विकल्प खोज्नेको विकल्प
०४ वैशाख २०८२
•
४ मिनेट पाठ
विकल्प खोज्नेको विकल्प
व्यवस्था काम नलाग्ने भएको हो कि व्यवस्था हाक्ने पात्रकै शैलीमा खोट भन्ने सवालमा निकै गम्भीर भएर समीक्षा गर्नुपर्ने अहिलेको आवश्यकता बन्दैछ। गणतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनुपर्छ भन्नेहरूको जमातले समाजमा खैलाबैला मच्चाइरहेको छ।




राजतन्त्रका पक्षमा राप्रापालगायतका केही दल जो यही गणतन्त्रभित्रको व्यवस्थाबाट सांसद भएका, मन्त्री पनि भइसकेकाहरू यो व्यवस्थाको आयु सकियो भनेर आमनागरिकलाई निराश पारिरहेका छन्। यो अहिलेको व्यवस्था कसरी आयो? राजाको शासन कसरी गयो ? त्यससमयको परिवेश र अहिलेको परिवेशमा के भिन्नता छ? यी कुरामा समीक्षा नगरी आन्दोलनको नाममा दुई चार हजार भिड जम्मा गरेर कसरी व्यवस्था परिवर्तन होला?

विगत कस्तो थियो?

तत्कालीन राजसंस्थाको अन्त्यकसरी भयो ? यसतर्फ हेरौँ। २०६२/६३ को जनआन्दोलन सशस्त्र युद्धको आडमा चल्यो। शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारलाई राजा ज्ञानेन्द्रले अपदस्त गरे। संसद् भंग गरे। राजनीतिक दललाई निषेध गरे। राजा ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे।

सबै अधिकार आफ्नै हातमा लिएर बहुदलीय व्यवस्थामा दल निषेध राजनीतिको अभ्यासमा तत्कालीन राजा ज्ञानेन्द्र लागे। यता माओवादी युद्ध चरम उत्कर्षमा थियो। आमनागरिक युद्ध अन्त्य होस् र शान्ति आओस् भन्ने पक्षमा थिए। त्यही समयमा तत्कालीन राजाले लोकतन्त्रको हत्या गरी सबै शक्ति आफूमा केन्द्रित गरेपछि त्यसबेलाका प्रमुख राजनीतिक दलहरू पनि राजासँग चिढिए।

जसका कारण जनआन्दोलन जन्मियो। तत्कालीन सात राजनीतिक दल र माओवादीबिच भएको सहमतिबाट जन्मिएको जनआन्दोलनले राजा ज्ञानेन्द्रलाई घुँडा टेकाएको थियो। दल जति सिंगै एकापट्टि र राजा एक्लै भए पनि राजाले बाध्य भएर संसद् ब्युँताउने र मुर्छित तुल्याएको लोकतन्त्र दलको जिम्मा लगाउन बाध्यकारी अवस्था सिर्जना भएको थियो। यसरी जनआन्दोलन सफल भई संविधान सभाबाट नेपालको संविधान निर्माणको आधार तयार भएको थियो।

अहिले छरिएको भ्रम के हो?

राजावादी भनिनेहरू नै एक ठाउँमा छैनन्। एकले अर्काको नेतृत्व स्वीकार नगरेको ताजै छ। हल्ला र भिड देखाएर व्यवस्था बदल्छु भन्दै हिँडेका विवादास्पद व्यापारी दुर्गा प्रसाईलाई कमान्डर बनाएर आन्दोलन गर्दा दुई जनाको ज्यान गयो। निजी सम्पत्ति नोक्सान भयो। आन्दोलनमा घाइते भए तर त्यसको जिम्मा न राजा हुन खोज्नेले लिए न आन्दोलनका कमान्डरले लिए। न धर्म संस्कृति बचाउ अभियानले लियो न गणतन्त्रको नून खाएर राजतन्त्रको वकालत गर्नेहरूले नै लिए। मृतकका परिवारलाई भेटेर सान्त्वना दिनुको कुनै अर्थ छैन।

जनतालाई जे भने पनि पत्याउँछन् भन्ने भ्रमको खेतीले पनि अहिलेको अवस्था सिर्जना भएको हो। यो आन्दोलन कुनै व्यवस्था बदल्नका लागि हैन। दललाई निषेध गरेर जाने भिडको हल्ला मात्रै हो। दलका विरुद्ध दलले आन्दोलन गरेर कहीँ व्यवस्था बदलिएको अभ्यास छैन। राजाले दल खोलेर चुनाव लडेर पुनः राजा भएको इतिहास दुनियामा छैन। अलिक धेरै जनमत ल्याउनेहरू सरकारमा छन्। थोरै जनमत ल्याउनेहरू सडकमा छन्। उनीहरू व्यवस्था ठीक छैन भन्छन्।

यसरी हावादारी हल्ला मच्चाएर आफूलाई कमजोर बनाउनुभन्दा गणतन्त्रको विकल्प खोज्नुका आधार के हुन? योभन्दा उन्नत व्यवस्था कुन हो ? त्यो उन्नत व्यवस्थाभित्र भुइँ मान्छेका दुःख कसरी सम्बोधन हुन्छन्? मुलुकमा संस्थागत बन्दै गएको भ्रष्टाचारको अन्त्य कसरी हुन्छ? भ्रष्टाचार गर्नेहरूलाई संरक्षण नहुने नीति कसरी बन्छ? शिक्षा स्वास्थ्यमा भएको चरम राजनीति कसरी अन्त्य हुन्छ? कम्तीमा राज्यले दिन सक्ने सेवालाई जनमुखी कसरी बनाउने? जस्ता विषयबारे ठोस भिजन र आधार लिएर जनताका माझ जाने र जनमतबाट सत्तामा बहुमत प्राप्त भयो भने आफूले चाहेजस्तो विकासका लागि संविधान संशोधन गर्ने र समृद्धिका लागि मुलुकलाई अगाडि बढाउने हो। तर कुनै आधार नै नभई सडकमा कार्यकर्ताको भिडमा हल्ला गरेर राजा आऊ देश बचाऊ भन्दै हिँड्नु भनेको बचेखुचेको जनविश्वास पनि गुमाउँदै जानेबाहेक केही पनि हैन।

अब के गर्ने?

अहिलेको संविधानले राजसंस्थालाई चिन्दैन। राप्रपालगायतका दलले गणतन्त्रभित्रैको व्यवस्थाबाट केही सिट जितेर संसद्मा उपस्थिति जनाएका छन्। साँच्चै राजा हुन कसैको रहर पूरा गरिदिने हो भने सांसद पदबाट राजीनामा दिएर ७७ वटै जिल्लाबाट आन्दोलनको आँधीबेहरी ल्याउने हैसियत देखाउन सक्नुपर्छ। दलका विरुद्धमा हैन, अन्य दललाई पनि साथमा ल्याउनुपर्छ। नत्र जनतामा राजसंस्थाको भ्रम छर्नुको कुनै तुक छैन।

गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन। बरु यही व्यवस्थाभित्र पात्र परिवर्तन गर्ने, गलत गर्ने शक्तिलाई चुनावबाट पाखा लगाउने अनि सत्तामा बसेर जनमुखी काम गर्दा जनताले पत्याउने बाटो बन्छ। जो आए पनि गर्ने भनेको जनताका लागि विकास र समृद्धि हो। रोजगारी हो, शिक्षार स्वास्थ्य निःशुल्क गर्ने हो। आफ्नो व्यापार व्यवसाय निर्वाध चलाउन पाउनु हो। तर यहाँ दलको भिजन बन्द भएको छ।

जनविश्वास भएका दल पनि सत्ताको मातमा छन्। व्यक्तिको पछि लागेर महिनौँ संसद्मा दोहोरी चलाउने अभ्यासलाई महत्त्व दिने गर्छन्। एकले अर्काको विरोध गर्नु परेमा महिनौँ संसद्लाई बन्दी बनाउने गलत अभ्यास दलहरूले अपनाएका छन्। यी र यस्ता कुरा त्यागी मुलुकलाई विकासको मार्गमा लैजाने ठोस भिजनको आवश्यकता प्रमुख दलहरूले ठान्ने हो भने गुम्दै गएको जनभरोसा जोगिन सक्छ।  
अर्को समाचार
रौतहट बमकाण्डका पाठ
३२ असार २०८२
•
५ मिनेट पाठ
रौतहट बमकाण्डका पाठ
‘त्यागबन्द अर्थात् डिस्क्लेमर’ - यो आलेखमा उठान गरिएका सैद्धान्तिक विषयको पुष्टिका लागि सार्वजनिक भइसकेका तथ्य र घटनामा आधारित व्यक्तिका नाम उल्लेख गरिएबाहेक कुनै व्यक्ति विरुद्ध लक्षित छैन।




पहिलो संविधान सभाचुनावको अघिल्लो रात २०६४ चैत २७ गते नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद आफ्ताब आलमको चुनावी क्षेत्र रौतहटमा बम पड्कँदा केही मान्छे मरे र केही गम्भीर घाइते भए। शारीरिक बल प्रयोग गरी आफ्नो क्षेत्रमा संसदीय चुनाव जित्ने आलम परिवारको लामै इतिहास थियो। त्यसका लागि बुथ क्याप्चर गर्ने र मतदातामाझ कृत्रिमआतंक सिर्जना गर्ने कार्य आवश्यक हुन्थ्यो।

सम्भवतः त्यसै प्रयोजनका लागि भारतबाट उनले ल्याएका बम बनाउने मजदुर गाउँकै कुनै घरमा हाते बम बनाइरहेका थिए– जहाँ त्यो दुर्घटना भयो। आलम र उसका सहयोगीहरूले चुनाव पनि नबिथालियोस् र प्रहरीको कारबाहीबाट पनि बचियोस् भनेर त्यसपछि घटनालाई गुपचुप राखी फासफुस पार्ने योजना बनाए। त्यसका लागि पछि अपराधको साक्षी हुनसक्ने थुप्रै मजदुरलाई उनीहरूले आफ्नै इँटा भट्टाको आगोमा हालेर खरानी बनाइदिए।

यो जघन्य अपराध विभिन्न माध्यमबाट सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्‍यो। जसमा पटक पटक मन्त्री र सांसद भैसकेका र प्रतिनिधिसभा सदस्य कायमै रहेका आलमलगायतका चार जना अरू दोषी ठहरिए। जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले २०८१ वैशाखमा उनीहरूलाई जन्म कैदको फैसला सुनायो। त्यसपछि नक्खु जेल चलान भएका आलमको सांसद पद पनि अहिले निलम्बनमा छ।

आलमहरू पुनरावेदन जानु अस्वाभाविक थिएन तर अस्वाभाविक चाहिँ के भयो भने उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको फैसलालाई ‘प्रमाण नपुगेको’ भनेर उल्टायो। सारा देशलाई आश्चर्यचकित र दुःखी तुल्याउँदै आलमहरूले सफाइ पाए। यतिखेर त्यस्तोे फैसला गर्ने दुबै न्यायाधीशलाई झिकाएर छानबिन गर्दैछ– न्याय परिषद्ले।

हालको स्थिति

यता उच्च अदालतको सो विवादास्पद फैसलाको पूर्ण पाठ प्राप्त भएसँगै महान्यायाधिवक्ताको कार्यालयले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन जाने निर्णय गरेका समाचारहरू आएका छन्।

यतिखेर आलमको दल नेपाली कांग्रेस गठबन्धन सरकारको प्रमुख र शक्तिशाली घटक रहे तापनि अब एकाध दिनभित्रै पुनरावेदन दर्ता हुँदैछ। अपवादबाहेक कुनै कांग्रेसीले पनि सरकारी वकिलले यसो गर्नु हुँदैन भनेका छैनन्। न शक्तिशाली नेताहरू कसैले त्यसो गर्न दबाब दिएका कुनै समाचार बाहिर आएकाे छ।

धेरै कांग्रेस समर्थकले सर्वोच्चमा पुनरावेदन गर्ने कुराको समर्थन नै गरेका छन्। गम्भीर फौजदारी कसुरमा पक्राउ परी अनुसन्धान गर्दा दोषी देखिएका कतिपय आरोपितका हकमा मुद्दा नचलाउने निर्णय गर्ने र अभियोजन गर्नैपर्ने स्थिति आए मुद्दा कमजोर पार्ने काममा सरकारी वकिल प्रयोग हुने गरेका छन् सत्तारुढ दलहरूबाट।

कांग्रेस–एमाले दुवै यसरी राजनीतिक अपराधीकरणको मामलामा बदनाम छन्। त्यसैले यो मुद्दाका हकमा कांग्रेस एमाले दुवै धन्यवादका पात्र हुन पुगेका छन्। अब यी दुई दल, त्यसमा पनि खासगरी कांग्रेसले यसलाई नजीर नै बनाउने गरी एउटा ‘टर्निङ प्वाइन्ट’ किन नबनाउने ? त्यसमा छलफल गरौं।

टर्निङ प्वाइन्ट

आलम प्रभृतिका उम्मेदवारले चुनाव जित्ने नै भए पनि वा तत्काल आलमलाई चुनावमा टिकट दिन बाधा नपर्ने स्थिति भए पनि अबको चुनावमा उनीहरूलाई पार्टीले टिकट नदेओस्। त्यसो किन पनि भने यो नैतिक कुरा मात्र होइन। आतंक, शारीरिक बल र डनगिरीका भरमा चुनाव जित्ने नेता पार्टीका लागि पनि पुँजी हुँदैन, हुन सक्दैन। सचेत जनता, सशक्त मिडिया र जीवन्त नागरिक समाज भएको लोकतन्त्रमा त्यस्तो नेता कार्यकर्ता अहिले तत्काललाई नभए पनि पछि गएर पार्टीका लागि ठूलो दायित्व हुन्छ, बोझ हुन्छ। उसँग जोडिँदा सिंगो पार्टी वर्तमानमा अलोकप्रिय र इतिहासमा कलंकित हुन्छ।

इतिहासको कुरा छाडेर तत्कालको चुनावी लाभहानिकै कुरा गर्दा पनि त्यस्ता उम्मेदवारलाई टिकट दिँदा प्रत्यक्ष निर्वाचनतर्फ एक–दुई सिटको फाइदा त होला पार्टीलाई तर त्यस्ताको उम्मेदवारीकै कारण समानुपातिकतर्फ मत घटेर त्योभन्दा धेरै सिटसंख्या पार्टीले गुमाउने संभावना छ। के कांग्रेस–एमालेका नेताले मिहिन रूपमा यो कुरा केलाउने, विश्लेषण गर्ने, चिन्तन गर्ने गरेका छन्, कहिल्यै? अनुसन्धान गरेका छन् कहिल्यै? के उनीहरू लगायतका राजनीतिक दल र नेताप्रति जनतामा व्याप्त निराशा, असन्तुष्टि र आक्रोशको एउटा प्रमुख कारण यस्तै पात्र होइनन् र? त्यसैले कांग्रेस विपी, सुवर्ण, गणेशमान र किसुनजीको विरासत दाबी गर्ने पार्टी हो भने ऊ गौरीशंकर रामको पार्टी पनि बनोस्। जो राम त्यो क्रुर अपराधमा मुस्किलले बाँच्न सफल अपराधको ज्युँदा प्रमाण हुन्; जो देख्दै डरलाग्ने शरीर र मुहार लिएर बाँच्न बाध्य छन्।

लोकतन्त्रलाई स्वच्छ बनाऔं

चुनावी लाभहानिको कुरा मात्र होइन। भोलि सर्वोच्च अदालतबाट उच्चअदालतको फैसला उल्टाउँदै जिल्ला अदालतको पैmसलालाई कार्यान्वयन गर्ने आदेश आयो भने कांग्रेसले उसलाई चुनावको टिकट दिएका छैनौं त भनेर मात्र पुग्दैन; उसलाई साधारण सदस्यसमेत नरहने गरी सदस्यता खारेज गर्नुपर्छ। उसलाई मात्र होइन, हत्याहिंसा, आतंकवाद, बलात्कार र भ्रष्टाचार जस्ता गम्भीर फौजदारी अभियोगमा प्रमाणित भई अदालतबाट दण्डित भइसकेका अरूसँग पनि पार्टीले त्यसै गरी नाता तोड्नुपर्छ। पार्टी शुद्धीकरणको काम सुरु गर्नुपर्छ। अनि आलम र यो मुद्दाको मात्र कुरा पनि होइन। गम्भीर फौजदारी अभियोगमा अदालतमा चलिरहेका तर टुंगिन बाँकी मुद्दाका अभियुक्तलाई पनि कानुनले उम्मेदवार हुन रोकेको अवस्था छैन त भन्दै चुनावको टिकट दिनुहुँदैन। भोलि मुद्दा जिते भने ससम्मान टिकट दिए भैगो नि तर मुद्दा चलिरहेकै अवस्थामा उसलाई निर्दोष भन्ने, झुट्टा मुद्दा लगाएको भन्ने, प्रतिशोध साधेको भन्ने जस्ता कुतर्क गर्दै बचाउ गर्ने कोसिस गर्नु हुँदैन। गरे पार्टीको लोकप्रियता झन् तीव्र बेगमा ओरालो लाग्नेछ।

उसै पनि अहिलेको निर्वाचन प्रणालीले गर्दा कुनै दलको पनि पूर्ण बहुमत आउँदैन भनेर त ठूला नेताहरू आफैं भनिरहेका छन्। जुन यथार्थ पनि हो। यस्तोमा बदनाम उम्मेदवारलाई टिकट नदिएकै कारण ८८ सीट आउनेमा ८४–८५ मात्र आयो भने पनि त्यसले पार्टीको संसदीय शक्तिमा तात्त्विक परिवर्तन आउने पनि होइन। उनीहरू टिकट नपाएर रिसाएछन् र अर्को पार्टी, त्यसमा पनि प्रतिस्पर्धी दलको सदस्यता वा अझ टिकट लिन गएछन् भने पनि सुर्ता गर्नुपर्ने केही छैन। दीर्घकालमा त्यसबाट उसलाई भित्र्याउने त्यही पार्टीलाई घाटा हुन्छ।

चुनावका दौरान पनि त्यो कुरालाई कांग्रेसले विपक्षीविरुद्धको कार्डको रूपमा प्रयोग गर्दै चुनाव अभियान सञ्चालन गर्न सक्छ। त्यसलाई आफ्नो छवि उजिल्याउने कार्यमा प्रयोग गर्नसक्छ। यसो भए अरू दलमाथि पनि दबाब पर्नेछ, दललाई अपराध र अपराधीहरूबाट आफूलाई टाढा राख्नका लागि। जसबाट देशकै राजनीति स्वच्छतातर्फ उन्मुख भई जनमनमा रहेको निराशा र राजनीतिक वितृष्णामा ‘व्याक गियर’ लाग्न सक्नेछ। कांग्रेसले बुझ्नु र भन्नुपर्‍यो यतिका उपलब्धि ठुलो कि संसद्का एकाध सिट?
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस