प्रधानमन्त्रीको निर्वाचनरूपी नाटकका दुई दृश्य सकिँदा पनि पटाक्षेप भएको छैन। अर्को दृश्य साउन १७ मञ्चन हुँदैछ। दुई उम्मेदवारमात्र चुनावी दौडमा भए पनि कसैले बहुमत पाउने लक्षण छैन। प्रधानमन्त्री चयन, सरकार निर्माण र राष्ट्रिय सहमति अझ अन्योलपूर्ण र अनिश्चित बन्दैछ।
प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि राष्ट्रिय सहमतिको सरकारका लागि बाटो खुलेको थियो। तर तीन बुँदे सहमतिको पहिलो बुँदा अझै बेवारिसे नै छ। निश्चित मितिभित्र सहमतिको सरकारका लागि बनाउन नसकेपछि तीन वटा ठूला राजनीतिक दलका नेता मैदानमा उत्रिए। र, पहिलो चरणको निर्वाचनमा करिब दुई तिहाइ समर्थन पाएका नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी फिर्ता भएपछि दुई जनामात्र प्रतिस्पर्धामा छन्।
राष्ट्रिय सहमतिका लागि चार राजनीतिक शक्ति एमाले, एनेकपा (माओवादी), नेपाली कांग्रेस र मधेशआधारित दलहरूबीच सहमति आवश्यक छ। यसको आधार कम्तीमा दुई तिहाई मत हो। संविधान निर्माणको लागि पनि संविधान सभामा दुई तिहाई मत जरुरी हुन्छ।
शान्ति र संविधानको सुनिश्चितताका लागि अहिले चार वटा विकल्प देखिएका छन्। दुवै नेताले उमेदवारी फिर्ता लिने, संसदको कार्यव्यवस्था नियमावली परिवर्तन गर्ने र संवादबाट दलहरूबीच राष्ट्रिय सहमति निर्माण गर्ने। त्यसअवस्थामा पहिलो विकल्प एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ। दोश्रो विकल्प अन्य कुनै दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नसक्छ। तेश्रो, विकल्प शान्ति र संविधान निर्माणको आधारसहित एमालेको नेतृत्वमा माओवादी, कांगे्रस सम्मिलित दुई तिहाई मतसहितको सहमतिको सरकार र चौथो विकल्प एमालेबाहेक अन्य कुनै दलको नेतृत्वमा दुई तिहाइ समर्थनसहितको सरकार हुनसक्छ।
एमाले तटस्थ रहेमा मधेसी दलहरूले मत दिएपनि कांग्रेसका पक्षमा बहुमत पुग्दैन तर तिनले समर्थन गरे माओवादीको सामान्य बहुमत पुग्नसक्छ। त्यो त्यति सजिलो भने छैन। मधेशी मोर्चाको मत पाउन तिनले अघि सारेका कतिपय अप्ठेरा र अनुचित मुद्दामा हस्ताक्षर गरेर प्रधानमन्त्री बन्दा राष्ट्र र माओवादीकै लागि पनि घातक साबित हुनेछ। खासगरी आत्मनिर्णयको अधिकारसहितको एक मधेश एक प्रदेश हुनुपर्ने, राज्य पुनर्संरचना आयोग गठन नगर्ने, सेनामा समूहगत प्रवेश गराउनुपर्नेजस्ता राष्ट्रिय एकतामा आँच आउने प्रकारका मुद्दामा सहमति गरेर जानु अवश्य पनि उपयुक्त हुँदैन।
सामुदायिक वन खारेज हुनुपर्ने र त्यतिमात्र होइन नागरिकताजस्तो संवेदनशील सबालमा मोर्चाको अडानलाई स्वीकार गर्दा त्यसको दीर्घकालीन असर के पर्ला? राज्य पुनर्संरचनाका सन्दर्भमा जातीय राज्यमा जान पनि सकिँदैन। यस हिसाबले मोर्चाका माग कसैले पूरा गर्न नसक्ने र मोर्चाले कसैलाई मत दिन नसक्ने अवस्था देखिन्छ। यसको अर्थ १७ गतेको निर्वाचन अनिर्णित नै हुने हो।
एमाले पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा थियो र केन्द्रीय कमिटीबाट राष्ट्रिय सहमतिकै प्रस्ताव अघि सार्दै आएको थियो। एमाले आफ्नो अडानमा कायमै छ। पार्टीले बहुमतीय प्रणालीमा नजाने र कम्तीमा दुइ तिहाई सभासदको समर्थन नभए प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो। त्यसैले दुई तिहाईको निकट पुग्दा पनि एमालेले उम्मेदवारी फिर्ता लिएको हो। राष्ट्रिय सहमतिबिना शान्ति र संविधान संभव छैन। एमालेको उमेदवारी फिर्ताले एकातिर दलहरूलाई राष्ट्रिय सहमति कायम गनै दबाव परेको छ भने अर्कोतिर एमाले शान्ति र संविधानका लागि कुर्ची त्याग गर्न तयार छ भन्ने सन्देश दिएको छ।
दुवै उम्मेदवारको ‘तेश्रो हार' पछि सायद अरू दलमा पनि चेत खुल्नेछ र राष्ट्रिय सहमतिको संवाद थाल्न सकिनेछ। अबको निकास दुवै उम्मेदवारी फिर्ता लिएर संवादबाट सहमति खोजेमात्र निस्कन्छ। दलहरूले शान्ति प्रक्रियामा आधारभूत सहमति गर्ने, संविधानसभामा सहमत हुन बाँकी विषयमा मतैक्य कायम गर्ने र सत्ता साझेदारीको सहमति गर्ने गरेमात्र समस्या समाधान हुनसक्छ।
सत्ता साझेदारीको गाँठो तीन दलले चक्रीय प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरी फुकाउन सकिन्छ। माओवादीबाट लडाकुहरू अलग भई शान्ति प्रक्रिया सम्पन्न नभएसम्म र ऊ नागरिक पार्टीमा रूपान्तरण नहुँदासम्म माओवादीले सरकारको नेतृत्व दावी गर्ने आधार छैन। माओवादीलाई अलग शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण सफल हुसत्तै्कन। माओवादीलाई नेतृत्व दिन गाह्रो हुने र कांग्रेसको नेतृत्व माओवादीलाई स्वीकार नहुने हो भने यस अवधिमा एमालेको नेतृत्वमा सहमतिको सरकार निर्माण गरेर जान सकिन्छ। त्यसपछि संविधान निर्माणको अवधिमा एउटा पार्टीले नेतृत्व गर्ने र चुनावी सरकारको नेतृत्व अर्को पार्टीले गर्ने गर्न सकिन्छ।
एमाले, माओवादी वा कांग्रेसलाई पाखा लगाएर शान्ति र संविधानको राष्ट्रिय कार्यभार पूरा हुन सक्तैन। प्रजातान्त्रिक वा वाम मोर्चाबाट हैन वाम-प्रजातान्त्रिक एकताबाट मात्र शान्ति प्रक्रिया र संविधान निर्माण टुंगोमा पुग्छ।