१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपहरणकारीको कब्जाबाट भागेर जोगिए रामऔतार कुर्मी

 वीरगन्ज–पर्साको जिगँना हरपुर गाविसबाट आइतबार साँझ अपहरणमा परेका बीरगन्ज उपमहानगपालिका –२७ रामगढवाका ६५ वर्षीय रामऔतार कुर्मी अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्। आइतवार साँझ घरबाट खाजा खाएर खेतमा पाकेको धानवाली पहरा गर्न गएको कुर्मी सोमबार बिहान नफर्केपछि उनको अपहरण भएको भनी परिवारले प्रहरीलाई खबर गरेका थिए। बिरुवागुठी नजिकैको जगंलमा अपहरणकारीले बन्धक बनाएर राखेको ठाउँबाट बुधबार बिहान उनी उम्किन सफल भएका छन्।

कुर्मी बुधवार बिहानै बिरुवागुठी प्रहरी चौकीमा आएर शरण लिएका थिए। पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले कुर्मी अहिले प्रहरीको सुरक्षामा आइसकेको बताए। दुई जना अपहरणकारीको नियन्त्रणबाट  उम्केका कुर्मी जंगलभित्रै लुकेर बसेका थिए। पछि उज्यालो हुन थालेपछि उनी त्यहाँबाट नजिकको गाउँ बिरुवागुठीमा रहेको प्रहरी चौकीमा आइपुगेका थिए।   

कुर्मी सकुशल फर्केपछि उनको परिवार चिन्तामुक्त भएको छ । सोमबार बिहान बाबु घर नफर्केपछि रामगढवाबाट करिब १० किलोमिटर उत्तर पश्चिम पर्ने हरपुरपुग्दा बाबुलाई नभेटेपछि अपहरणमा परेको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेको छोरा अर्जुन पटेलले बताएका छन्।

प्रकाशित: १५ मंसिर २०७३ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App