अबको निकास
१२ साउन २०६७
•
१० मिनेट पाठ
अबको निकास
दुई चरणसम्म असफल भइसकेको यही संसद्ले साउन १७ गते नयाँ प्रधानमन्त्री छान्ला भनेर मान्ने आधार छैन। माओवादी र मधेसवादीबीच अस्वाभाविकरूपमा बढ्दै गएको हिमचिमले आकार लियो भने मुलुकका लागि दुर्भाग्यपूर्ण हुनेछ।
त्यसबाट नेकपा (एमाले), नेपाली कांग्रेसजस्ता मुख्य शक्तिलाई ‘जसरी पनि सरकार बनाएर देखाइदिने' माओवादी हठ त पूरा होला तर मुुलुकमा शान्ति प्रक्रिया र संविधान लेखन अधुरो रहनुका साथै राष्ट्रिय अखण्डतामाथि नै संकट पर्नेछ। एक पार्टीविरुद्ध अर्को पार्टीलाई र पाटीभित्र एक नेताविरुद्ध अर्कालाई उपयोग गर्ने बानी परेको माओवादीका लागि कुन पवित्र र कुन अपवित्र भन्ने भेद छैन।

आफूलाई मन पर्दा माधवकुमार नेपाललाई संविधानसभामा ल्याउन लिखित प्रस्ताव गरेर लबिङ गर्ने माओवादी मन नपर्दा उनलाई ‘कठपुतली' भन्न पनि लाज मान्दैन। प्रधानसेनापति प्रकरणमा ‘धोका दिने' आरोप लागेका झलनाथ खनाललाई उधारो समर्थनको आश्वासन दिएर एमालेभित्र रडाको मच्चाउन पनि उसलाई संकोच लाग्दैन।
माओवादीले चौध महिनादेखि वर्तमान सरकारलाई ‘रिमोट कन्ट्रोलबाट चलेको' आरोप लगाउँदै ‘दक्षिणपन्थी गठबन्धन' को संज्ञा दिँदै आएको छ। तर, अहिले अरूलाई माथ गर्दै दक्षिणतिरै मुख फर्केका भनेर चिनिने मधेसी पार्टीसँग सबभन्दा बढी हिमचिम उसैको देखिएको छ। राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने फोहोरी सूत्रको नेपालमा सफल प्रयोग माओवादीले गरिरहेको छ।

अहिले माओवादीका खल्तीमा एकसाथ चार कार्ड छन्। पहिलो, मधेवादीसँग मिल्नुपर्दा उसले सहजै भन्छ- ‘हामी त नयाँ शक्ति हौँ अर्थात् संघीयता, गणतन्त्र हामीले ल्याएका हौँ।' दोस्रो, एमालेलाई साथमा लिन सजिलै ‘वामपन्थी गठबन्धन' को सूत्र अगाडि सार्दै संविधानसभामा रहेको ६२ प्रतिशत वामपन्थी जनमतको दुहाइ दिन्छ। तेस्रो, यतिबेला नै कमल थापाको ढोकामा पुगेर उसले ‘राष्ट्रवादी एकता' को नारा अघि सारिरहेको छ। चौथो, कथम् कांग्रेससँग सहमति गर्नुपर्‍यो भने उसले कत्ति पनि विलम्ब नगरी ‘शान्ति प्रक्रिया तपाईं र हामी मिलेर अघि बढाएका हौँ, अरू त किनाराका साक्षीमात्र हुन्' भन्नेछ। अर्थात् कसलाई के भनेर उपयोग गर्ने हो माओवादी तयारी अवस्थामा छ। तर, अब मुलुकलाई प्रयोगशाला बन्नबाट रोक्नुपर्छ।

सामान्य र दुई तिहाई दुबै बहुमतका सरकारको अभ्यास मुलुकले बेहोरिसकेको छ। बाध्यात्मक अवस्थामा एमालेले अघि सारेको दुई तिहाई बहुमतको नाराले पनि शान्ति प्रक्रियाको पूर्णता र संविधान लेखनलाई सुनिश्चित् गर्न सक्दैन। माओवादी, कांग्रेस र एमालेबीचको एकता अनि मधेसी दलहरूको समर्थनबिना शान्ति प्रक्रिया र संविधान लेखनको पूरा हुँदैन। शान्ति प्रक्रिया र संविधान लेखनको पूर्वसर्तका रूपमा सरकार निर्माणलाई नै अघि सार्ने हो भने पनि अब त्यसमा खुला बहस हुन जरुरी छ।

संविधान सभाको निर्वाचनपछि माओवादी नेतृत्वमा सरकार बनेकै हो। माओवादीको नेतृत्वमा सरकार बन्दा न चमत्कार नै हुन्छ न त आकाशै खस्छ। तर, त्यसका लागि पनि शान्ति प्रक्रिया र संविधान निर्माणसित जोडिएका प्रश्नमा राजनीतिक तहमा समझदारी त हुनु पर्‍यो। दुई तिहाईले मात्रै यी विषय पूरा हुने भए त पुष्पकमल दाहालले चौध महिनाअघि नै आफ्नो नौ महिने कार्यकालमा सबै समस्या समाधान गरिसक्ने थिए। राजनीतिमा सधैँ गणितले मात्र काम गर्न नसक्ने उदाहारण हामीले देखिसकेका छौँ।

एकले अर्कालाई ‘देखाइदिने' हठका साथ अघि बढ्ने हो भने कुनै न कुनै दिन कुनै न कुनै किसिमको सरकार त बन्ला तर त्यसले सममाधान नदिएर समस्या थोपर्नेछ र मुख्य दलका बीचमा दूरी बढाउनेछ। अझ माओवादी र मधेसी दलका बीचमा मात्रै सहमति हुने हो भने त त्यो देशका लागि सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ। हाम्रो राष्ट्रियतामाथि जहा"बाट बढी खतरा छ भनिन्छ, त्यसका लागि यसभन्दा अनुकूल गठबन्धन अर्को हुनै सक्दैन।

किनभने, बाहिर राष्ट्रवादको खोक्रो नारा जति ठूलो स्वरमा उराले पनि दसमध्ये साढे आठ वर्ष माओवादी नेतृत्व आरामसँग बसेको शक्तिविरुद्ध कदापि उभिन सक्नेछैन। प्रधानमन्त्री हुनका लागि सात पटक दूतावास धाउने, मालिकसँग सीधै वार्ता गर्न सिंगापुरदेखि लन्डनसम्म भौँतारिने नेतृत्वबाट मुलुकको राष्ट्रियता संरक्षण होला भन्ने आशा गर्नै सकिन्न। मधेसी दलका बारेमा धेरै भन्नु आवश्यक छैन। तिनको जन्म, विकास र सैद्धान्तिक धरातल निर्माण कसरी भयो भन्ने छर्लंगै छ। कथित स्वायत्त मधेस प्रदेशको नारालाई सहजरूपमा लिइयो भने राष्ट्रका लागि ठूलो धोका हुनेछ। अहिले समयमै सचेत भएनन् भने कांग्रेस-एमालेले भोलि केही गर्ने राजनीतिक वैधता पनि गुमाउनेछन्।

प्रधानमन्त्री छान्ने संसदीय प्रक्रिया ‘सिसिफस' को कथा जस्तो भएको छ। यसबाट एकातिर संसद्मा फेरि फोहोरी खेल सुरु हुने डर बढेको छ भने अर्कातिर नवस्थापित गणतन्त्रप्रति जनतामा वितृष्णा पैदा हुने खतरा छ। त्यसकारण पनि यस प्रक्रियाको अब छिटोभन्दा छिटो अन्त्य गर्नुपर्छ। एमालेका नेताले त भनी नै सकेका थिए, स्वयं माओवादीकै नेता बाबुराम भट्टराईबाट पनि यस प्रक्रियाले कुनै तात्विक निष्कर्ष निकाल्दैन भन्ने अभिव्यक्ति सार्वजनिक भएको छ। गणितीय खेलको यस असफलताले पनि दलहरूलाई पुनः राष्ट्रिय सहमतिका लागि आआफ्ना हठ त्याग मौका दिएको छ।

मुख्य तीन दल एक ठाउँमा उभिएर संसद्को नियमावली र सभामुखले के भन्छन् भन्ने आधारमा होइन, राष्ट्रको आवश्यकता र समयको माग के हो भन्ने आधारमा निष्कर्षमा पुग्नुपर्दछ।

अहिले पनि दलहरुले चाहँदा समाधान ननिस्किने होइन। त्यसका लागि संसद्मा दुई दुई पटक पराजित दुवै उम्मेदवारी फिर्ता लिएर नयाँ सम्भावनाको खोजी गर्नुपर्छ। माओवादीले दुई महिनाभित्र लडाकु समायोजन र पुनःस्थापनाको काम गर्न सकिने प्रस्ताव सार्वजनिक गरिसकेको छ भने कांग्रेस-एमालेले तीन साताको सीमा निर्धारण गरेका छन्। तर, यी प्रस्ताव आएपछि पनि धेरै समय यत्तिकै गुजि्रसकेको छ।

अतः दुवैलाई मान्य हुने एक-डेढ महिनाको समय सीमा निर्धारण गरेर त्यही अवधिभित्र लडाकुलाई माओवादीबाट अलग गर्ने, समायोजन र पुनःस्थापनाका अलग-अलग शिविरमा राख्ने र त्यही विन्दुबाट राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमतिका साथ अघि जानु नै मुलुक, लोकतन्त्र र जनताका पक्षमा उत्तम हुनसक्छ। हतियार र लडाकु हुने होइन भने माओवादीसँग सायद कांग्रेस-एमाले यति धेरै डराउने छैनन्।
 
अर्को समाचार
जेन-जी आन्दोलनले आत्मसमीक्षा गर्न बाध्य बनायो, अबको निकास राष्ट्रिय सहमति: दाहाल
१६ पौष २०८२
•
२ मिनेट पाठ
जेन-जी आन्दोलनले आत्मसमीक्षा गर्न बाध्य बनायो, अबको निकास राष्ट्रिय सहमति: दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन-जी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्।

दाहाल भने, ‘जेन-जी आन्दोलनले एकातिर राजनीतिक नेतृत्वलाई र समाजका सबै स्थापित संघ-संस्था र तिनका प्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्न शक्तिशाली ढंगले उत्प्रेरित गरेको छ भने, अर्कोतिर नयाँ संकल्प गर्ने वा इतिहासको मञ्चबाट पन्छिने भन्ने प्रश्न खडा गरिदिएको छ।’

उनले अब आफ्नै आत्मसमीक्षा गरेर कमजोरी सच्याउँदै जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर नयाँ संकल्पसहित अघि बढ्नुको विकल्प नरहेको बताए।

‘हामीले आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो र त्यसलाई कसरी सच्याउने भनेर नयाँ प्रतिबद्धतासहित अघि बढ्ने वा इतिहासमा अब आफ्नो औचित्य सकियो भनेर पन्छिने ? यो आन्दोलनले हामी सबैको अगाडि गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने।

मुलुक अहिले असाधारण र असहज परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै दाहालले वर्तमान संकटको समाधान राष्ट्रिय राजनीतिक वा सर्वपक्षीय सहमतिबाट मात्रै सम्भव हुने जिकिर गरे।

उनले भने, ‘हामीले यो संकटको समाधान गर्ने भनेको राष्ट्रिय राजनीतिक या सर्वपक्षीय सहमति नै हो। चुनावमा गए पनि हामी सहमतिबाटै जानुपर्ने हुन्छ र अन्य कुनै विकल्पको बारेमा सोच्ने हो भने पनि राष्ट्रिय राजनीतिक सहमतिबाटै जानुपर्छ।’

संयोजक दाहालले प्रधानमन्त्री र सरकारले मुलुकको निकास निर्वाचन नै हो भन्ने दृढता प्रदर्शन गरेकोमा धन्यवाद समेत व्यक्त गरे।

धेरै खालका जटिलता र चुनौतीहरू झेल्दै निर्वाचनको वातावरण बनाएको भन्दै उनले अब देश अन्योलबाट मुक्त भई निर्वाचनको तयारीतिर गएको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस