१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई ‘महारानी’ भनेपछि...

फाइल तस्बिर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास चन्द्र नेम्बाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘महारानी’ भनी सम्बोधन गरिएको अंशलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै शुक्रवार नेम्बाङले राष्ट्रपतिलाई महारानी भनिएको आपत्ति जनाउँदै सो शब्दलाई संसदको रेकर्डबाट हटाउन आग्रह गरेका हुन्।

संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले बिहीवार प्रतिनिधि सभामा बोल्दै सरकारले राष्ट्रपति भण्डारीलाई ‘महारानी’को रुपमा प्रस्तुत गर्न खोजेको आरोप लगाएका थिए।

नीति तथा कार्यक्रम माथिको टिप्पणीमा नेम्बाङले अघिल्ला वर्षहरुको भन्दा यस पटकको सरकारी योजना फरक रहेको र आर्थिक समृद्धिका लागि केन्द्रीत रहेको भन्दै बचाउ गरेका थिए । उनले विपक्षी दलहरुलाई पनि समृद्धिको यात्रामा सहभागी हुन् अपिल गरे।

प्रकाशित: ११ जेष्ठ २०७५ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App