कांग्रेसको बाह्रौं महाधिवेशन गाउँदेखि केन्द्रसम्मै मुलुकको राजनीतिमा नौलो लहर बनेर आएको छ। मुलुकको परिवर्तित सन्दर्भसँगै पार्टीमा आएको परिवर्तनको नयाँ स्वरूप हेर्न सबैका आँखा कांग्रेसतिर केन्द्रित छन्। लोकतन्त्रवादी र कांग्रेस भएकैले हिंसा र आतंकका नमेटिने डाम र पीडा बोकेका साथीहरू भेला हुनुभएको छ। तरूण पुस्ताको उत्साहजनक सहभागितासाथ गाउँस्तरदेखि नै जुर्मुराएको कांग्रेसको जीवनमा नयाँ पालुवा र चिल्ला पात देखिँदा लोकतान्त्रिक आन्दोलनमा ऊर्जा र हौसला थपिएको छ। नेपालको राजनीतिमा १२ वटा महाधिवेशन गर्ने पार्टी अर्को छैन। यसैले पनि नेपाली कांग्रेसलाई जेठो पार्टी बनाएको छ। पार्टीको सबैभन्दा ठूलो वैभव जनविश्वास हो।
विगतका महाधिवेशन
विगतका सबै महाधिवेशन लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण छन्। ती महाधिवेशनका उपलब्धि, शिक्षा, अनुभव, निष्कर्ष र सन्देश के थिए?
पहिलो महाधिवेशन ०३ सालमा कलकत्ता (भवानीपुर)मा भयो। त्यही महाधिवेशनले विधिवत् नेपाली राष्ट्रिय कांग्रेस जन्माएको थियो। बनारसमा ०४ सालमा भएको दोस्रो महाधिवेशन मजदुर आन्दोलन र सत्याग्रहमा लागेका नेता छुटाउने र संगठन व्यापक बनाउने प्रयोजनमा महŒवपूर्ण भयो। तेस्रो महाधिवेशन ०५ सालमा दरभंगामा भयो जसले क्रान्तिको पृष्ठभूमि निर्माण गर्यो। चौथो महाधिवेशन कलकत्ताको टाइगर हलमा ०६ साल चैत्र २५, २६ र २७ गते भयो। त्यही महाधिवेशनले सोही साल साउनमा भएको नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणलाई वैधानिक बनायो। पार्टीको नाम विधिवत् 'नेपाली कांग्रेस' भयो। यही महाधिवेशनपछि ०७ साल असोज १० र ११ गते बिहारको बैरगनियाँमा पार्टीको दुईदिने सम्मेलन भयो जसले क्रान्ति घोषणा गर्यो जसले ०७ सालमा आन्दोलनको नेतृत्व गर्यो। पाँचौं महाधिवेशन ०९ सालमा जनकपुरमा भयो। बिपी कोइराला सभापति निर्वाचित भएको त्यो महाधिवेशनले यथाशिघ्र आमनिर्वाचन गराउन दबाब दिने, त्यसका लागि सत्याग्रह गर्नु परे पनि गर्ने अठोट लिएको थियो। सभापति निर्वाचित भएपछि बीपीले दलित समुदायको उच्च सम्मानस्वरूप डिबी परियारलाई महामन्त्री नियुक्त गर्नुभयो। १० साल कात्तिकमा नेपाल तरुण दल स्थापना भयो।
छैटौं महाधिवेशन १२ सालमा वीरगन्जमा भयो। सुवर्ण शमशेर पार्टी सभापति निर्वाचित हुनुभयो। त्यसै अधिवेशनमा कांग्रेसले समाजवादलाई आधारभूत सिद्धान्त र नीतिका रूपमा अवलम्बन गर्यो। विगतमा पार्टीको एउटा विशेष महाधिवेशन पनि भएको छ। आमचुनाव गराउन दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम तय गर्न १४ सालमा विराटनगरमा विशेष महाधिवेशन भएको थियो। सातौं महाधिवेशन काठमाडौंको लक्ष्मीनिवासमा १७ साल वैशाख २५ देखि ३१ सम्म भएको थियो। बिपी सभापतिमा पुनःनिर्वाचित हुनुभयो। त्यसपछि पार्टी र लोकतन्त्रलाई सैन्य बुटले कुल्चिइयो।
जनआन्दोलनबाट पञ्चायती शासन हटाएपछि आठौं महाधिवेशन ३१ वर्षपछि ४८ साल फागुन १ देखि ३ सम्म झापाको कलबलगुडीमा भयो। कृष्णप्रसाद भट्टराई सर्वसम्मतिबाट सभापति निर्वाचित हुनुभयो। काठमाडौंको नयाँ बानेश्वरमा ५३ साल वैशाख २६ देखि ३० सम्म भएको नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित हुनुभयो। पहिलोपटक सभापतिबाहेक पाँच विकास क्षेत्रबाट एकएक सदस्य कार्यसमितिमा निर्वाचित गरेकाले त्यो महाधिवेशन आन्तरिक लोकतन्त्र सुदृढ बनाउने दिशामा उल्लेखनीय भयो। दशौं महाधिवेशन ५७ साल माघ ६ देखि १० सम्म पोखरामा भयो। त्यो महाधिवेशनले सभापतिमा गिरिजाप्रसाद कोइरालालाई पुनःनिर्वाचित गरेको थियो भने नेतृत्व निर्वाचनको दायरा अझ फराकिलो पार्यो। एघारौं महाधिवेशन ललितपुर सानेपामा भयो। ६० सालमै वीरगन्जमा हुनुपर्ने यो महाधिवेशन एक वर्षपछि ६१ साल फागुन १९ देखि २२ सम्म भयो।
नयाँ अनुहार, नयाँ जिम्मेवारी
पछिल्लो जनआन्दोलन, संविधानसभा निर्वाचन, गणतन्त्रको स्थापनापछि काठमाडौंमै हुन लागेको बाह्रौं महाधिवेशनका असाधारण चुनौती छन्। मुलुक अत्यन्त जटिल तथा संकटपूर्ण अवस्थाबाट गुजि्ररहेको परिवेशमा गाउँगाउँबाट कांग्रेसलाई ठोस निर्णय लिएर शल्यक्रियात्मक उपचारमा अगाडि बढ्न ताकेता आइरहेको छ। १८ देखि ३५ वर्ष उमेर समूहका करिब १ लाख (२८.२९ प्रतिशत) तरूण नयाँ अनुहार लिएर पार्टीको सक्रिय राजनीतिमा आएका छन्। ३६ देखि ६५ वर्ष उमेर समूहका सक्रिय सदस्य १ लाख ७२ हजार
(५४.९३ प्रतिशत) छन्। यसमा पनि नयाँ अनुहारको प्रचुरता छ। महिला सक्रिय सदस्य ५१ हजार ५ सय (१७ प्रतिशत) छन्। मधेसी, जनजाति, दलित, मुसलमान, अल्पसंख्यक समुदाय एवं पिछडिएको क्षेत्रको प्रतिनिधित्वमा उत्साहजनक वृद्धि भएको छ।
द्वन्द्व र आतंकले थिलथिलो पारेको नेपाली समाजमा मध्यमार्गी, शान्तिप्रिय तथा समावेशी राष्ट्रिय चरित्रको आशा, अपेक्षा र आकर्षण भएको अर्थमा यसलाई आत्मसात् गरेर पार्टीलाई त्यसैअनुरूप सुसंगठित गर्न सकिएन भने जनतामा कांग्रेसप्रति पलाएको आशा निराशामा परिणत भएर जनतामा भड्काउ उत्पन्न हुन सक्छ। यसबारे कांग्रेसका प्रत्येक कार्यकर्ता चनाखो र होसियार बन्नुपर्ने बेला आएको छ।
