महिलालाई टोकेपछि...

पाल्पा– बगनासकाली गाउँपालिका–८, बराङ्दीमा बाँदरको टोकाईबाट एक महिला घाइते भएकी छिन्। ४५ बर्षीय देवीसरा रानालाई घरमै बसिरहेको समयमा बाँदरले टोकेको हो।

आफ्नै घरमा बसिरहेकी रानाको बच्चालाई बाँदरले आक्रमण गर्ने खोजेको थियो। बच्चा नजिक बाँदरलाई देख्नासाथ बाँदरलाई लखेट्न खोज्दा रानाको दाइने हातमा बाँदरले टोकेर घाइते बनाएको हो। बाँदरको आक्रमणबाट राना बेहोस् बनेकी थिइन्। उनको युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको छ।

बगनासकाली गाउँपलिका बाँदर नियन्त्रण समितिका संयोजक गणेशप्रसाद बस्यालले पछिल्लो समय बाँदर आतंकले बगनासकालीका जनताको दैनिकी कष्टकर बन्दै गएको बताए। उनी भन्छन्, ‘यहाँका जनतालाई खेतीपाती जोगाउन अप्ठेरो भएको छ। जुनसुकै बालीनाली पनि भाँच्ने, खाने, बिगार्ने गरेको छ। हामी यसको समाधानको खोजी गर्दै छौं।’ 

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बाँदर नियन्त्रणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएता पनि यसको उचित समाधानको उपाय नभेटिएको बताए। ‘हेरालु राखेर पनि सम्भव हुने देखिएन। केही विशेषज्ञसँग पनि छलफल गरिरहेका छौं। अब हामीले केन्द्र र स्थानीय सरकार गुहार्नुको विकल्प देखेका छैनौं’, बस्यालले भने, ‘घाइते रानाको सम्पूर्ण उपचारको खर्च गाउँपालिकाले व्यहोर्दछ।’

प्रकाशित: ७ जेष्ठ २०७५ १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App