भोकले पिल्सिएका अन्नदाता
१३ भदौ २०८१
•
४ मिनेट पाठ
भोकले पिल्सिएका अन्नदाता
प्राकृतिक स्रोत, सम्पदार जलाधारहरूबाट धनी छ हाम्रो देश। जहाँ सम्पूर्ण मानव जातिका लागि आवश्यक पर्ने जमिन, खानी र सिँचाइका लागि आवश्यक जलसमेत उपलब्ध छ। यी पर्याप्त स्रोतको उपयोगितासँगै हाम्रो जीवनको मुख्य आधार किसानमा गएर टुंगिन्छ। मानव जीवनका लागि आवश्यक वस्तु हो गाँस, बास र कपास। ती सबै प्राप्त गर्ने मुख्य आधार हो कृषि। कृषि र किसानबिना हाम्रो दिनचर्या कल्पनासम्म पनि गर्न सक्दैनौँ।




खेती, हिलो, आली, जोतारो, सोइला, पाटी, हरिस, लगुना, चरी, अनौ, करुवा, फाली, जोरमा जुवा, हल्लुड, फ्याउरी, पटाहा, गोरु, राँगा यी सबै हुने र गरिदिने सधैँ गरिब। उनीहरूलाई गरिब सोच्ने मानसिकताबाट माथि उठ्न नसकेको हाम्रो समाज। किसान सधैँ गरिब नै हुनुपर्छ। किसानका आङ नयाँ लुगाले ढाकिन हुन्न। मीठो मसिनोको स्वाद चाख्न हुन्न। गतिलो छानोमा ओत लाग्न हुन्न भन्ने सोच। अनि उल्टै किसानी पेसालाई तुच्छ मान्ने प्रवृत्ति।

सुकुमबासी, भूमिहीन, हली, हलिया, साहूको अधिया बट्टैया, ढेक्का गर्ने सबै गरिब नै हुन्छन्। अन्ततः त्यही गरिब नै किसान बनिदिन्छ।

२०२८ सालदेखि खोटाङमा बाजेले खेती गर्दै आएको साहूको जग्गा स्याहार्न थाले विष्णुबहादुर राई। मधेस झरेर २०६७ सालदेखि उनै साहूको खेती सपार्दै आएउनै विष्णु। धेरै वर्ष एउटै मान्छेलाई कमाइ गर्न दिँदा मोही लाग्ने डरले राईले जोत्दै आएको जमिन खोसियो। जुन जमिनको माटोलाई राईले रातदिन खेलाए। मलिलो बनाए। अहिले उनी त्यही जमिनबाट बेदखल भए।

हातका कर्म रेखाहरूअनौ समाउँदा समाउँदै मेटिए। थाकेको शरीरलाई ओताउन बनेको बाँसको झुपडीले राईभन्दा पहिले ओत खोजेको छ। यही वर्षको हुरीले घरको छानो उजाडियो। बाँस खिप्दै उनी सोध्छन्–यही बाँस खिप्दा खिप्दै मैले सपना खिप्न बिर्सेछु। भएको एउटा ओत लाग्ने झुपडी पनि उजाडियो। अब ओत कहाँ लाग्नु ? कमाउँदै आएको दुई बिघा जमिनबाट साहूले बेदखल गरे। उनी जमिनबाट बेदखल मात्र भएनन्। राईको जीविका पनि गुम्यो। अब उनीसँग पीडाबाहेक केही बाँकी छैन। कालो बादलझैँ मन पनि धमिलिएको छ, राईको। बादल मडारिँदा आकासतिर हेर्दै प्रार्थना गर्छन्। र, भन्छन्– ‘मैले मेरो जीवन सकिन लाग्दा पनि माटो छाडिन। आफ्नो अधिकार नहुँदा अरूको माटो स्याहारे। तर खेती गर्नबाट खोसियो।’ आकाशतिर हेर्छन्, मानौँ उनको त्यो आँसु केही समयपछि वर्षात् बनिदिन्छ। र, ओत खोज्दै भौतारिन्छ।

बेलबारी–५ का ५९ वर्षीय गडुवा सरदारको समस्या पनि उस्तै छ। २०१७ सालदेखि हजुरबुबाले, त्यसपछि बुबा बन्झरु सरदार र छोराले पनि त्यही जमिन जोत्दै आए। वर्षौँदेखि जमिन र माटोमा जीवन सके। तर जीवनस्तर उकासिएन। खेती गर्न लागेको खर्च कुनै वर्ष त उठाउन पनि मुस्किल पर्छ। खेती गर्न ब्याजमा ऋण उठाउँछन् गडुवा सरदार। यो वर्ष यस्तै भयो। अर्को सालको कमाइबाट रामै्र आम्दानी होला भन्ने सोचे। ऋण तिरौँला, महाजन खुसी पारौँला, छोराछोरीको पढाइ खर्च टारौँला भनी दिन/रात खटेका छन्। राई र सरदार जस्ता लाखौँ किसानको हालत उस्तै हो। माटो मलिलो बनाउँछन्। अन्न उब्जाउँछन्। तर उनीहरूसँग न जमिनको अधिकार छ न त विनातकलिफ खेती नै गर्न पाउँछन्।

संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत खाद्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हक हुनेछ भनिएको छ। तर जो जमिनमा श्रम गर्छ, ऊ भोको छ। उसको झुपडीमा अन्न छैन। आफ्नै जमिन छैन। त्यस्तै आवासको अकअन्तर्गत प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भनिएको छ तर विष्णु जस्ता हजारौँ भूमिहीन राईहरू ओतको अभावमा भौतारिएका छन्।

किसानको रगत र पसिनाले बिउ उम्रन्छ तर तिनै किसान ओठ र ओतका लागि भौतारिएका छन्। नेपालमा ६७ प्रतिशतभन्दा बढी जनता कृषि पेसामा संलग्न छन्। तर पनि वास्तविक किसानले व्यवसाय सञ्चालन गर्न खोज्दा सहुलियत कर्जासमेत पाउँदैनन्। स्थानीय सरकारबाट प्राप्त प्राविधिक सेवा तथा प्रविधिहरू पुग्नुपर्ने किसानसम्म पुग्न सक्दैनन्। मल, बिउविजन र सिँचाइको अवस्था अत्यन्तै नाजुक छ। अझै जमिनको लालपुर्जा नहुने किसानले राज्यबाट पाउनुपर्ने कुनै सेवा र सुविधा पाउँदैनन्।

मोरङ बेलबारी–५ का ६६ वर्षीय जीतबहादुर तामाङ भन्छन्– ‘हवाईजहाजमा आकाशको बाटो हिँड्ने मालिकलाई के थाहा बाली कसरी हरियो भयो भनेर ? त्यो बालि हरियो बनाउँदा मेरो शरीरको रगत पसिना मिसिएको छ। त्यसैले त्यो खेत र बाली दुवै मेरा प्राण हुन्।’ जीतबहादुर जस्तै किसानको रगत पसिनाले सिँचित गरेर उब्जाएको उत्पादनले मालिकको भान्छा बसाउँछ। तर तिनै किसानहरूको पेट भने भोकले गड्गडाएको पत्तो कसले पाउने?

किसान नै हो माटो मलिलो बनाउने। जीवजन्तुको रक्षा गर्ने। सारा मानवपाल्ने। तर आज तिनै किसान भोको छन्। ओत लाग्ने गतिलो छाप्रो छैन। तिनै किसानले जल, जङ्गल, जमिन जोगाएका छन्। उत्पादन बढाएका छन्। तर यहाँ उत्पादन गर्ने किसानसँग जमिन छैन, भएका जमिन सबै भूमाफिया र बिचौलियाको हातमा पुगेको छ।

किसान अन्नदाता हुन्। मानो रोपेर मुरी फलाउँछन्। हामी एकदिन त के एकछिन पनि भोको बस्ने कल्पना गर्न सक्दैनौँ। तर आज तिनै किसान भोको पेटमा पटुकी कसेर उत्पादन गर्छन्। तर आफू भोको हुन्छन्। राज्यले पनि किसानको हितका लागि खासै नीति तथा कार्यक्रम ल्याउन नसकेकै हो। जसका कारण आज पनि किसानहरू उत्पादन गर्दागर्दै पनि आफैँ भोकै मर्न विवश छन्। आफूले जोतेको जमिनबाट बेदखल भैरहेका छन्। विडम्बना, तर राज्य भने यो वास्तविकताबाट बेखबर छ। आखिर कहिलेसम्म ?
अर्को समाचार
पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात
०७ साउन २०८१
•
२ मिनेट पाठ
पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ। यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो।




प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ।

सोही अवधिमा काँकडभिट्टा नाका भएर १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए। गत आवको आयातको तुलनामा आव २०८०८१ मा चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो।

निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत छन्। चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ। चिराइतो भने भारत र बङ्गलादेश दुबै मुलुकमा निर्यात हुने गर्छ।

आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिए। काँकडभिट्टा नाका भएर आयात हुने खाद्य वस्तुमा मकै, फापर, कोदो रहेको छ।

यस नाकाबाट उक्त अवधिमा जम्मा  ९१ करोड ५६ लाख ८१ हजार मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ। आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै छ।

कार्यालयको तथ्याङ्क अनुसार  चार अर्ब, ८७ करोड ६५ लाख १५ हजारको ताजा फलफूल चार अर्ब ५६ करोड २३ लाख ८० हजारको ताजा तरकारी एक वर्षमा आयात भएको छ।

निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ। धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड भारत निर्यात हुने गरेको छ। भारतबाहेकका मुलुकमा निर्यात थोरै छ।-रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस