दौरा सुरुवाल किन राष्ट्रिय ?
२१ असोज २०६७
•
१३ मिनेट पाठ
दौरा सुरुवाल किन राष्ट्रिय ?
एकात्मक राज्य ध्वस्त हुने हो कि? लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीकरण र धर्मनिरपेक्षताका कारण 'नेपालीपन' गुम्ने हो कि भन्ने त्रास अभिजात वर्गमा फैलँदो छ। यही डरका कारण एकात्मक राज्यको जगमाथि बनाएको 'नेपालीपन' बचाउन त्यस वर्गका राजनीतिक र सांस्कृतिक नेता पुराना राष्ट्रिय प्रतीकको निरन्तरताका लागि क्रियाशील छन्। त्यसको पछिल्लो उदाहरण हो, पञ्चायतकालदेखि 'राष्ट्रिय पोसाक' घोषित दौरा, सुरुवाल, कोट र सारी। चोलोलाई कामरेड माधवकुमार नेपालको कामचलाउ सरकारले 'नेपाली पोसाक'को मान्यता दिनु। पुरानो एकात्मक र केन्द्रीकृत राज्यको पुनर्संरचनासँगै नयाँ संघीय, समावेशी, धर्मनिरपेक्ष लोकतान्त्रिक राज्य बनाउने अभियानबीच राष्ट्रिय प्रतीकबारे बहस बाँकी रहेकै बेला 'नेपाली पोसाक' घोषणा गर्नु अनावश्यक विवाद निम्त्याउनु हो।
दौरासुरुवाल कि धोतीकुर्ता वा अन्य पोसाक, गाई कि गैँडा वा अन्य जनावर, लालीगुराँस कि सयपत्री कि अन्य फूल अनि बुद्ध, सगरमाथा वा अन्य भन्ने प्रश्नमा व्यापक छलफल जरुरी छ। यस्ता विवादास्पद राष्ट्रिय प्रतीकबारे हतारमा निर्णय गर्ने र द्वन्द्व निम्त्याउने एकात्मकतावादी राज्यको पुरानो व्यवहार कामचलाउ प्रधानमन्त्रीले पनि दोहोर्‍याए, ०१९ सालको संविधानमा महेन्द्रले, ०४७ को संविधानमा वीरेन्द्रलेजस्तै । सरकार, शान्ति र संविधान निर्माण नै अल्भि्करहेका बेला राष्ट्रिय प्रतीकबारे बहस गर्दै बस्दा तत्काल सहमति कायम हुन गाह्रो हुन्छ, शान्ति र संविधानका महत्वपूर्ण मुद्दा पनि बल्भि्कन सक्छन्। तर, कामचलाउ सरकारले समेत राष्ट्रिय प्रतीकबारे एकलौटी निर्णय गर्न थालेपछि विवाद र द्वन्द्व बढ्छन्। किनभने यी विषय प्रशासनिक नभएर संवैधानिक मुद्दा हुन्।
विडम्बना, राष्ट्रिय प्रतीक निर्माण विनिर्माणमा 'नयाँ नेपाल'को परिकल्पना गर्ने गैरअभिजात वर्गका राजनीतिक र सांस्कृतिक नेताको भने कमै ध्यान गएको छ। उनीहरूमा पनि पुराना राष्ट्रिय प्रतीकबारे बोल्नासाथ जातिवादी आगोले पोल्ने भय छ। पुराना गौरवगाथाबारे लेख्नासाथ 'अराष्ट्रिय तत्व' र 'विखण्डकारी' होइने हो कि भन्ने डर छ। यस अर्थमा राजा महेन्द्रले बनाएको 'राष्ट्रवादी' भूतबाट अझै पनि धेरै केही नेता वशीभूत छन् त केही भयभीत छन्।




महेन्द्रले अभिजात वर्गको सत्ता शक्ति र एकात्मक राज्य जोगाउन चलाएका थिए : 'राष्ट्रवाद' निर्माणको परियोजना। उनको राष्ट्रवाद अमेरिकाको 'मेल्टिङ पट थ्योरी' (पगाल्ने कसौडी सिद्धान्त)मा आधारित थियो। सबै अनेकता, बहुलता र विविधतालाई पगालेर नयाँ राष्ट्रवादी धातु निर्माण गर्ने सिद्धान्तले एकात्मकता, केन्द्रीयता र तानाशाहीलाई बलियो बनायो। त्यही राष्ट्रवादको मुख्य राजनीतिक-सांस्कृतिक नारा हो : 'हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ।' त्यसको वैचारिक पृष्ठभूमि हो : एउटै भाषा, एउटै भेष, एउटै धर्म-संस्कृति र एउटा मात्र परिवेशको अवधारणा। यस्तो अवधारणा बनाउने बौद्धिक 'थिंक ट्यांक'मध्ये एक थिए, 'नाट्य सम्राट' बालकृष्ण सम।

राणा र शाह शासकको वर्ग बनोट, स्वार्थ र संस्कृति मिल्दोजुल्दो छ भन्ने एउटा प्रमाण हो, महेन्द्रको राष्ट्रवादी परियोजनाका थिंकट्यांकका रुपमा बालकृष्ण समको सक्रिय सहभागिता। 'हिमाल' (०५०)मा प्रकाशित समाजशास्त्री सौभाग्य शाहको 'शिशु राष्ट्रको पीडा'अनुसार 'कवि तथा नाटककार बालकृष्ण समले जमानामा 'हाम्रो राजा, हाम्रो देश, हाम्रो भाषा, हाम्रो भेष' भन्ने नारा रचेका थिए। त्यो नारा सबैभन्दा पहिले राजा महेन्द्रद्वारा सन् १९६२ मा डाकिएको बुद्धिजीवी सम्मेलनमा ललितपुरका एकजना प्रतिनिधिले लगाएका थिए। त्यही नारालाई पछि पञ्चायतका पण्डितले 'एउटै भाषा, एउटै भेष : एउटै राजा, एउटै देश'मा परिमार्जन गरे। त्यसलाई ३० वर्षसम्मको दलविहीन राज्यव्यवस्थामा खुब रटाइयो। त्यो नाराले पञ्चायत व्यवस्थाको एकात्मक दर्शनकै प्रतिनिधित्व गरिरहेको थियो।'

'एउटै भाषा, एउटै भेष : एउटै राजा, एउटै देश'को नाराले नेपालको विविधता, अनेकता र बहुलतालाई पटक्कै स्वीकारेन। नेपाली भाषाका कट्टर हिमायती समले रचेको नाराले भाषिक विविधतालाई मात्रै होइन, जाति र भेषभूषामा रहेको अनेकतालाई पनि सकारेन र एउटै भेषको जब्बर वकालत गर्‍यो। सैनिक विद्रोहपछि स्थापित महेन्द्रको निरंकुश पञ्चायती राज्यले दौरा सुरुवाललाई 'राष्ट्रिय पोसाक' घोषणा गर्न भ्यायो। भाषा, धर्म, संस्कृति, प्रतीक र मिथकलाई एकात्मक नेपालीपनको कसौडीमा गाल्ने प्रक्रिया तीव्र पार्ने क्रममै दौरासुरुवाल, ढाका टोपी, चोलोसारीलाई राष्ट्रिय पोसाक बनाइयो। सयौं खाले नेपाली पोसाकमध्ये कुनै एकलाई मात्रै 'राष्ट्रिय' पोसाकको छाप लगाइएपछि अरु धेरै नेपाली पोसाक 'अराष्ट्रिय' भए। नेपाली भाषालाई 'राष्ट्रभाषा' बनाइँदा नेपालका सबैजसो भाषा 'अरु भाषा', 'अनेपाली' र 'गैरनेपाली' भए।

एकात्मक र केन्द्रवादी सोचाइ राख्ने, हिन्दू राज्य र नेपालीभाषाको एकल वर्चस्व, पहाडिया बाहुन-क्षेत्री शासकको एकाधिकारका पक्षपातीहरूले आफूले लगाउने दौरासुरुवाललाई 'राष्ट्रिय पोसाक' वा 'नेपाली पोसाक' घोषणा गर्नु अनौठो होइन। त्यस्ता राज्य सञ्चालकमा चाहे 'महान् राष्ट्रवादी राजा' महेन्द्र होऊन् या 'नाट्य-सम्राट' बालकृष्ण सम, चाहे कामचलाउ प्रधानमन्त्री कामरेड माधव नेपाल होऊन् या राष्ट्रपति डा. रामवरण यादव, तिनको सोचमा केही फरक देखिँदैन। राष्ट्रपति यादव 'नेपाली पोसाक' घोषणासम्बन्धी निर्णयमा संलग्न नहोलान् तर उनले लगाउने दौरासुरुवाल आफैँ पनि उनको विचार र व्यवहारको उदाहरण हो। त्यसले कामचलाउ सरकारलाई निर्णय गर्न प्रेरित गरेको हुनुपर्छ।

दौरासुरुवालमा ठाँट्टिएर हिँड्ने संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार दौरासुरुवाल मल्लकालभन्दा पुरानो र छ सय वर्षअघिदेखि चल्दै आएको पोसाक हो भन्नेमा विवाद नहोला तर यो पोसाक सबै नेपाली जात, जाति र समुदायको साझा पोसाक होइन, एक जाति विशेषको मात्रै हो। र, यो पोसाक पनि राजा महेन्द्रको 'राष्ट्रवादी' परियोजनाको एउटा प्रतीक हो, यसमा पनि विवाद नहोला। दौरासुरुवाल निकै पुरानो भएर 'राष्ट्रिय' र 'नेपाली' पोसाक घोषित भएको होइन। यो पोसाक त नेपाली राज्यका सञ्चालक जाति विशेषको पोसाक भएकाले, त्यसैलाई एकात्मक नेपालीपनको एक प्रतीक बनाउने उद्देश्य राखिएकाले 'राष्ट्रिय' र 'नेपाली' घोषित भएको हो। भाषा, जाति, धर्म, संस्कृति र राजनीतिसम्ममा बहुलता, विविधता र अनेकतालाई विखण्डनकारी, राष्ट्र र राष्ट्रियताविरोधी अनि विजातीय तत्वका रूपमा निषेध गर्नै यस्तौ घोषणा हुँदै आएको छ। संघीय, समावेशी, धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्रमा पनि राष्ट्रपतिदेखि प्रधानमन्त्रीले 'राष्ट्रिय' वा 'नेपाली' पोसाकका रूपमा, महेन्द्रीय राष्ट्रवादको जडौरीका रूपमा दौरासुरुवाल लगाउँदा प्रजातान्त्रिक समाजवाद वा जनताको बहुदलीय जनवाद पनि वस्त्रहीन हुने गर्छन्।

प्रजातान्त्रिक समाजवादी वा जबजवादीलाई थाहा हुनुपर्छ, दौरासुरुवाल या गाई वा राष्ट्रिय विभूति कुनै सामान्य प्रतीक मात्रै होइनन्, सत्ता शक्तिका प्रतीक पनि हुन्। त्यसैले सत्तामा बस्नेले जनतालाई जवाफ दिनुपर्छ : दौरा-सुरुवाललाई कुन वस्तुसम्मत तथ्य र न्यायसम्मत आधारमा टेकेर 'नेपाली पोसाक' घोषणा गरिएको हो? भेषभूषामा पनि अत्यन्त धेरै बहुलता भएको देशमा जाति र क्षेत्र-विशेषका भेषभूषालाई लाद्नु न्यायोचित र उपयुक्त हुन्छ? एक प्रकारको पोसाकलाई सरकारी पोसाकका रूपमा लाद्दा अरू पोसाक, अन्य पोसाक लगाउने जाति र तिनको संस्कृतिको बदख्वाइँ हुन्छ कि हुन्न?

उपराष्ट्रपति र प्रधानमन्त्रीको शपथ ग्रहणताका पनि प्रश्न उठाएको थिएँ, अघोषित राष्ट्रिय पोसाक नलगाएकोमा पुष्पकमल दाहाल र परमानन्द झाको चर्काे विरोध गर्नुभन्दा राष्ट्रिय पोसाक-संहिता (ड्रेस कोड)बारे बहस गर्नुपर्ने होइन? अब पनि बहस अगाडि बढाउने हो भने प्रश्न राख्नसकिन्छ : राष्ट्रपति, प्रधानमन्त्री र सरकारी ओहोदामा बस्ने व्यक्तिका लागि साझा पोसाकको संहिता लागू गरियो भने एकल पोसाककै प्रभुत्व कायम हुने हो कि? राष्ट्रिय एकताका नाममा जातीय बहुलता दमित हुने र पोसाकीय एकरूपताका निहँुमा सांस्कृतिक विविधता पनि निषेधित हुने हो कि? त्यस्तो सांस्कृतिक दमन र निषेधको प्रतिक्रियामा आफ्नो भाषा, जाति र संस्कृति नाश हुने डरले जातीय, भाषिक, सांस्कृतिक कट्टरता बढ्छ।
अर्को समाचार
वन मन्त्रालयमा दौरा-सुरुवाल र टोपी
१६ असार २०६६
•
७ मिनेट पाठ
वन मन्त्रालयमा दौरा-सुरुवाल र टोपी
किरण भण्डारी, काठमाडौं,  असार १७ - राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा मन्त्री भएका दीपक बोहराले वन मन्त्रालयका सबै अधिकृत कर्मचारीलाई दौरा-सुरुवाल र टोपी लगाएर कार्यालय आउन अनुरोध गरेका छन्।
पञ्चायतकालमा पटक-पटक मन्त्री भइसकेका बोहराले सबै अधिकृतले एक साताभित्र दौरा-सुरुवाल लगाई सहयोग गरेमा त्यसलाई मातहत विभागमा पनि लागू गर्ने योजना बनाएका छन्
मन्त्रालयका सबै अधिकृत कर्मचारीलाई सोमबार निर्देशन दिँदै उनले 'राष्ट्रिय पोशाक' लगाउन अनुरोध गरेका थिए।




दौरा-सुरुवाल लगाउँदा व्यक्तित्व राम्रो हुने सितिमिति कसैले नहेप्ने र राष्ट्रियता पनि संबर्द्दन हुने विश्वास व्यक्त गर्दै बोहराले कर्मचारीलाई पोशाक लगाउन भनेका हुन्। उनले 'अनुरोध' भन्ने शब्द प्रयोग गरे पनि कर्मचारीले त्यसलाई निर्देशनका रुपमा लिएका छन्।

वनमा सचिव, सहसचिव ७, उपसचिव १० सहित ३० अधिकृत कर्मचारी छन्। मन्त्रालयअन्तर्गत वन राष्ट्रिय निकुञ्ज भू-संरक्षण अनुसन्धान वनस्पति विभाग छ।
मुलुकमा सर्वत्र अनुशासनहीन अवस्था रहेको उल्लेख गर्दै बोहराले पोशाकबाट सुधारको सुरुवात गर्न खोजेको नागरिकसँग बताए। 'मैले दौरा-सुरुवाल नलगाई मन्त्रालय छिर्नै पाइन्न भनेको छैनु उनी भन्छन्- 'मन्त्री सचिव र अधिकृत कर्मचारीले उस्तै लुगा लगाउँदा एकरुपता देखिन्छ भनेर लगाउन अनुरोध गरेको हुँ।'

२० वर्षपछि मन्त्री भएका बोहराले त्यतिबेलाको कर्मचारीभन्दा अहिले धेरै अनुशासनहीनता देखेको अनुभव सुनाउँदै पोशाकबाटै सुधार थाल्न खोजेको बताए।

मुख्य सचिव सचिव सहसचिव महानिर्देशकहरु नै छिर्बिरे आधा बाहुले सर्ट र टिसर्ट खुला छाडेर कार्यालय आएको उनलाई सहज लागेको छैन। 'अन्त मैले बोल्ने कुरा भएनु बोहरा भन्छन् ुवनबाट ड्रेस कोड लागू गर्न खोजेको हुँ।'

पञ्चायती राजनीतिमा कडा मन्त्रीको छवि बनाएका बोहराको निर्देशनपछि मन्त्रालयका धेरै अधिकारी दौरासुरुवाल जोहो गर्न लागिपरेका छन्। वनमा भएकाले मात्र दौरासुरुवाल लगाउँदा कतै सिंहदरबार परिसरमा 'कागको हुलमा बकुल्ला त होइन्न' भन्ने चिन्ता केहीमा देखिएको छ।

'पञ्चायतकालमा पनि दौरासुरुवाल लगाएर जागिर खाएकै हो'- सहसचिव राजेन्द्रकुमार ढुङ्गेलले भने 'गणतन्त्र आएपछि थन्क्याएको दौरासुरुवाल फेरि काम लाग्ने भएको छ।'
दौरासुरुवालप्रति खासै आपत्ति नभए पनि अरु मन्त्रालयका साथीभाइले 'पाचे कर्मचारी' भनी गिज्याउने हुन् कि भन्ने चिन्ता छाएको छ केही कर्मचारीमा।

प्रमुख राजनीतिक परिवर्तनसँगै अधिकांश सरकारी कर्मचारीको पोशाक फेरिने गरेको छ। पाचायतकालमा सबै अधिकृतले दौरासुरुवाल र टोपी लगाउँथे। प्रजातन्त्र आएपछि धेरैले छाडे सहसचिव र सचिवको मात्र यो पोशाक अनिवार्यजस्तो बन्यो। शाखा अधिकृत र उपसचिव स्तरका अधिकांशले ढाका वा भादगाउँले टोपी लगाउन भने छाडेका थिएनन्।
जनआन्दोलन-२ को सफलतासँगै मन्त्री सचिव र सरकारका उच्च पदस्थ कर्मचारी अनौपचारिक पोशाकमा कार्यालय आउन थालेकामा त्यसको अन्त्य गर्नुपर्ने धारणा बोहराको छ। 'यो अभियानमा अरु मन्त्री पनि सकारात्मक भए भने पोशाकको बिषयमा मन्त्रिपरिषदमा कुरा उठाउँछु' उनलाई उद्धृत गर्दै वन स्रोतले भन्यॊ- 'हाफ पाइन्ट र चप्पल लगाएर मन्त्रालय आउन मात्र बाँकी रहेको यस्तो गाइजात्रे थिति संसारभर कहिँ छैन होला मलाई पनि मान्य छैन।'

मन्त्रीको निर्देशन शिरोपर गर्न शाखा अधिकृत र उपसचिवका लागि व्यवहारिक नहुने भन्दै उनीहरुले पुनर्विचार गर्न माग राखेका छन्। 'सहसचिव र माथिका हाकिमसँग सरकारी गाडी हुन्छ जे लगाएर आए पनि भयो'- नाम उल्लेख नगर्ने सर्तमा एक उपसचिवले भने 'माइक्रोबसमा कोचिएर आउनुपर्ने हामी कसरी दौरासुरुवाल र कोटटोपी ढल्काएर आउने ?'

एक पोशाक भाषा धर्मको आधिपत्य अन्त्य गर्न माग चर्किरहेको बेला वनमा ठूलै संख्यामा रहेका मधेस मूलका कर्मचारीका लागि अप्ठेरो परिस्थिति भएको छ। त्यसको अलावा २०४७ पछि जागिर खाएर लोकतन्त्र आउनुअघि उपसचिवमात्र रहेका कर्मचारीका लागि पनि दौरासुरुवाल नौलो छ।
पञ्चायतको अन्त्यतिर अधिकृतको जागिर थालेर २०६४ मा खुला प्रतिष्पर्धाबाट सहसचिव भएका अन्नपूर्णानन्द दासले अहिलेसम्म दौरासुरुवाल लगाएका छैनन्। अब मन्त्रीको अनुरोधअनुसार यसलाई नियमित पोशाक बनाउन सकिने÷नसकिने बिषयमा अझै अन्यौल छन् उनी।

'दौरासुरुवालबारे अझै एक दुई दिन हेरेर निर्णय लिन्छु' दास भन्छन्- 'कहिलेकाहिँ दौरासुरुवाल लगाएर आउँदा भने राम्रै हुन्छ भन्ने मलाई पनि लागिसकेको छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस