माओवादीलाई सत्ताबाट बाहिर राख्ने प्रयासमा भारतको सहयोग मिल्ला तर शान्ति प्रक्रियाका बाँकी काम सम्पादन गर्दा पनि उनीहरूलाई सत्ताको नेतृत्व नदिनु राष्ट्रघात हुनेछ।
संविधान सभाको म्याद थप्न गत शुक्रवार राति भएको सहमति सत्तारूढ दलहरू आफ्नो अडानमा कायमै रहेको यथार्थको पुनर्पुष्टी हो भन्ने प्रष्ट भैसकेको छ । प्रधानमन्त्री माधवकुमार नेपालले लडाकु समायोजनको विषय हल हुने, माओवादी अर्धसैनिक दस्ता वाईसीएल भंग हुने र कब्जा गरिएका सम्पत्ति फिर्ता हुने हो भने आफू राष्ट्रिय सहमतिको सरकारका लागि बाधक नबन्ने सधैँ दोहोर्याउँदै आएका थिए। शुक्रवारको सहमतिमा पनि त्यही छ। फरक यत्ति हो 'बाधक नबन्ने' को ठाउँमा 'राजीनामा गर्न तत्पर' रहेको भन्ने शब्दावली राखिएको छ। तर सहमतिको बुँदा नम्बर एकमा 'शान्ति प्रवि्र्कयालाई सार्थक निष्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी काम अविलम्ब सम्पादन गर्न' दृढता व्यक्त गरिएको छ।
ती काम 'अविलम्ब' पूरा हुने स्थिति नदेखिएमा प्रधानमन्त्रीले पनि 'अविलम्ब' राजीनामा गर्नुपर्ने देखिँदैन, जुन प्रधानमन्त्रीको पुरानै अडान हो। सहमति पत्रबाहिर भएको अनौपचारिक समझदारीले खासै अर्थ राख्दैन। अनौपचारिक सहमतिको अर्थ हुँदो हो त गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालबीच माओवादी लडाकु समायोजनको संख्याबारे भएको भनिएको समझदारीले पनि अर्थ राख्नु पर्थ्या। जे होस्, तीन बुँदे सहमतिबाट सत्तापक्षले जे चाहेको थियो, त्यो पायो। माओवादीले चाहिँ 'फेस सेभिंग'का लागि 'राजीनामा' शब्द र संविधानसभाको म्याद थपिएकोले नयाँ परिस्थितिमा नौलो ढंगले प्रस्तुत हुने समयबाहेक अरू केही नपाएको देखिन्छ। त्यति हुँदाहुँदै पनि सो सहमति माओवादीका लागि गुम्न आँटेको सफलता पुनः प्राप्त गर्ने नव यात्राको प्रस्थान विन्दु हुनसक्छ।
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) आफ्नो यात्राका पछिल्ला कयौं वर्षमा अहिले सबभन्दा न्यून विन्दुमा लडखडाई रहेको छ। सँधै माओवोदीले सबै पक्षलाई खेलाउँथे। यो पटक माओवादीलाई अरूले नराम्ररी खेलाइरहेका छन्। माओवादी नेताहरूले शुक्रबार राति अन्तिम घडीमा जे निर्णय लिए, त्यो नगरेको भए लडखडाई रहेका माओवादी संभवतः नराम्रैसँग पछारिने थिए। गत एक वर्षमा माओवादीहरू कति अकूटनीतिकरूपमा प्रस्तुत भए भने तिनले देशभित्र र बाहिर सबैलाई 'माओवादी विश्वास नै गर्न नसकिने पार्टी हो, यसले दिएको चकलेट खानैं हुँदैन, फसिहालिन्छ' भन्ने छाप गहिरोसँग छाडेका छन्। कूटनीतिक हिसाबले गत वर्ष माओवादीका लागि सबभन्दा विफल वर्ष रह्यो। तर चारैतिरबाट घेरिएको र चेपिएको यो अवस्थामा माओवादीले शुक्रबारको सहमतिलाई बलभन्दा बु्द्धिले अगाडि बढाउने संयम र विवेक देखाएका खण्डमा यसको दीर्घकालीन हित हुनसक्छ। अन्यथा अझैपनि आन्तरिक र बाह्य कुनै पनि परिस्थिति माओवादीका लागि अनुकूल छैन।