जनताले सबै पार्टीका गतिविधि नियालिरहेका छन्। क्रान्ति, परिवर्तन र अग्रगमनका ठूला नारा दिएर संविधानसभामा पुगेका पार्टीहरू सत्ता प्राप्त गर्ने होडबाजीमा नांगेझार भइरहेका छन्। सांसद किनेर सरकार बनाउन विदेशीसँग पैसा माग्ने राष्ट्रिय स्वाधीनताको मूल्यमा सत्ताको आपराधिक खेल खेलिरहेका छन्। हिजोसम्म लोकतन्त्र मास्न यो शक्ति लागेको थियो, आज राष्ट्रिय स्वाधीनताका मूल्यमा एकदलीय अधिनायकवाद लाद्न विदेशी लगानी गराउने दुस्साहस गरिरहेको छ। त्यही क्रममा हिजोका 'प्रतिगामी' रातारात राष्ट्रवादी भएर अभिनन्दन र गृहप्रवेश पाइरहेका छन्। उग्रदक्षिणपन्थीको उग्रवामपन्थीतिर सरुवा र 'भरतमिलाप' नेपालको लोकतान्त्रिक अभियानलाई संस्थागत तथा स्थायित्व दिने बाटोमा व्यवधानका रूपमा बु‰नु गलत हुनेछैन। सत्तालिप्साको यस्तो जालझेल र फोहोरी खेल चलाउनै १३ हजारभन्दा बढी नागरिकको हत्या गराउने कथित 'युद्ध' गरिएको होे? के यस्तै गतिविधिले कथित 'जनयुद्ध'को औचित्य पुष्टि हुन्छ?
सत्ताको विषयलाई लिएर सबैजसो पार्टीभित्र आपसी वैमनस्य, कलह र फुट छ। सत्ताको राजनीतिमा पछि सामेल भएको माओवादी विकृतिको कारक वा स्रोत बन्न पुगेको छ। अर्को दल एमालेभित्र पनि एकताको स्वच्छ वातावरण देखिन्न। एमालेका एकथरि साथीहरू सहमति खोजिरहनुभएको छ। यहीँनेर एमालेलाई जनताको प्रश्न छ, तपाईँहरू सहमति खोज्ने हो कि सहमति बनाउने पार्टी हो? के सहमति खोजेर पाइने कुरा हो?
कांग्रेसभित्र यस्तो कुनै गतिविधि जनताले देखेका छैनन्। सत्ता नेतृत्वको विषयमा कुनै विवाद छैन। यही यथार्थले पनि होला, जनस्तरमा कांग्रेसप्रति सहज आशा र आकर्षण बढेको।
कमिकमजोरी
महाधिवेशनका सिलसिलामा हाम्रा पनि स्वाभाविक कमजोरी देखा परेका छन् र तिनको निराकरण गर्नुछ। नेताको खोजीमा जस्तो व्यग्रता नीतिको सबालमा देखिएको छैन। पार्टी विचार र प्रतिबद्धतामा चल्ने शक्ति हो। पार्टीमा प्रचलन गरिने सबै साधन-स्रोत, विचार वा प्रतिबद्धताको अधिनमा हुनुपर्छ। एकताको महाधिवेशन बनाउने भन्दाभन्दै नीतिगतभन्दा नेतागत विभाजनका आधारमा चुनाबी प्रतिस्पर्धा गर्नु निश्चय नै भविष्यका लागि सहज संकेत होइन। महाधिवेशनका बेला उत्पन्न तीतो प्रतिस्पर्धाले ल्याउनसक्ने असहज मानसिकता चुनाबपछिका दिनमा तुरून्त मेटाउन सक्नुपर्छ। मत विभाजन भए पनि मन विभाजन हुन नदिन हामी सबै सचेष्ट हुनुपर्छ।
अबको आवश्यकता
विगतमा शान्ति प्रक्रियाका नाममा माओवादीलाई आवश्यकताभन्दा बढी महत्व दिएर काम गर्दा कांग्रेसको मध्यमार्गी पहिचानमा धक्का लागेको र आधारभूत सिद्धान्तमा विचलन आएको हो कि भन्ने भ्रम मेटाउनु वान्छनीय छ। राष्ट्रियताका सबालमा राष्ट्रिय एकता र सामाजिक सद्भाव, लोकतन्त्रका सबालमा पार्टीमा आन्तरिक लोकतन्त्र सुव्यवस्थापन, लोकतन्त्रलाई सार्थक बनाउने साधनका रूपमा सुशासनको प्रत्याभूति र आर्थिक-सामाजिक न्याय तथा समतामूलक समाज निर्माणका लागि सार्थक समाजवादको पुनःस्थापना पार्टीको बाह्रौं अधिवेशनका कार्यसूची हुन्।
खुला अर्थतन्त्रका नाममा विगतमा समाजवादलाई तिलाञ्जली दिँदा विभिन्न दुष्परिणाम प्रकट भएका छन्। बजार अर्थतन्त्र समाजवादी लक्ष्यको पूरक हुनुपर्छ। आर्थिक-सामाजिक न्यायका लागि समतामूलक समाजको स्थापना नै समाजवादी लक्ष हो। औद्योगिक समाजको भूमण्डलीकरण, जैविक प्रविधि तथा सूचनाको क्षेत्रमा आएको प्राविधिक क्रान्ति, सूचनाको विश्वव्यापीकरण तथा यसबाट उत्पन्न अवसर, दूरगामी प्रभाव, परिणामका रूपमा देखा परेका विषमता, असमानता र अन्य नकारात्मक प्रतिफलबारे कांग्रेस निश्चिन्त वा बेखबर हुनसक्दैन।
भारत र चीन संसारकै धनी मुलुक हुने दौडमा छन्। तिनीहरू सबभन्दा सम्पन्न हुँदा बीचमा अवस्थित नेपाल सबभन्दा गरिब मुलुक हुने भय छ। नेपाल अहिले नै विश्वको तेह्रौं गरिब मुलुक हो। यहाँ ६५ प्रतिशत जनता गरिबीमा छन् भने ३४ लाखलेे दिनको एकछाक मात्र खान पाउँछन्। गरिबी, अशिक्षा, कुपोषण, उपेक्षा र तिरस्कारको जीवन भोगिरहेका जनतामाथि हिंसा, आतंक अशान्ति र असुरक्षा लाद्ने संगठित दुस्साहसले मुलुकलाई अधोगतिमा धकेलिरहेको छ। यस अवस्थाबाट मुलुकलाई मुक्त पार्ने जिम्मेवारी कांग्रेसकै जिम्मामा छ।
देशविदेश देखेर आएका श्रमजीवी नेपालीको औसत इच्छा राज्य बाबुजस्तो र समाज आमाजस्तो होस् भन्ने छ भने मनासिबै हो। आजको युगमा यन्त्र वा जमिनभन्दा मानव पूँजी महत्वपूर्ण हुने भएकाले सरकार वा पार्टीका यावत गतिविधिमा मानवीय पक्षलाई केन्द्रविन्दु बनाउनुपर्छ।
पार्टीमा आएका नयाँ पुस्तालाई उचित प्रशिक्षण, अवसरको उपलब्धता, कांग्रेसको मूल्य-मान्यता, संस्कार तथा परम्पराले ओतप्रोत बनाउनुपर्ने जिम्मेवारी छ। गाउँका किसान र सहरका मजदुरका समस्यालाई आफ्ना कार्यसूची ठान्ने क्षमता हामीलाई चाहिएको छ।
महाधिवेशन पार्टीलाई एक ढिक्का बनाएर लैजान सक्षम नेतृत्व चयन गर्ने अवसर हो। क्षणिक आवेग, प्रलोभन वा स्वार्थ बिर्सेर सक्षम नेतृत्व, जनउपयोगी नीति, दूरगामी मार्गदर्शन तथा म्यान्डेट र जनतामा आशा सञ्चार दिने ऐतिहासिक अवसरका रूपमा महाधिवेशनलाई सफल बनाउने कर्तव्य कांग्रेसको सबै तहका निकाय, नेतृत्वपंक्ति, प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकका जिम्मा आएको छ। महाधिवेशनको सफलताको प्रभाव समाजको अन्तिम व्यक्तिको झुपडीसम्म नै देखिनसक्ने उपाय के हुनसक्छ? महाधिवेशनमा हाम्रो बहस र निष्कर्ष त्यसैमा केन्द्रित हुनुपर्छ।
(केसी नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रवक्ता हुन्।)