१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एक सय नौ दल अद्यावधिक

काठमाडौं- नयाँ संविधानले व्यवस्था गरेअनुसार राजनीतिक दलहरू निर्वाचन आयोगमा पुनः दर्ता भएका छन्। एक महिनाअघि आयोगले दलहरूलाई पुनः दर्ता हुन आह्वान गरेको थियो। संविधान जारी हुनुअघि एक सय ५९ दल दर्ता रहेकोमा तीमध्ये एक सय नौ दल पुनः दर्ता भएका छन्।

ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसवादी लगायत साना सक्रिय दलले निर्वाचन आयोगले दिएको समयभित्रै अद्यावधिक गरेका छन्। आयोगले पुनः दर्ताका लागि कात्तिक मसान्तसम्मको समय दिएको थियो।

कात्तिक मसान्तसम्म निर्वाचन आयोगमा अद्यावधिक नभएका दल अब नयाँ दलको रूपमा दर्ता हुनुपर्नेछ। संसद्मा प्रतिनिधित्व गर्ने सबै २९ दल अद्यावधिक भएका छन्।

दलहरूले संविधान र सोअन्तर्गत बन्ने संघीय कानुनले व्यवस्था गरेका सर्त पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै अद्यावधिक भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

प्रकाशित: २ मंसिर २०७३ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App