संकट समाधान
३२ साउन २०६९
•
८ मिनेट पाठ
संकट समाधान
संविधान सभा जीवित छँदा पनि नेपाली राजनीतिको आकाशमा अविश्वास र अकर्मण्यताको कालो बादल मडारिइरहेको थियो। त्यही विश्वासको संकट र नेतृत्वको अकर्मण्यताका कारण नयाँ संविधान जारी नगरी संविधान सभाको दुःखद् अवसान भयो। प्राप्त उपलब्धि संस्थागत र कार्यान्वयन गर्न संविधान सभामार्फत् संविधान निर्माण गर्ने नेपाली जनताको चाहनामाथि तुषारापात गर्दै संविधान सभाको अवसान गराइएको छ। नेपाली जनताले पटकपटक बलिदानीपूर्ण आन्दोलन गर्ने तर ती आन्दोलनका उपलब्धि संस्थागत र कार्यान्वयन नहुने नेपाली इतिहासको तीतो यथार्थ एक पटक फेरि पुनरावृत्त भएको छ। यो विडम्वनापूर्ण परिघटनाको जतिसुकै निन्दा गरे पनि कमै हुन्छ। देश र जनताप्रतिको योभन्दा बेइमानी र गैरजिम्मेवारपन अरू के हुन सक्छ?
देश अहिले इतिहासको अत्यन्तैै जटिल मोडमा छ। अर्थतन्त्र धराशायी भइरहेको छ। कुनै पनि बेला टाँट पल्टन सक्छ। अदालत, संवैधानिक एवं कूटनीतिक निकायका रिक्त पदमा नियुक्ति हुन नसक्दा ती निकाय स्वतः निष्त्रि्कय, अकर्मण्य र विघटनको दिशातर्फ उन्मुख छन्। शैक्षिक क्षेत्र तहसनहस छ। भागबण्डाको राजनीतिले विश्वविद्यालयहरू पार्टी कार्यकर्ताको भर्ती केन्द्रमा परिणत भएका छन्। प्रहरी/प्रशासन राजनीतिक हस्तक्षेपले अपांग भएको छ। सम्पूर्ण उद्योगधन्दा बन्द भएका छन्। जीउ धनको सुरक्षा छैन। दिनहुँ अपराधका घटना बढिरहेका छन्। अत्यन्त संवेदनशील मानिने सर्वोच्च अदालतका न्यायाधीशसमेत अपराधीका निशाना बनेका छन् तर राज्यले अपराधीलाई कानुनको दायरामा ल्याउन सक्दैन। भ्रष्टाचार खुलेआम छ। यस्तो अवस्थामा मानव अधिकारको संरक्षण र सुशासनको प्रत्याभूतिको कल्पना गर्न सकिँदैन। सुरझित र लगानीमैत्री वातावरण नहँुदा वैदेशिक लगानी आउने अवस्था छैन। साधारण खर्च अत्याधिक छ तर विकास कार्य ठप्प छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय हरेक झेत्रमा देशले विश्वसनीयता गुमाइसकेको छ। संझेपमा भन्नुपर्दा राज्य असफल भइसकेको छ। असफल राज्य घोÈणा हुनमात्र बाँकी छ।
अब प्रश्न उठ्छ, यस्तो संकटपूर्ण अवस्थाबाट देशलाई जोगाउन के गर्नुपर्ला? उत्तर सिधा छ : राजनीतिक दल र यसका नेताले व्यक्तिगत, दलगत, जातीय र झेत्रीय स्वार्थभन्दा माथि उठेर बृहत् (राष्ट्रिय स्वार्थका लागि सहकार्य, एकता र सहमतिको बाटोमा इमानदारीपूर्वक अघि बढ्ने संकल्प गर्नु। विगतमा जे/जति कमी/कमजोरी भए पनि इतिहासबाट पाठ सिक्दै आ-आफ्नो ठाउँबाट आत्मालोचित हँुदैै इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सहकार्य, एकता र सहमÞतिको बाटोमा अघि बढ्ने हो भने अझैै पनि समय छ। यसका लागि बिनापूर्वाग्रह इमानदारीपूर्ण प्रयास र प्रतिबध्दता चाहिन्छ।
सहकार्य, एकता र सहमति गर्ने प्रतिबद्धता मात्रै भएर पुग्दैन। केका लागि सहकार्य, एकता र सहमति? मÞार्गचित्र पनि स्पष्ट हुनुपर्छ। हिजो संविधान सभा जीवित छँदा राजनीतिक दलबीच अविश्वासको खाडल थियो, अहिले सो खाडल अझ गहिरो बन्नुका साथै संवैधानिक जटिलता थपिएको अवस्था छ। त्यसैले अहिले राजनीतिक सहमति कÞायम गरेरमात्र हुँदैन, संवैधानिक जटिलताको निकास पनि खोज्नुपर्छ। यसका लागि राष्ट्रपति र सर्वोच्च अदालतलाई पनि विश्वासमा लिन सक्नुपर्छ। यसमा राष्ट्रपति र सर्वोच्च अदालतको भूमिका अवश्य पनि सकारात्मक र निकाशयोग्य हुनेछ किनभने राज्यलाई असफल हुनबाट जोगाउनु राज्यका सबै निकायको कर्तव्य हो।
राजनीतिक सहमति भन्नाले बाँकी रहेका शान्ति प्रक्रिया र संविधानका विवादित विÈयमा सहमति भन्ने बुझ्नुपर्छ किनकि अहिलेसम्म भएका शान्ति प्रक्रिया र संविधान निर्माणका उपलब्धिलाई अलपत्र छाडेर अर्को निर्वाचनमा जानु (चाहे संसदको होस् या संविधान सभाको)असंवैधानिक मात्र होइन, गैैरजिम्मेवारपन पनि हो। यसैले शान्ति प्रक्रिया र संविधान निर्माणसम्बन्धी हालसम्म भएका कामको स्वामित्व संविधान सभामा उपस्थित राजनीतिक दलहरूले लिनैपर्छ। त्यसो नगर्ने हो भने नयाँ गरिने निर्वाचनपश्चात् शान्ति प्रक्रिया सार्थक निष्कर्Èमा पुग्छ र संविधान बन्छ भन्ने विश्वसनीय आधार के?
राजनीतिक दलहरूले अहिलेसम्म भएका कामको संविधान निर्माणसम्बन्धी विधेयक संविधान सभामा प्रवेश नै नगराई प्रक्रियामै नलगी जननिर्वाचित ऐतिहासिक संविधान सभालाई संविधान निर्माण गर्ने अधिकारबाट वञ्चित गराइनुको साथै सहमत भएका विÈयमा संविधान सभाबाट संविधान जारी गर्ने र विवादित विÈय संसदलाई जिम्मा दिने उत्तम बाटो छँदाछँदैै त्यसलाई प्रयोग नगरेका कारण संविधान सभा अवसान हुन गई अहिलेको संवैधानिक जटिलता थपिएको तथ्य घाम जत्तिकै छर्लंग छ। त्यसैैले देखापरेको संवैधानिक जटिलताको निकाश संविधान सभा-व्यवस्थापिका (संसद)बाहेक अरू कसैले दिन सक्दैन। किनभने संविधान संशोधन संसदबाहेक अरू कसैले गर्न सक्दैन, मिल्दैन। यो विश्वव्यापी मान्यता हो। संवैधानिक जटिलताको निकाशका लागि अन्य विकल्प खोज्नु कालीदासको मूर्खताबाहेक अरू केही हुन सक्दैन।
यसैले यदि देशलाई अन्तहीन द्वन्द्वमा नफसाउने हो र राज्यलाई असफल हुनबाट जोगाउने हो भने सबै प्रकारका हठ, दम्भ र संकीर्णता छोडेर संविधान सभामा उपस्थित राजनीतिक दलहरूले राष्ट्रिय सहमति कायम गर्दै यसलाई पारित गर्ने विधि र प्रक्रिया तय गरी संवैधानिक जटिलताको निकाशका निम्ति विशेÈ प्रयोजनका लागि केही दिन वा केही घण्टाका लागिमात्र भए पनि संविधान सभाको पुनः स्थापना एकमात्र विकल्प हो। सबैलाई चेतना भया।
लेखक पूर्व कानुनमन्त्री हुन्।




 

 

 

 

 

 
अर्को समाचार
जलवायु संकट समाधान गर्न माओवादी केन्द्रले नेतृत्व लिनुपर्छ: दाहाल
२० भदौ २०८२
•
२ मिनेट पाठ
जलवायु संकट समाधान गर्न माओवादी केन्द्रले नेतृत्व लिनुपर्छ: दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जलवायु परिवर्तनका असरहरूमाथि गम्भीर चिन्ता व्यक्त गर्दै संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका छन् । जलवायु परिवर्तनको विरुद्ध माओवादी केन्द्रले स्पष्ट नेतृत्व लिनुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।  




माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जलवायु परिवर्तनको असरलाई पूँजीवादी विकास मोडलको असफलताको परिणामको रूपमा चित्रित गरे ।  

उनले भने, ‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ। यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ।’

अध्यक्ष प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरे । उनले भने, ‘हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं।’

उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भैरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औल्याएका छन् ।  

अध्यक्ष प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सहि उदेश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताए ।  

सामुदायिक वन व्यवस्थापनको अवधारणा ल्याउने नेतृत्वको अवसरमावादमा फस्दै जाँदा सहकारी र वनमा समेत समस्या आएको उनले बताए ।  

कार्यक्रममा तयार पारिएको अवधारणापत्रप्रति प्रशंसा व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यो केवल पार्टीको दस्तावेज मात्र नभई अन्तर्राष्ट्रिय हस्तक्षेप र संवादको महत्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गरे ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस