दसैँ आयो तर...
१७ असोज २०७६
•
४ मिनेट पाठ
दसैँ आयो तर...
नेपालमा रहेका कुनै पनि कुरा अपांगमैत्री छैनन्। मठ, मन्दिरलगायत प्रायः सबै कुरा अपांगको जीवनचर्यालाई ध्यानमा राखेर बनाइएका छैनन्।त्यसैगरी संस्कार, चाडपर्व आदि पनि योभन्दा पृथक छैनन्।खासमा मुलुक सबै जनताको हो। त्यसैले यहाँ जति पनि संरचना बन्छन्, जति पनि चाड पर्व मनाइन्छन् ती सबै जनता अनुकूल हुनेगरी निर्माण गरिनुपर्छ। अर्थात यसबाट हुने फाइदा, रमाइलो अनि सन्तुष्टि सबैले समानरूपले हासिल गर्न पाउनुपर्छ। तर विडम्बना नेपालको सन्दर्भमा भने यो हँसिमजाकको विषयमात्र बनिरहेको छ।




यतिबेला हिन्दु धर्मावलम्बीहरूको महान् चाडले सबैलाई छपक्कै छोपिसकेको छ। चोक, बजार, पसल, मन्दिर, खुला चौर सबैतिर दसैँकै चर्चा छ। शक्तिपीठहरू भक्तालुजनका कारण भरिभराउ छन्।आफ्नो परिवारलाई कमाएर, चोरेर, मागेर जसरी भए पनि एकाध छाक मीठो खुवाउने अनि आङ ढाक्ने व्यवस्था गर्ने दायित्व परिवारका मुलीमा छ। त्यही चुनौती सामना गर्न लागिपरेका पनि छन्। तर यो मुलुकमा एउटा यस्तो जमात पनि छ जो सधैँ चाड पर्व होस् वा अरू कुनै सुविधाका बेला, ‘आकासको फल, आँखा तरी मर’ को नियति भोग्न बाध्य छ।

अपांगता भएकाहरूमध्ये धेरै आफैँ कमाउन सक्दैनन्। खासगरी शारीरिक काम गर्न सक्दैनन् भने बौद्धिक काम गर्नका लागि वातावरण नै पाएका हुँदैनन्। यस्तो अवस्थामा अपांगता भएकाको चाड पर्व सधैँजसो खल्लो हुने गरेको छ। कर्जाका लागि साहूको पाउमा पर्नु, आफूसँग भएका गरगहना, भाँडाकुँडा आदि धितो राखेर वा बेचेर पैसामा परिणत गर्नु तथा आफन्तसँग हात पसार्नुबाहेक उनीहरूसँग अन्य विकल्प हुँदैन यतिबेला। त्यसैले दसैँ जस्ता पर्व अपांगता भएकाहरूका लागि हो कि होइन भन्ने प्रश्न खडा हुँदै आएको छ तर उत्तर भने कतै भेटिँदैन।

दसैँ नेपालमा मात्र हैन, जहाँ जहाँ हिन्दु धर्मावलम्बी छन्, ती सबै ठाउँमा धूमधामसँग मनाइन्छ। तर फेरि पनि कुरा भने उहीँ गएर जोडिन्छ अर्थात गरिब र अपांगता भएकाहरूले यसैगरी पर्व धूमधामसँग मनाउने कहिले त ? राज्यले त सामान्य चुरोट सुपारी खाने पैसा त दिन्छ तर त्यसले न पर्व मान्न पुग्छ न त स्वास्थ्योपचार गर्न नै। यस्तो अवस्थामा उसै त चरम अभावबाट गुज्रिरहेकाहरूले कसरी मान्ने पर्व ? कसरी बनाउने यसलाई धूमधाम ?कसरी लिने सन्तुष्टि ? अनि कसरी हासिल गर्ने मनोरञ्जन ?यसबारे सोच्ने कसले ? यस्तो सोचाइका लागि फुर्सद जुर्ने कहिले ?

गोजीमा सुको छैन। मन्दिर जाउँ अपांगमैत्री छैनन्। बाटोघाटो र सवारी साधनको पारा उस्तै छ। मनोरञ्जनस्थलहरू गइसक्नु छैनन्। पिङ खेल्ने, जुवाँ÷तास खेल्नेदेखि दसैँसँग सम्बन्धित कुनै पनि ठाउँ यस्तो छैन जहाँ अपांगता भएकाहरू सहजै जान सकून्। स्थानीय तहले कुनै आर्थिक सहयोग दिँदैन। न त अपांगता भएकाहरूका लागि कुनै सहुलियतकै व्यवस्था छ। यस्तो अवस्थामा सबैको दसैँ कसरी शुभ हुन सक्छ र ? अनि अपांगता भएकाहरूले पनि कसरी अरु जस्तै राम्रोसँग खानपिन गरेर, राम्रा जुत्ता, कपडा लगाएर दसैँ मनाउन सक्छन् ? यो विचारणीय हुँदाहुँदै पनि विचार भने कतैबाट नपु¥याइनु दुःखद छ।
अर्को समाचार
छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैं
२४ असोज २०७३
•
५ मिनेट पाठ
छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैं

रमेश गिरी




भक्तपुर-भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छन्। गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएकी  पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन्।

सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनी बताउँछिन्।  उनले भनिन्,  “दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।”

यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उनले भने भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दसैंको तयारी भने नगरेको बताउँछन्। उनले भने- “शिविरको दसैँ के रमाइलो हुनु, विगतको जस्तो दसैं हुँदैन यसपालि, दसँैको लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।”

सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरु सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन् ।

शिविरमा बस्दै आएकी  काठमाडाैंकी चन्द्रलक्ष्मी मानन्धरको समस्या पनि उस्तै नै छ । एउटा पालभित्र सातजनाको परिवार बस्दै आएका मानन्धर परिवारले पनि दसैंको कुनै जोहो गरेका छैनन् । दुईजना देवरानी जेठानीले टोपी, मोजा, पन्जा बुनेर आम्दानी गरेको दिनको रु १०० ले परिवार धान्नै मुस्किल छ ।

मानन्धर भन्छिन- “कमाइ छैन, बुनाइको पैसाले सातजनाको परिवार पाल्न पुग्दैन, ऋण गरेर टार्दै आएका छाँै, दसँैको कुनै तयारी छैन, दसैंमा पाहुना बोलाएर भोज खुवाउनु पर्छ, यस वर्ष त पाहुना पनि नबोलाउने भएका छौँ ।”

शिविर छाडेर भत्किएकै घरको छिँडीमा गएर बस्सेकी क्वाठडाैंकी रेनुका सुवालको पीडा पनि कम छैन । शिविरमा बस्दै आएकी उनले दसैं आएपछि जमरा राख्नकै लागि एकसाता अघि भत्किएको घरको छिँडीमा गएर बसेको उनले बताइन्।

उनले भनिन्- “भूकम्पले भत्काएको घरमा गएर बसेका छाँै, दसँैको कुनै तयारी छैन, घरमा गएदेखि घर भत्किन्छ कि भन्ने डरले कोही पनि निदाउन सक्दैनौँ, जिन्दगी साह्रै कठिन भयो ।”

नेपालीको महान् चाडको रुपमा मनाइने दसैं नजिकिँदै गरेपनि गत वर्ष वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर शिविरको बास भएका भूकम्पपीडितलाई दसैंको रौनकले छोएकै छैन ।

भक्तपुरको व्यासीस्थित शिविरमा बस्दै आएकी  ७४ वर्षकी कृष्णकुमारी सुवाललाई पालभित्र चिसो आउन थाले पछि बिरामी परेको बताउँछिन्। उनले भनिन्, “भुइँमा पानी आउँछ, माथिबाट बिहानी पख पालबाट शीत चुहिन्छ, शिविरमा बाँच्नै गाह्रो भो, जाने ठाउँ छैन, यस्तो बेलामा के मनाउनु दसैं ।”

यही शिविरमा बस्दै आएका रामकृष्ण र रमिता सुवाल दम्पतीको समस्या पनि उस्तै नै छ । शिविरमा बसेदेखि नै मानसिक तनाबका कारण विरामी परेको रमिताले बताइन्।

दसैँको कुनै तयारी नभएको बताउँदै सुवाल दम्पतीले ग्यास नहुँदा कहाँ पकाएर खाने भन्ने चिन्ता भएको बेलामा यो साँघुरो पालभित्र पाहुना बोलाएर दसँै मनाउन सक्ने अवस्था नभएको बताइन्।

भक्तपुरका अधिकांश शिविरका भूकम्पपीडित बस्दै आएका शिविरमा यस वर्ष दसैंको कुनै रौनक छैन भने यस वर्षको दसैं निकै खल्लो हुने शिविरका बासिन्दा बताउँछन् । रासस

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस