राजनीतिक दलहरूबीचको बढ्दो अविश्वास र सार्थक संवादहीनताले संविधान निर्माण तथा शान्ति प्रक्रिया धरापमा परेको छ।
प्रमुख राजनीतिक दलहरूमा देखिएको सत्ता लोलुपताले संकटलाई झन् जटिल बनाएको छ। समस्याको निकासका लागि पछिल्ला दिनमा मुख्य राजनीतिक दलका शीर्ष नेताबाट व्यक्त सार्वजनिक प्रतिबद्धता पनि आपसी विश्वासकै अभावमा निरर्थक भएको छ। यसले गर्दा लोकतान्त्रिक पद्धतिकै अस्तित्व संकटमा परेको छ।
समयमा संविधान निर्माण हुन नसक्ने अवस्थाले संवैधानिक जटिलता अवश्यंभावी देखिएको छ भने अर्कोतर्फ राजनीतिक संकट झन् फराकिलो हुँदै गएको छ। तैपनि, समस्या समाधानका लागि राजनीतिक सहमतिको विकल्प छैन। अहिले राजनीतिक शक्तिबीचको कटुता संविधान र राष्ट्र निर्माण तथा शान्ति प्रक्रियाको सफलताका निम्ति अभिशाप भएको छ। हुनत, राष्ट्रको समुन्नति र विकासका सामु दलीय स्वार्थ गौण हुनुपर्थ्यो तर शीर्ष नेतृत्वको व्यक्तिगत तथा दलगत महत्वाकांक्षाले समस्या समाधानमा सहयोग पुर्याउन सकेको छैन।
नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक प्रकृतिको भएको दाबी गर्ने राजनीतिक नेताहरू आफ्नो नेतृत्व क्षमता तथा वैचारिक कमजोरीका कारण देश पुनः हिंसाको दलदलमा भासिने जोखिम उत्पन्न हुँदा पनि संवेदनशील हुन सकेका छैनन्। शान्ति र समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक पर्छ भने दिगो शान्तिका लागि शान्ति प्रक्रियाको आरम्भमा व्यक्त प्रतिबद्धता इमानदारीपूर्वक पालना हुनुपर्छ। विडम्बना, नेपालको शान्ति प्रक्रिया विशिष्ठ प्रकारको हुँदाहुँदै पनि दलीय स्वार्थ तथा प्रतिस्पर्धा र राजनीतिक इमानको अभावमा आपसमा सहमत भएका प्रावधानको कार्यान्वयन हुन सकेन। समस्त शान्ति प्रक्रियाको अनुगमनका लागि आधिकारिक निकाय गठन भएको भए अविश्वास हटाउन तथा शान्ति सम्झौतामा उल्लेखित प्रावधान कार्यान्वयन गर्न सहज परिस्थिति निर्माण हुने थियो। त्यसको अभावमा लामो हिंसात्मक द्वन्द्व अन्त्यमा संलग्न नेतृत्वकर्ताहरू स्वयम् क्षमताहीन, गैरजिम्मेवार र संवेदनहीन हुन पुगेकाले राष्ट्रले पुनः ठूलो मानवीय तथा भौतिक क्षति सहनुपर्ने खतरा देखापरेको छ।
शान्ति प्रक्रियाको अभिन्न अंग संविधान सभा निस्क्रिय बनाइएको छ। जनताले राजनीतिक दल तथा संविधान सभासदहरूको वैधानिकता तथा क्षमतामा प्रश्न गर्न थालेका छन्। साथै, शान्ति सम्झौता तथा अन्य राजनीतिक सहमतीलाई बेवारिस बनाइएबाट सामान्य नागरिकमा भय र त्रास बढेको छ।
शान्ति प्रक्रियाको सार्थकताका लागि आपसी संवादको भूमिका महत्वपूर्ण हुन्छ। नेपालमा भने संवाद तथा वार्र्ता सत्ता समीकरण र दलीय लाभहानिमा केन्द्रित हुने गरेको छ। जनमानसमा अन्योल तथा अनिश्चितताबाट यस्तो आशंका उत्पन्न भएका समयमा राजनीतिक शक्तिहरूमा देखिने अस्पष्टता राष्ट्रका लागि घातक हुनसक्छ। त्यसले शान्ति प्रक्रिया तथा लोकतान्त्रिक पद्धतिविरोधीलाई सक्रिय हुने अवसर दिन्छ। राज्य संयन्त्र कमजोर भएको अवस्थामा संगठित अपराधी गिरोहहरू उत्पन्न हुने र कानुनी शासन कमजोर भएर राष्ट्र असफलतातर्फ उन्मुख हुने जोखिम पनि बढ्छ।
यस्तो चरम राजनीतिक संकटका समयमा 'तेस्रो जनआन्दोलनका नाममा निर्णायक संघर्षमा उत्रेको संविधान सभाको प्रमुख विपक्षी दल एकीकृत नेकपा (माओवादी)ले हालका लागि आन्दोलन स्थगित गरेको छ। तर समस्याको समाधानका लागि तीनवटा मुख्य राजनीतिक दलबीच उद्यमी, व्यवसायी तथा कूटनीतिक समूदायको पहलमा लगातार वार्ता र संवाद भएको देखिए पनि निकासका कुनै आधार तयार हुन सकेका छैनन्। माओवादी प्रधानमन्त्रीको राजीनामाबिना वार्तामै नबस्ने र प्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रिय सरकारका लागि सहमति नभई राजीनामै नदिने सर्त राखिरहेका छन्। यो विश्वासको अभावकै परिणाम हो, जुन विद्यमान राजनीतिक संकट निवारणका निम्ति उपयुक्त छैनन्।
शान्ति सुरक्षाको प्रत्याभूति र जनधनको संरक्षण राज्यको दायित्व हो। लोकतान्त्रिक पद्धतिमा सरकार गठन तथा परिवर्तन नियमित विधि र प्रक्रियाअन्तर्गत पर्छ। आवश्यकतानुसार सहमति, बहुमत वा ठूलो दल कुनै पनि आधारमा सरकारको नेतृत्व हुन सक्छ। सत्ता प्राप्ति वा सरकारमा टिक्नुलाई प्रतिष्ठाको प्रश्न नबनाइएमात्र संविधान निर्माणको चुनौतीलाई सामना गर्न सकिन्छ। तसर्थ राष्ट्रिय सरकारको गठन र माओवादी लडाकुको पुनःस्थापना तथा समायोजनका प्राविधिक पक्षतर्फ नअल्मलिनु सम्पूर्ण राजनीतिक शक्तिका लागि हितकर हुन्छ। कुनै कारणवश देश पुनः द्वन्द्वमा फस्न पुगेमा र जनता हिंसाको चपेटामा परेमा त्यसको जिम्मेवारी सरकारमा रहेका राजनीतिक शक्तिका साथै माओवादीले लिनुपर्ने हुन्छ।
सार्वजनिक कार्यक्रममा राजनीतिक नेताहरू समस्या समाधानका लागि सकारात्मक देखिन्छन्। व्यवहारमा भने विश्वसनीय आधार भेटिएको छैन। शान्ति वार्ताको समयदेखि नै खड्केको भरपर्दो औपचारिक मध्यस्थ वा सहजकर्ताको अभाव अहिले झन् बढी देखिएको छ। शान्ति वार्ताका समयमा अलिखित रूपमा जाहेर गरिएका प्रतिबद्धतालाई व्यावहारमा उतार्न वा कार्यान्वयनमा ल्याउन यस्ता मध्यस्थ वा सहजकर्ताको भूमिका महत्वपूर्ण हुन्छ। समस्या समाधानका लागि समष्टिगत अवधारणा तयार गर्न र शान्ति प्रक्रियाका सफलताका लागि नैतिक दवाव सिर्जना गरेर विश्वासको वातावरण बनाउन निष्पक्ष तथा स्वतन्त्र भूमिका निर्वाह गर्ने यस्ता व्यक्ति तथा समूहले सहयोग पुर्याउन सक्छन्। साथै, दुवै पक्षले स्वीकार गरेको मध्यस्थ वा सहजकर्ताले राजनीतिक शक्तिहरूबीच विश्वास एवं सहकार्यको वातावरण तयार गर्न सक्छन्।
विश्वासको वातावरण निर्माणमा औपचारिक तथा अनौपचारिक दुवै प्रकारका पहल महत्वपूर्ण मानिन्छन्। शान्ति प्रक्रियाको सफलताको आधार पनि विश्वासको वातावरणमा निर्भर गर्छ। अविश्वासले शंका, मनमुटाव तथा विभाजनमात्र उत्पन्न गर्छ। सार्वजनिकरूपमा आरोपप्रत्यारोप गर्दा यथार्थमा शान्ति प्रक्रियाका बाधा पुग्छ। राजनीतिक विचारको स्वतन्त्रता तथा पृष्ठभूमिको सम्मान गर्दै सबैलाई मान्य हुने न्यूनतम साझा रणनीति निर्माणका लागि राजनीतिक सहमतिबाट मात्र विश्वासको संकट अन्त्य हुनसक्छ।
संकटले अवसर पनि सिर्जना गर्छ। संविधान समयमा नबन्ने निश्चित् भएको र शान्ति प्रक्रियाका नेतृत्वकर्ता मध्येका गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा उत्पन्न समस्या समाधानको चुनौती अहिले शीर्ष नेताहरू सामु छ। यसको सामना वर्तमान नेतृत्वले नै गर्नुपर्छ र समस्या समाधान गर्नसक्ने राजनीतिक परिपक्वता प्रदर्शन गर्नुपर्छ। द्वन्द्वको अन्त्य तथा शान्ति प्रक्रियाको सफलताका निम्ति र सबैलाई मान्य हुने निकासका लागि नियमित तथा रचनात्मक संवाद एकमात्र उपयुक्त माध्यम हो। शान्ति सम्झौताको कार्यान्वयन, संविधान निर्माण तथा राष्ट्रनिर्माणका सबालमा दलीय सहमति निर्माण गर्न सकिएमा र प्रमुख राजनीतिक दलका नेता लचिला भएमा सबै समस्याको समाधान सम्भव छ। आपसी संवाद नै समन्वय तथा सहकार्यका लागि र वर्तमान संकट निवारणका लागि उपयुक्त साझा रणनीति हो।