शुक्रबारको सहमतिबाट माओवादीले 'विदेशी प्रभु' को एउटा चाहानालाई टुक्य्राइदिएको छ। भारतसँगको सम्बन्धका हकमा तातात कुरा गर्नुभन्दा यस्ता बाठा काम गर्नु राम्रो भन्ने शिक्षा माओवादीले लिए उनीहरू र देश दुबैको भलो हुने थियो। बाहिर जेजस्ता कुरा आए पनि भारत माओवादीको वैधानिक शक्ति समाप्त पार्न संविधानसभाको विघटन नै चाहन्थ्यो। सो विधटन हुने बित्तिकै माओवादीले जनताले चुनेको सबभन्दा ठूलो दलका रूपमा आफूलाई प्रस्तुत गर्ने धरातल गुमाउने थियो। तर संविधान सभा विघटन गर्ने भारतको चाहनामा राष्ट्रपति यादव र सत्तारूढ दलहरू अनिच्छुक रहे। हुन, संविधानसभा विघटन हुँदा सबभन्दा बढी घाटा माओवादीलाई नै पर्छ र त्यसको फाइदा उठाउन सकिन्छ भन्ने सोच दलमा नभएको चाहिँ होइन। त्यसैले, ती दलहरू माओवादीले म्याद थप्न चाहे ठीकै छ, नत्र संविधान सभा भंग भए पनि केही फरक पर्दैन भन्ने सोचमा थिए। त्यसमा पनि, आफूहरूलाई भारतको समर्थन जारी नै रहने उनीहरूको विश्वास थियो। भारतको सहयोग निरन्तर जारी रहने दृढ आश्वासनका कारण नै प्रधानमन्त्री नेपाल आफ्नो अडानमा डेग नचलेका हुन्। नत्र राजनीतिक घटना भिन्न ढंगले अघि बढ्ने थिए। अब भारतको चाहना शान्ति प्रक्रियाका मुख्य संझौताहरूको कार्यान्वयन गराई माओवादीलाई गलाउनु हुनेछ।
त्यसबाट माओवादीले भारतविरूद्ध देखाइरहेको दम्भ भुत्ते हुने, भारतमा बढ्दोरूपमा सवि्र्कय हुँदै गएका माओवादीका लागि पनि शिक्षा हुने र आफ्नो अग्रसरता र सहयोगमा नेपालमा ल्याइएका परिवर्तन सम्पन्न हुने भारतको ठम्याइ हुनुपर्छ। तर सेना समायोजन, वाईसीएल विघटन र कब्जा गरिएका घरजग्गा फिर्ताका बारेमा माओवादी सहमत नै भए भने पनि भारतले नयाँ सरकारको नेतृत्व माओवादीको हातमा जाओस् भन्ने चहाने छैन। माओवादीलाई राम्रैसँग थला पार्ने र अझ सके त पार्टी नै फुटाइ दिने भारतको चाहना रहेको कतिपय जानिफकारहरूको विश्वास छ।
यस परिस्थितिमा माओवादीले दम्भ देखाएर, तर्साएर, बल प्रयोग गरेर केही हुनेवाला छैन। पुरानै शैलीमा 'विदेशी प्रभु', 'विदेशी दलाल', 'प्रतिक्रियावादी', 'यथास्थितिवादी' जस्ता शब्द भट्याउँदा त्यस्ता शब्दवलीमा ताली बजाउने जमातबाहेक अरूलाई त्यसले अर्थ राख्दैन। अबको परिस्थितिमा सफल हुन अत्यावश्यक आन्तरिक र बाह्य शक्तिका लागि भने त्यस्तो व्यवहार पाच्य हुने छैन। पुरानो आचरणलाई नबदल्ने हो भने माओवादीले अहिलेसम्म हासिल गरेको सफलता गुम्नेछ। उनीहरु थप कमजोर, अविश्वसनीय, आक्रोश र कटुतापूर्ण राजनीतिक दलका रूपमा स्थापित हुनेछन्। यस लेखकले युभन्दा अघिल्लो स्तम्भ, गरेर मर्ने कि लडेर मर्ने? (१० जेठ, २०६७)मा उल्लेख गरे झैं माओवादीको लागि अब सबभन्दा उपयुक्त बाटो कुशल कूटनीतिको प्रयोग र अहंमुक्त संझौता नै हो। त्यसबाट मात्र उनीहरू 'विदेशी प्रभु', 'विदेशी दलाल', 'प्रतिक्रियावादी', 'यथास्थितिवादी' माथि विजय हासिल गर्न सफल हुनेछन्।
यसर्थ, माओवादीले पछिल्लो तीन बुँदे सहमतिको पहिलो नम्बरमा रहेको 'शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन त्यस सम्बन्धमा बाँकी कामहरू अविलम्ब सम्पादन गर्न" अधिकतम लचक देखाउनु राम्रो हुन्छ। जसरी माओवादीले संविधान सभाको म्याद थप्दा एक कदम पछि हटेर दुई कदम अगाडि बढ्ने बाटो खोलेका छन् त्यसैगरी अब उनीहरूले दुई कदम पछि हटेर चार कदम अगाडि बढ्ने बाटो खोल्ने रणनीति अख्तियार गर्नुपर्छ। अर्थात्, माओवादीले टाढाको बृहत् उद्देश्यलाई हेर्नुपर्छ र सेना समायोजनको संख्या, वाईसीएल विघटन, सम्पत्ति फिर्ताजस्ता तपलसीलका विषयमा अल्झिएर बसिरहनु हुँदैन। त्यसले समय बर्बादमात्र गर्छ र माओवादीलाई थप कमजोरमात्र बनाउँछ। माओवादीले अधिकतम लचक देखाए भने तिनले भन्ने गरेका देशी, विदेशी 'प्रतिकृयावादी' पनि अप्ठेरोमा पर्नेछन्। शान्ति प्रक्रियाका त्यस्ता महत्वपूर्ण बुँदामा सम्झौता गरिसकेपछि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व माओवादीलाई नदिन गाह्रो हुन्छ। तर सत्ताधारी दलहरूले पनि विगतमा झैं गोलमटोल भाषामा सहमति गरेर काम छैन। त्यो समय सीमायुक्त र स्पष्ट हुनुपर्छ, नत्र माओवादीले पहिलेका संझौता कार्यान्वयन गर्छु भनेर नगरेजस्तै फेरि पनि मुखले ठिक्क पारिदिनेछन्। त्यसैगरी, माओवादी नेतृत्वमा आगामी सरकार बनाउने निर्णय गर्ने हो भने पनि, माओवादीले सहमति पालना नगरेको खण्डमा उनीहरूप्रतिको समर्थन फिर्ता लिइने सर्त भने राख्नैपर्छ।
माओवादीलाई गलाउने प्रयासमा सत्तारूढ दलहरूले उसलाई सरकारको नेतृत्व गर्नै नदिन तिकडम गर्ने र पुनः महिनौंसम्म झगडा गरिरहने हो भने चाहिँ शान्ति प्रक्रिया पुनः धरापमा पर्नेछ। माओवादीलाई सत्ताबाहिर राख्ने प्रयासमा भारतको सहयोग अवश्य मिल्ला तर अहिलेको परिस्थितिमा माओवादीले शान्ति प्रक्रियाका बाँकी काम सम्पादन गर्न सहमति जनाउँदा पनि उनीहरूलाई सत्ताको नेतृत्व नदिने हो भने त्यो राष्ट्रघात हुनेछ। त्यसले भारतको हस्तक्षेपकारी भूमिकालाई संस्थागत गर्न अझ मद्दत पुर्याउने छ। देशको माया र स्वाभिमान छ भने नेपाली काँग्रेस र एमालेले भन्न सक्नुपर्छः 'पहिले जे भयो, भयो, अब माओवादीले शान्ति प्रक्रियाका सर्त अविलम्ब पालना गरोस्, संसदमा सबभन्दा ठूलो दल भएका नाताले सरकारको नेतृत्व उसलाई सुम्पन हामीलाई कुनै आपत्ति छैन।'
तर विडम्बना, नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्न थालिसकेको छ। त्यसो त, भन्न पनि लाज लाग्नुपर्ने हो। प्रधानमन्त्रीको कुर्सी ठूलो कि शान्ति प्रक्रिया र संविधान लेखन ठूलो? देशको वर्तमान परिस्थितिमा माओवादी नेतृत्वमा राष्ट्रिय सरकार नबने शान्ति प्रक्रिया पूरा होला? भ्रमपूर्ण राजनीति गर्ने हो भने अर्को एक वर्ष पनि बित्थामा बित्नेछ। त्यतिबेला आउने परिस्थिति निश्चित्रूपमा अहिलेजस्तो सहज हुनेछैन। कुनै अनपेक्षित शक्तिको उदय हुनेछ या अनपेक्षित राजनीतिक समीकरण बन्नेछन् जसले देशको अशान्ति र अस्थिरतालाई दीर्घकालीनरूपमा लम्याइ दिनेछ। संविधानसभाको निर्वाचनपछि प्रमुख राजनीतिक दलहरू खासगरी माओवादीले देखाएजस्तो आचरण अब नदेखाउन्। कामना गरौँ, अर्को वर्ष देशले साँच्चिकै नयाँ नेपालको वास्तविक यात्रा प्रारम्भ गर्नेछ।
nitantabyaktigat@gmail.com