पुरानो मुद्दा, नयाँ सरकार
०८ भदौ २०७३
•
८ मिनेट पाठ
पुरानो मुद्दा, नयाँ सरकार
सरकार गठन/विघटन नियमित भई नै रहेको छ । प्रधान मन्त्रीहरुका भाषण, आरोप÷प्रत्यारोप, नाटक दिनहुँ देखिरहेका छौँ। सिंहदरबार, त्यहाँभित्रका कुर्सी, कुर्सीमा बस्ने मानिस, कोटमा लगाउने लोगो, त्यसका  लागि रगत बगाउने जनता, जिल्लाका राजनीतिक दल, सिडिओ, एलडिओ, डिएसपी आदिका क्रियाकलाप आमनेपाली जनताका पक्षमा भन्दा पनि स्वार्थमा केन्द्रित भएका दृश्य हरेक दिन मञ्चन भइरहेकै छन् सिंगो नेपाली थिएटरमा । धेरै भयो, यस्तै विवशताबीच बाँच्न बाध्य हुनुपरेको ।




गरिब हुनुका विभिन्न कारणमध्ये एउटा रहेछ– धेरै सन्तानको धनीहुनु । देश गरिब बन्नुको कारणचाहिँ धेरै सरकारको धनी हुनु रहेछ भन्ने बुझियो । राजनीति र कुर्सी एक अर्काको पर्याय रहेछन् भन्ने बुझ्न अब कम्तीमा पनि नेपालीलाई चाहिँ कसैले ट्युसन पढाइरहनु परेन । आफैँ खाने, आफ्नै पुस्ता सपार्ने, आफ्नै परिवार उकास्ने जस्ता यावत् कुकार्यले नेपाली धर्ती प्रत्येक दिन रुवाइरहेका छन् तर पनि यसप्रति कोही चिन्तित नरहनु आफैँमा विडम्बनाभन्दा के पो होला र ?

प्रसंग हो– भूमि सुधारको । हाम्रा नेतामात्र हैन, स्थायी सरकारको पदवी संगालिरहेको उच्चपदस्थ कर्मचारी वर्गले पनि विदेशका भूमि व्यवस्थापन नियालेकै होलान् । जापान, चीनमात्र हैन, सबै विकसित देश अहिले यो स्थितिमा पुग्नुमा भूमि सुधारको उल्लेख्य भूमिका थियो भन्ने जानकारीबाट पनि दीक्षित नै होलान् । आफैँले नपढे पनि कम्तीमा त्यहाँ गएका बेला पक्कै ब्रिफिङ गरे होलान् विज्ञहरुले । तर विडम्बना, उनीहरुको दिमागमा यो विषय कहिल्यै घुस्न सकेन । यहाँको दरिद्र कृषि उत्पादन, जीविकामुखी खेती प्रणाली, ओरालो लाग्दै गरेको कृषकको स्तर, आयातमा बढ्दो निर्भरता आदिले यो आरोप हैन भन्ने पुष्टि गर्छन् ।

सरकार परिवर्तन हुँदै ‘नयाँ’ विशेषण भिरेर आउँछन् । अनि नयाँ भइसकेपछि पुरानो काम गर्ने कुरा पनि भएन । त्यही भएर होला अर्थात भूमि सुधार पुरानो मुद्दा भएर होला, नयाँको प्राथमिकतामा पर्दै परेनन् । यही कारण त न कृषिप्रधान देशको कृषि उभो लाग्यो, न त कुल गार्हस्थ्य उत्पादनमा एक तिहाई भरथेग गर्ने कृषि क्षेत्रले उचित सम्मान र दरिलो टेको नै पायो । उल्टै कृषि ‘केही काम नपाएपछि टाइम बिताउने’ थलोमा परिणत हुन पुग्यो । त्यसैले त हरेक नयाँ सरकार भूमि अधिकारबाट वञ्चितका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात्’ को नियतिबाट पृथक हुन सकेको छैन ।

नयाँ सरकार यो क्षेत्रमा साँच्चै फरक देखिन चाहन्छ भने उसका लागि अवसर पनि छ । मात्र यति गरे पुग्छ ः २०१६ सालमै उन्मूलन भयो भनिएको बिर्ता प्रथा अझै छ । त्यसलाई जरैदेखि निमिट्यान्न पार्ने।  मोहीको हक दिलाउने । गुठीको जग्गा खेती गरिरहेका मोहीलाई उचित रकम लिएर दिने । यसबाहेक अरु थोरै काम गर्न सक्दा पनि सरकारले वाहवाही पाउने अवस्था छ । जस्तो– सुकुमबासीलाई बसोबासका लागि र कृषकलाई खेती गर्ने जग्गा । खेती नगर्नेको जग्गा खेती गर्नेलाई उपलब्ध गराउने । अनि जसको स्वामित्वमा जग्गा उपलब्ध गराइन्छ त्यस्ता जग्गाको धनीमा महिलालाई पनि समावेश गराउने नीति भव्यरूपमा लागु गर्ने । यत्ति भए पनि सरकार नयाँ बन्नुसँग सामीप्यता गाँस्न सक्छन् भूमि अधिकारबाट वञ्चितले । हेरौँ, नयाँ नेपाल निर्माण गर्ने नारा लिएर ‘जनयुद्ध’ गरेका दल र सबैका घरमा एक हल गोरु देख्ने सपनाकार बिपीको दल मिलेर बनेको सरकारले यस विषयमा केही गर्छ कि ?

तर सुरुकै छाँटकाँट हेर्दा स्थिति माथिका मागमा सुखद् होलाजस्तो लाग्दैन । पहिलो कुरा त यो सरकार नै नौ महिने हो । साउन एक महिना यसै उसैमा बित्यो । भदौ मन्त्रिपरिषद् विस्तारमै बित्ने निश्चित छ । असोज मन्त्रीमा नपर्नेहरुको विरोध र घुर्कीमा बित्छ । त्यसपछिको महिना चाडपर्वले ढाकिहाल्छ । जाडोयाममा केही गर्न सक्ने कुरै भएन, हात खुट्टा कठ्यांग्रिहाल्छ । यसोउसो गर्दागर्दै ९ महिना आइहाल्छ, त्यसको पूर्वसन्ध्यामा केही गर्ने जाँगर चल्ने कुरै भएन । दिनको संकेत बिहानीले गर्छ भनेझै अहिले देखिएको परिदृश्य यही हो । त्यसैले आशा गर्ने खासै ठाउँ नभए पनि ‘आश गर्नु, भर नपर्नु’ भन्ने उखान भन्न मन लागिहाल्दो रहेछ ।

हुन त नयाँ भएपछि नयाँ काम गरेर देखाउन सक्नु ठूलो पुरुषार्थ ठहरिन्छ । त्यसमाथि नयाँ काम गर्न नयाँ नै सवाल चाहिन्छ भन्ने पनि छैन । पुरानै वा थाँती बसेका कतिपय सवाल यस्ता छन् जसले सर्वसाधारणको जीविकोपार्जनमाथि धावा बोलिरहेका छन् । तिनलाई निमिट्यान्नमात्र पार्न सके पनि लाखौँ जनताको स्वतः भलो हुन्छ । तर यही वास्तविकता कुनै पनि नयाँ सरकार वा त्यसको नेतृत्व गर्ने प्रमुखले अंगीकार गर्न नसक्दा समस्याको आकार क्रमशः बढिरहेको छ । त्यसैले पनि अरु नयाँजस्तै यो नयाँ सरकारसँग पनि भूमि अधिकारबाट वञ्चितहरुले आफ्ना माग सम्बोधनका लागि कदम चाल्ने आशा गर्नु अन्यथाचाहिँ पक्कै होइन । जहाँसम्म यस्ता पुराना तर धेरै जनतासँग जोडिएका सवाल छन् तिनलाई प्राथमिकता दिने वा नदिने भन्नेचाहिँ सरकार सम्हाल्नेकै जिम्मामा पर्छ । हेरौँ, यो सरकारले केही गर्छ कि?
अर्को समाचार
'मधेस एक प्रदेश मान्नेलाई समर्थन'
२८ वैशाख २०६६
•
८ मिनेट पाठ
'मधेस एक प्रदेश मान्नेलाई समर्थन'
सरकार-मधेसवादी दल सहमतिको पूर्ण पाठसहित
काठमाडौं,  वैशाख २८ (नागरिक) - नयाँ सरकार गठनका लागि ठूला दल माओवादी, कांग्रेस र एमाले मधेसवादी दलहरुको निर्णय कुरेर बसेका छन्। तर मधेसवादी दलहरुचाहिँ सरकारलाई दिने समर्थनसँग मधेस एक प्रदेशको पुरानो मुद्दा साट्न चाहन्छन्।
उनीहरुले भनेका छन् १६ फागुन, ०६४ को सम्झौताप्रति सकारात्मक देखिने दललाई समर्थन हुनेछ। मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टी रहेको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बैठकले निष्कर्ष निकाल्यो- माओवादी र एमाले मधेस एक प्रदेशबारे गम्भीर छैनन्।




सरकार गठन प्रक्रियामा 'बार्गेनिङ पावर' आफ्नो हातमा परेको बुझेपछि मधेसवादी दलले सरकारसँग भएका सम्झौता उठाएका हुन्। सरकार निर्माणका लागि मोर्चाले अहिलेसम्म कसैलाई समर्थन नदिएपछि सरकार निर्माण प्रक्रियाले गति पाउन सकिरहेको छैन।

यी तीन दलको संविधानसभामा ८२ स्थान छ। उनीहरुको समर्थन निश्चित भए राजनीतिक समीकरणले दिशा पाउनेछ।

मोर्चाले अहिले उठाएको १६ फागुनको सहमतिमा चुरो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने र मधेससहित सबै प्रदेश स्वायत्त हुने उल्लेख छ। कोइराला सरकारसँग त्यतिबेला भएको सहमतिलाई हालका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालै स्वागत गरेका थिए। 'मधेस समस्या समाधानका लागि भएको सहमति ऐतिहासिक हो'- सहमतिबारे दाहाललको टिप्पणी थियो।

तर ९ महिनासम्म दाहाल नेतृत्वको सरकारसँगै रहेको फोरमले समेत आफ्नो नयाँ समर्थन १६ फागुनको सहमतिमा आधारित हुने स्पष्ट संकेत गरेको छ।

 

यस्तो थियो १६ फागुन ०६४ को सरकार-मोर्चा सम्झौता
नेपालमा मधेसी जनताले आफ्नो समान अधिकारका लागि समय समयमा गर्दै आएको संघर्ष र आन्दोलनका क्रममा व्यक्त जनभावना एवं आकांक्षालाई सम्मान गर्दै मुलुकका सम्पूर्ण जनतालाई समानता, स्वतन्त्रता र न्यायको प्रत्याभूति गराउनुका साथै सबै प्रकारका विभेदलाई अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य, बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गर्नका लागि नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तत्काल लागू हुने गरी यो सम्झौता गरिएको छ। सम्झौताका विषय देहायबमोजिम छन् ।
१. मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरूलाई शहीद घोषणा गर्ने र हालसम्म राहत नपाएका अंगभंग भएकाहरूलाई उचित राहत राज्यले उपलब्ध गराउनेछ । यसै क्रममा आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्चको व्यवस्था र शहादत प्राप्त गरेकाहरूलाई शहीद घोषणा गरी आश्रित परिवारलाई रु. १० लाखका दरले राहत उपलब्ध गराउने तथा गिरफ्तार व्यक्तिहरूलाई तत्काल रिहा गरिनेछ।
२. मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत् अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ। संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्टरूपमा शक्तिको बाँडफाँट सूचीका आधारमा गरिनेछ। प्रदेशहरू पूर्णरुपले स्वायत्त र अधिकार सम्पन्न हुनेछन्। नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण राख्दै स्वायत्त प्रदेशहरूको संरचना, केन्द्र र प्रदेशका सूचीहरूको पूर्ण विवरण र अधिकारको बाँडफाँट संविधानसभाबाट निर्धारण गरिनेछ।
३. संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७ को उपदफा १४ मा रहेको २० प्रतिशतको वर्तमान कानुनी व्यवस्थाको सट्टा ३० प्रतिशत गरिनेछ ।
४. सरकारले सुरक्षा अंगलगायत् राज्यका सबै निकायमा मधेसी, आदिवासी, जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी सरकारले नियुक्ति, बढुवा र मनोनयन अनिवार्यरूपले गर्नेछ।
५. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसीलगायत् अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ ।
६. नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, तराइमा संघर्षरत् सबै सशस्त्र समूहहरूलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियाका लागि वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ। यसका लागि नेपाल सरकारले तत्कालै अनुकूल वातावरण बनाउन आवश्यक कदम चाल्नेछ। आगामी चैत २८ गतेको संविधानसभा निर्वाचन शान्तिपूर्ण, हिंसामुक्त, निष्पक्ष, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई अपिल गर्दछौं।
७. सरकार र मधेसी जनअधिकार फोरमबीच २०६४ भदौ १३ गते भएको २२ बुँदे सम्झौताअनुरूप बन्दी राखिएकाहरूको यथाशीघ्र रिहाइ, फोरमलगायत् अन्य मधेसी नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका मुद्दाहरू अविलम्ब फिर्ता गर्ने तथा सम्झौताका बाँकी बुँदाहरू नेपाल सरकारले अविलम्ब कार्यान्वयन गर्नेछ।
८. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी रहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्काल फिर्ता लिइएको छ।
यस सम्झौतामा उल्लेख गरिएका विषयहरूको संवैधानिक, कानुनी, राजनीतिक एवं प्रशासनिक आदि जिम्मेवारी नेपाल सरकारको रहनेछ । सम्झौताको कार्यान्वयन अनुगमन गर्नका लागि सरकारले मोर्चासमेत सम्मिलित एक उच्चस्तरीय अनुगमन समिति गठन गरिनेछ ।
सम्झौतामा हस्ताक्षर गर्ने पक्षहरू :
राजेन्द्र महतो, राष्ट्रिय- अध्यक्ष, सद्भावना पार्टी
उपेन्द्र यादव, केन्द्रीय संयोजक- मधेसी जनअधिकार फोरम, नेपाल
महन्थ ठाकुर, अध्यक्ष- तराइ मधेस लोकतान्त्रिक पार्टी
गिरिजाप्रसाद कोइराला
प्रधानमन्त्री- नेपाल सरकार
२०६४ फागुन १६ गते ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस