फुटबलबाट मनग्गे मनोरञ्जन लिन दर्शकले लात्ते विद्यामा साक्षर भइरहनु पर्दैन। हेर्ने आँखा भए पुग्छ। जब विश्वकप फुटबलको याम आयो, जगत्भरिका आँखा काँचका पर्दामा दक्षिण अफ्रिकातिर एकोहोरिए।
र, त्यो नयनसागरमा म पनि सामेल भएँ। साँझ पाँच बजे र आठ बजेको समय ठीकै हो। राति बाह्र बजेले भने पार्यो मलाई धर्मसंकटमा। नहेरुँ, यतिका वर्षपछि आएको मौका भुस हुने। हेरुँ, निद्रा नाश भएर शरीर लास्ट हुने। राति जब ब्राजिल पर्यो, निन्द्राको पर्बाह नगरी जाग्राम बस्न राजीखुसीले म विवश भएँ। फुटबल महात्म्यका महान् रचयिता पेलेको देश ब्राजिल। फुटबलको कौशलमा अमर कीर्तिगाथाको निर्माता देश ब्राजिल। खेलाडी कस्तो, पेलेजस्तो! खेल कस्तो, ब्राजिलको जस्तो! खेलाडी र खेल दुबैमा यसरी आदर्श दृष्टान्त बनेको ब्राजिलको खेल नहेरे पछि थक्कथक्कसिवाय हात लाग्ने केही होइन। तसर्थ निन्द्रालाई मारेरै भए पनि हेर्न मैले आँखा तिखारेँ।
मैदानमा ब्राजिलको प्रत्याशी थियो, उत्तर कोरिया। सोचेँ, क्या असमान जोडी हो यो! एउटा फुटबल कलाको नामुद उस्ताद, अर्को भर्खर बामे सर्दै गरेको सिकारु बालक। नाइन-इलेभेनको दारुण घटनापछि जुनियर जर्ज बुसले बडो निरङ्कुश मुद्रामा विश्वलाई दुई कित्तामा बाँडेथे। 'तिमी कि हामीसँग छौ कि उनीहरूसँग' - यी विश्वसम्राटको अति सरलीकृत र हदै हठाग्रही महावाणी यस्तो थियो। यिनले बीचमा कसैलाई पनि सास फेर्ने ठाउँ छाडेका थिएनन्। र, यिनले आफ्ना ज्यानी दुश्मनहरूलाई इङ्गित गर्दै 'दुष्टहरुको वृत्त' भन्ने कठोर पदावली रचेका थिए। त्यो वृत्तमा उत्तर कोरिया पनि परेको थियो। सञ्चारको बाढीले प्रक्षेपण गरेको सूचना-शंृखलामा उत्तर कोरियाको अनुहार खासै गतिलो छैन।
त्यहाँ अन्नको उत्पादनभन्दा हतियारको उत्पादन कता हो कता राम्रो छ। त्यहाँ अर्थ र यत्नको लगानी दर सामाजिक सेवामाभन्दा सामरिक संयन्त्रको निर्माणमा कता हो कता उच्च छ। त्यहाँका फौजले ट्यांक र मिसाइलको जंगलमाझ एक लय र एक तालमा मार्च पास गरेको देख्दा आँगै सिरिंग हुन्छ। हतियार र फौजको निर्माणमा तन, मन र धनले लागेको त्यस्तो देशका फुटबल खेलाडी के गतिला होलान् र! मेरो प्रारम्भिक र अनुमानित तर्कना यस्तो थियो। तर, मेरो तर्कनाले हावा खायो।
नपत्याउँदो उत्तर कोरियाले नामुद ब्राजिललाई हल्लायो। र, उसले दुई गोलको जबाफमा एक गोल ठोकेरै छाड्यो। कहाँको विशाल पर्वत ब्राजिल, कहाँको फुच्चे ढिस्को उत्तर कोरिया। तर, ढिस्कोले नचिताएको क्रीडाकौशल प्रदर्शन गर्दै आफूलाई उठायो र ऊ पर्वतको घाँटीघाँटी पुग्यो। खिरिला जीउ भएका उत्तर कोरियाली फुटबलबाजहरूको चालमा बिछट्टको तेज देखियो। तिनको संकल्प र मनोबल भयंकर दृष्टिगोचर भयो। तिनले 'सानो भनी नगर हेलाँ छेउको सियो माझैमा कोही बेला' भन्ने गीतको अर्थलाई बिरानो देशमा गएर साकार रूप दिए। र, मलाई लाग्यो, उत्तर कोरियाले बाजी मार्यो। जो कसैको गन्तीमा थिएन, उसले ब्राजिललाई एक गोल लाउनु विश्वकप जित्नुजस्तै हो। उत्तर कोरियाले बजायो! प्रगतिको मात्रामा विजयको अंश हुन्छ। जो आज बामे सर्छ, ऊ भोलि टुकुटुकु हिँड्छ। जो भोलि टुकुटुकु हिँड्छ, ऊ पर्सि बेतोडले दगुर्छ। जसले अविराम यत्न गर्छ, ऊ कुनै न कुनै दिन जीवनको देउरालीमा कसो नपुग्ला र? हेर्दाहेर्दै ख्यालख्यालमै उत्तर कोरियाले जीवनको देउरालीतिर कुच मार्यो।
उता उत्तर कोरिया विश्वकपमा त्यसरी शानका साथ हाजिर छ। यता हाम्रो नेपाल भने नुर गिरेको मुद्रामा सदाझैँ गयलको गयलै। कतै पुग्नलाई हिँड्नुमा जीवनको अर्थ छ। शिखर टेक्नलाई माथि उक्लिनुमा जीवनको महत्ता छ। ठेस लाग्ने डरले नहिँड्ने र लडिने डरले माथि नउक्लिने कहिल्यै कतै पुग्दैनन्। ती कुपमण्डुक बन्छन्। र, सानो कुपलाई ब्रम्हाण्ड ठानेर घमण्डी भ्यागुतो झैँ ती फुलिरहन्छन्। हिँड्नु र उक्लिनुको यात्रामा जोखिम हुन्छ। जोखिम उठाउने आँटमा जीवनको नयाँ क्षितिज उघार्ने दम हुन्छ। माओ प्रत्येक पराजयमा विजयको अंश देख्थे। र, एक न एक दिन पराजयको चाङमाथि विजयको झन्डा फहरिने छ भनी आफ्ना मुक्तिसेना र जनतालाई हौस्याउँथे। खाँटी कुरो यस्तो छ। तर, विश्वकपमा हाम्रो नेपाल छैन। तर्कनाको यो तरङ्गले मेरो मन भरङ्ग बनायो। र, ब्राजिलसँग हाक्काहाक्की आँखा जुधाएर उत्तर कोरियाले रचेको कीर्तिगाथा सम्झँदै म लमतन्न सुतेँ।
सपनामा जे देखेँ, उल्कै देखेँ। नेपाल विश्वकपमा सामेल भयो। क्याप्टेन थियो, मिस्टर जब्बरसिंह। पुन्टुरस नामक देशसँग नेपालको खेल सुरु भयो। खेल सुरु हुनु के थियो, खेल मैदानमा भद्रगोल आरम्भ भयो। नेपाली खेलाडीमा स्वभावतः क्रीडाकौशलको दुर्भीक्ष थियो। पेटले पुग्दो पुष्टकारी भोजन पाउनु छैन, शरीरले नित्य व्यायाम पाउनु छैन, क्रीडाको अभ्यास नाममात्रको छ, क्रीडाले पेट पाल्ने र भविष्य अजमाउने चानस छैन। न दाम छ, न नाम छ, न जयगान छ। अनि कसरी गतिलो होस् हाम्रो क्रीडाकर्मी? तर, मैदानमा उत्रेपछि पुच्छर टाँगामुनि छिराएर भाग्ने त कुरो भएन। त्यसैले नेपाली टिमले आफ्नो क्षमताको गच्छेअनुसारको कार्यनीति अपनायो। त्यो हो, बाहुबलले भिड्ने। नभन्दै ऊ भिड्यो। क्याप्टेन जब्बरसिंहले घुँडाले उताका क्याप्टेनको घुँडाको पाङ्ग्रो खुकुलिने गरी ढुसिङ दियो। र, ऊ रेडकार्डमा पर्यो। परेर के नापिन्छ, ऊ गोल काखीमुनि च्यापेर अवज्ञाको मुद्रामा छाती तन्काउँदै उभियो।
र, भन्यो - 'रेफ्री सर! जे देखिन्छ, त्यो सिकिन्छ। जे सिकिन्छ, त्यही गरिन्छ।' बबुरो रेफ्री सुनेर बिलखबन्द पर्यो। रेफ्रीको कठोर केरकारको उत्तरमा जब्बरसिंह बोल्यो - 'सर, हाम्रो देशमा चुनावमा रेडकार्ड पाउने मानिस माउ मन्त्री बन्या छ। तल रेड कार्ड, माथि पुरस्कार। हाम्रो नियम यस्तो छ। सर, आफ्नो रैथाने नियम मान्न हामी कटिबद्ध छौँ। अतः....'
खेल मैदानको दृश्यले दर्शकदीर्घामा कौतूहल, अन्योल र कोलाहल सिर्जना गर्यो। तल नेपाली टोली जसरी हुन्छ नतिजी मैदान नछाड्ने मुडमा थियो। माथि फिफागण हातपात रोक्ने उपाय खोज्न संकटकालीन बैठकमा जुट्यो। माथिबाट कूटनीतिक संकेत आयो, रेडकार्ड बदर भयो र खेल पुनः चालु भयो।
चालु हुनु के थियो, क्याप्टेन जब्बरसिंहले उल्टो पक्षको खेलाडीका गालामा दरो एक झापट दियो। रेफ्री जंगियो। अनि जब्बरसिंहले एकमुष्ट दुई थान रेडकार्ड पायो। तर, ऊ पाखा लागे त मार्दिनु। पूर्ववत् अड्डी लिँदै उसले भन्यो - 'रेफ्री सर, हाम्रो देशमा पाठो मन्त्री कर्मचारीलाई कुट्छ। डबल रेडकार्ड पाएको माउ मन्त्री कुट्नेलाई पुरस्कार दिन्छ, कुटिनेलाई दण्ड। अतः..' यति भनेर जब्बरसिंहले रेफ्रिलाई कुट्न हात उठायो। सेरोफेरोमा फेरि उही कौतूहल, अन्योल र कोलाहल व्याप्त भयो। जब्बरसिंहलाई घोत्रे्कठ्याक लाउन सुरक्षाकर्मीको झुप्पो तल झर्यो। तर, तिनको केही सीप लागेन। रक्तपातलाई टार्ने मनसुवाले फिफागणले पुनः खेल चालु गर्न आदेश दियो।
अब भने नेपाली टिम पूर्ण अराजकता साथ प्रस्तुत भयो। लातले पाए लातले, हातले पाए हातले, कुइनाले पाए कुइनाले, घुँडाले पाए घुँडाले - ऊ गोलमाथि आफ्ना सबै अंग-अवयव प्रयोग गर्न थाल्यो। रेफ्री बाघझैँ गर्जियो। प्रतिपक्षी टोलीले नाराबाजी गर्दै मैदान छाड्यो। र, ज्यान खतरामा परेको रेफ्रीले जसोतसो पेसागत धर्म निर्वाह गर्दै नेपाली टोलीलाई आजीवन अयोग्य घोषणा गर्यो। आखिर जब्बरसिंह समूह किन दब्थ्यो? भन्यो - 'सर, हाम्रो देशमा अयोग्यता नै योग्यता हो। हाम्रोमा हार्ने अयोग्य सत्तामा हाँसिरहेको छ, जित्ने योग्य सडकमा रोइरहेको छ। तसर्थ, सर, यो घोषणा हाम्रालागि अनुपम वरदानतुल्य छ। सरको सदा जय होस्।'
विश्वकप प्रदान गरिने दिव्य घडी जब आयो, जब्बरसिंह भीडलाई चिर्दै चमकदार कप ग्रहण गर्न अघि सर्यो। र, फेरि अन्योल, कोलाहल र हाहाकार व्याप्त भयो। फिफागणछेउ जब्बरले जिरह गर्यो - 'सर, हाम्रोमा जसले नियम तोड्छ, उसले जित्छ। खेलमा जसले हार्छ, आखिरमा जित उसैको हुन्छ। हाम्रोमा यो रीत छ त हाम्रालागि यहाँ यो लागू नहुने किन?' रक्तपातको डरले कप वितरण कार्य स्थगित भयो। र, एकादेशमा यस्ता खेलाडी थिए भनी गिनिज बुकमा नेपालको नाम अंकित भयो।
सपनाबाट जब ब्युँझेँ, म त्यसैत्यसै उदास भएँ।