फूलको आँखामा
२० जेष्ठ २०६६
•
६ मिनेट पाठ
फूलको आँखामा
म गेटबाट भित्र छिर्दा ऊ आफ्नो स्वभावविपरीत वरन्डामा कुर्सीमा बसेर अखबार पढी पढेको अभिनय गरिरहेको थियो सायद । अभिनय, किनभने अखबार अगाडि भए पनि ऊ चोर आँखाले यता उता हेरिरहेको परैबाट थाहा हुन्थ्यो । वनस्पतिको बोली बुझ्न सके सधैा एका बिहानै पाउने पानी नपाउँदा गमलामा हुर्केका बिरुवाको पीडा थाहा पाउन सक्थेँ होला । किनभने उसको हातमा हुनुपर्ने पानीको पाइप चउरमा त्यसै फालिएको जो थियो ।




बिहानै उठेर फूलका बोटको तीर्खा मेटाउादै उसको दैनिकी सुरु हुन्थ्यो । पाइपको एक छेउको प्वालको धेरै जसो भाग बुढी औालाले थिचेपछि निस्कने पानीको मसिनो तर कडा सिर्काले हिर्काउादै उसले आफू वनस्पतिसाग वार्तालाप गर्ने गरेको बताउाथ्यो । फूलले पानी पाउँदा एक किसिमको लय उत्पन्न हुने दाबी उसको थियो । म केही नबोली उसको छेउमा बसेा । उसले मतिर हलुका मुस्कान फाल्यो र पढ्ने अभिनयमा तल्लीन भयो ।

मेरा आँखा गमला तिर गए । ऊ फूलको सौखिन थियो । लगभग साढे पाँच रोपनीमा फैलिएको फूलबारीको स्याहार आफैं गर्थ्यो । 'तिमी आफ्ना सन्तानलाई अर्कैको भरमा छाडेर बस्न सक्छौ र ? हामीले मालीको व्यवस्था गर्ने सुझाव दिँदा भन्ने गथ्र्यो । उसले पुलुक्क गमला तर्फ हेरेर मन्टोलाई पुन अखबारले ढाक्यो । मैले उसको आँखामा फूलप्रति उपेक्षा देखेँ । मैले अनुभव गरेको असजिलोपनलाई उसले थाहा पायो क्यारे, भन्यो - मलाई अब यिनीहरू प्रति विश्वास रहेन ।

मैले किन ? भनेर सोध्न नपाउादै फेरी भन्यो - बुझ्यौ मैले ठूलो धोका पाए नि । फूल भनेर स्याहारेको त काँडा पो परेछ । 'आज मैले नै रोपेको फूलले मलाई ओझेलमा पार्ने कोसिस गर्दै छ । त्यो बोट अजंगको भएर मलाई मात्र होइन मेरो घर समेतलाई छेक्ने प्रयासमा छ । के ठेगान अरु फूल अझ ठूलो रुखमा परिणत होउन् । अझ कहिले कहीँ त मैले स्याहारेका फूलहरू सबै क्याक्टस हुन कि जस्तो लाग्छ ।' 'ठीकै छ, यसबाट मलाई खासै फरक परेको छैन ।' तर यो भनाइलाई उसकै अनुहारमा देखिएका असीम पीडाका भावले साथ दिन मानेनन् ।'

'छिमेकीको फूललाई समेत मैले स्याहारेँ । तिमीलाई थाहा छ, त्यो आफ्नै बगैचाभित्र तिरस्कृत भइसकेको थियो । मैले ल्याएर मलजल गरे, हुर्काए अनि यही अहिले मलाई मात्र होइन मेरो घरलाई नै ढाक्न खोज्दै छ ।'

अखबारलाई अगाडिको टेबलमा फालेर ऊ टोलाउन थाल्यो । यसो गर्दा ऊ तिल चामल भइसकेको मुठे जुँगालाई दाहिने हातको बुढी औाला र चोर औंलाले बेला बेलामा मुसार्ने गथ्र्यो । सेतो कुर्ता र सुरुवालको पहिरनले उसको अनुहारको अँध्यारोलाई मेटाउन सकेको थिएन । अझ बेलाबेलामा आपना दुबै हातका औालालाई एकापसमा अल्झाएर टाउकोमाथिसम्म लैजाने गरेबाट पनि ऊ भित्रको बेचैनी थाहा हुन्थ्यो । एकै छिनको निस्तब्धतापछि उसको आवाज सुनियो - मेरो मन छिया छिया भएको छ ।
'यो ठूलै षडयन्त्र हो ।' उ अब आक्रोश पोख्न थाल्यो । 'तर थाहा छ यसमा त्यही छिमेकीको हात छ । म ऊसाग कहिल्यै नझुकेको परिणाम हो यो ।' पछिल्लो वाक्य उसले मेरो कानमा भनेको थियो ।

'तर म झुक्नेवाला होइन । आफ्नो आत्मसम्मानलाई धितो राख्न म सक्दिन ।'

'यो... यो मुलुक नै यस्तै हो बुझ्यौ । सतीले सरापेको के । यहाँ जितेकाभरी एमपीमै थन्किन्छन् अनी दुई ठाउँ हारेको भने पीएम बन्छ ।'

'म र मेरो परिवारलाई जानाजान उक्साउनका लागि यसो भएको हो । तर म यहाँको वातावरण खल्बल्याउन चाहन्न । हामीलाई बलजफ्ती शान्ती विरोधीको तक्मा भिराउन खोजिँदैछ, त्यो म किमार्थ हुन दिन्न ।' कुराकानीकै बीच उसकी पत्नीले ल्याएको चियाको अन्तिम घुट्को लिएर मैले कप टेबलमा राख्न नपाउँदै मलाई बिदा गर्ने शैलीमा उभियो ।

'केही दिन त आराम गर्ने सोच बनाएको छु, त्यसैले आगामी कार्यक्रमहरू तय भइसकेको छैन ।' मैले नसोधे पनि गेटको ढोका लगाउदै भनिरहेको थियो । फर्कने क्रममा मेरा आँखा तीर्खाएर ओइलाउन लागेका गमलामा परे । मैले फूलको आँखामा हेर्न सकेको भए त्यहाँका आँसु पनि देख्ने थिएँ कि?
अर्को समाचार
नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार : नेम्वाङ
११ जेष्ठ २०७५
•
४ मिनेट पाठ
नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार :  नेम्वाङ
काठमाडौं । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार......। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले यही चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै उत्कृष्ट रहेको धारणा व्यक्त गरे।




संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा शुक्रबार उनले भने, ‘सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष छ।’

पूर्वसभामुख समेत रहेका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको छ भने ।

उनले भने, ‘सरकारले नीति तथा कार्यक्रम मार्फत सपना देख्नु नराम्रो हो र? सपना देख्नु अचम्म हो र? बजेटले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउँछ, संविधान सबैका लागि स्वीकार्य भएको छ, संविधान सहमतिमा नै जारी भएको हो।’

सांसद नेम्वाङले साझा दस्तावेजका रुपमा संविधान आएको हो, समय सापेक्षा रुपमा संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ भन्ने हो। उनले सरकारले (सत्ता पक्ष)ले दम्भ गर्न नहुने चर्चा गर्दै सरकारको कुनै काममा दम्भ भन्दा हार्दिकता आउँछ, मिलेर नै लोकतन्त्रलाई संस्थागत विकास गर्ने हो भने।

सांसद नेम्वाङले प्रधानमन्त्रीले प्रतिपक्षीलाई मिलेर अगाडि बढ्न पटक/पटक आग्रह गरेको स्मरण गर्दै जनताको भावना, चाहना अनुसार मिलेर निर्वाचनमा बोलेका प्रतिबद्धता पूरा गरौं भने।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम सपनामा महल बनाउने खालको आएको टिप्पणी गर्दै भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, कृषि जलस्रोत जस्ता महत्वपूर्ण क्षेत्रमा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाए।

उनले ‘नेकाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने चर्चा गर्दै सरकार एकलौटी रुपमा चल्न लागेको छ भने।’

नेकपाका सांसद देव गुरुङ्ले समृद्ध नेपाल, सुखी नेपालको नारालाई सार्थक बनाउन नीति तथा कार्यक्रम आएको भन्दै अगामी बजेटमा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नुपर्छ भने।

सबै जिल्लालाई सडक सञ्जालले जोड्न ऊर्जा उत्पादन बढाउन, कृषि उत्पादनमा ध्यान दिन उनले सुझाव दिए।

राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले नीति तथा कार्यक्रम अति महत्वकांक्षी भएको, सपना बाँड्ने मात्र काम भएको टिप्पणी गर्दै राजनीति स्थिरता बिना विकास सम्भव छैन, यसैले संविधान संशोधन गर्न माग गरे।

उनले तराई/मधेश आन्दोलनका शहीद भएका परिवारलाई राहत दिने विषयमा नीति तथा कार्यक्रम मौन रहेको उल्लेख गर्दै जनसंख्या र भूगोलका आधारमा बजेट ल्याउनुपर्छ भने।

संघीय समाजवादी फोरम नेपालका सरिता गिरीले आर्थिक वृद्धिदर बढाउने खालका गतिविधि बढाउन र प्रशासन संयन्त्रलाई चुस्त बनाउन सुझाव दिए। नीति तथा कार्यक्रम माथिको छलफल जारी छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस