चिनियाँ विशेषताको दिगोपना
२५ असोज २०७६
•
१४ मिनेट पाठ
चिनियाँ विशेषताको दिगोपना
स्टेफन एस रोच




जलवायु परिवर्तनको आजको जमानामा प्रगतिका महत्वपूर्ण संकेतलाई बेवास्ता गर्न सजिलो छ। संसारकै सबभन्दा ठूलो हरितगृह उत्सर्जक देश चीनको सन्दर्भ जोडेर यस्तो भन्न सकिन्छ। चीनले आफ्नो दिगोपना रणनीतिअन्तर्गत आर्थिक ढाँचा परिवर्तन गरेको छ। इन्धनका स्रोत फेरेको छ। नयाँ यातायात प्रणालीको विकास गर्नुका साथै पर्यावरणमैत्री सहरीकरणको नीति अवलम्बन गरेको छ। चीनको दिगोपनासम्बन्धी यो रणनीति विश्व नेतृत्वको एउटा उदाहरण हो। संसारले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ। व्यापारको विषयलाई लिएर चीनलाई कुरूप देखाउने दौडमा पश्चिमा देशहरूले यस मुद्दाप्रति भने ध्यान दिन सकेनन्।

बितेका १२ वर्षमा चीनले आफ्नो आर्थिक संरचनालाई धुवाँ फाल्ने उत्पादन उद्योगबाट न्यून कार्बन क्षेत्रमाथिको निर्भरता नाटकीय रूपमा बढाएको छ। निर्माण तथा उपभोग्य वस्तुको उत्पादनसहितको उत्पादन क्षेत्रलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को उच्च क्षेत्र (सेकेन्डरी सेक्टर) भनिन्छ। सन् २००६ सम्म चीनको कुल गार्हस्थ्य उत्पादनको ४८ प्रतिशत यस क्षेत्रले समेटेको थियो। त्यतिबेला कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत मात्र सेवा क्षेत्रले समेटेको थियो। सन् २०१८ सम्म आइपुग्दा यो अनुपात उल्टियो। कुल गार्हस्थ्य उत्पादनको ४१ प्रतिशत उच्च क्षेत्र र ५२ प्रतिशत सेवा क्षेत्रले समेट्यो। ठूला आर्थिक शक्तिका लागि छोटो समयावधिमै यति ठूलो आकारको उथलपुथल भनेको वस्तुतः अकल्पनीय मानिन्छ।

यो परिवर्तन कुनै दुर्घटना थिएन। सन् २००७ मा चीनका पूर्वप्रधानमन्त्री वेन जियाबाओले चिनियाँ अर्थतन्त्रमा अस्थिरता, असन्तुलित, असमन्वयात्मक र अ–दिगोपना (चार ‘अ’) बढेको भनी खतराको घण्टी बजाएका थिए। उनको यस भनाइले निकै चर्चा पाएको थियो। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले दिगोपनामा आइपरेको खतरामाथि चर्को बहस पनि चलेको थियो। जसको प्रभाव चीनको सबभन्दा पछिल्लो पञ्चवर्षीय योजना र सुधारमा परेको थियो। सन् १९८० दशकको सुरुतिर देङ स्याओपिङले तीव्र वृद्धिको दौडका क्रममा तय गरेको ऊर्जा तथा प्रदूषणमुखी मापदण्डमा बसिरहन नसकिने चिनियाँ नेतृत्वले अहिले निष्कर्ष निकालेको छ।

चीनको दिगोपना रणनीतिको तेस्रो प्रमुख पक्ष भनेको तीव्र गतिमा बढ्दो यातायात ढाँचा हो। चीन संसारकै सबैभन्दा ठूलो तीव्र गतिको रेलमार्ग सञ्जाल र तीव्र गतिमा बढ्दो सब–वे प्रणालीको देश हो। विद्युतीय सवारीसाधन प्रयोगको दौडमा चीन सबैभन्दा अघि छ।

नाटकीय संरचनागत रूपान्तरणमा अडिग रहेर त्यसयता चीनले कार्बनमुखी कोइलाजस्ता इन्धनको प्रयोग कम गर्दै तेल, प्राकृतिक ग्यास, जलस्रोत तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढ्ता जोड दिन थाल्यो। सन् २०१८ सम्म चीनको कुल आधारभूत ऊर्जा उपभोगमा कोइला उपभोग ५८ प्रतिशत थियो। बाँकी विश्वले प्रयोग गर्ने कोइलाको अनुपात १८ प्रतिशतभन्दा त्यो तीन गुणाभन्दा बढी थियो। वेन जिआबाओको दिगोपनाबारे गम्भीर ध्यानाकर्षण गर्न ‘चार अ’ बारे खतराको घण्टी बजाएको अघिल्लो साल सन् २००६ मा कोइलाको प्रयोग ७४ प्रतिशत थियो। त्यसको तुलनामा सन् २०१८ मा कोइलाको प्रयोग निकै ओरालो लागिसकेको थियो।

चीन संसारकै कार्बनरहित नवीकरणीय ऊर्जा जस्तै वायु, सौर्य र जैविक ऊर्जा (जिओथर्मल बायोमास) प्रयोग गर्ने अग्रणी देश हो। सन् २०१८ मा चीनले प्रयोग गर्ने नवीकरणीय ऊर्जासँग संयुक्त राज्य अमेरिकाको दाँजोमा ३८ प्रतिशतले बढी थियो। जर्मनीको भन्दा तेब्बर थियो। चीनको कुल आधारभूत ऊर्जा उपभोग अझै ४ प्रतिशतमा सीमित छ। तर, उनीहरूले बितेका पाँच वर्षमा नवीकरणीय ऊर्जाको उपभोग वार्षिक २५ प्रतिशत (सन् २०१८ मा २९ प्रतिशतले वृद्धि) का दरले बढाइरहेका छन्। यदि यही गतिमा चीनले नवीकरणीय ऊर्जाको उपभोग बढाउँदै गए आगामी सन् २०२५ सम्ममा चीनको कुल ऊर्जा उपभोगमा २० प्रतिशत नवीकरणीय ऊर्जाले ओगट्नेछ। यो सफा र न्यून कार्बनमुखी अर्थतन्त्रको बाटोमा ठूलो उपलब्धि हुनेछ।

चीनको दिगोपना रणनीतिको तेस्रो प्रमुख पक्ष भनेको तीव्र गतिमा बढ्दो यातायात ढाँचा हो। चीन संसारकै सबैभन्दा ठूलो तीव्र गतिको रेलमार्ग सञ्जाल र तीव्र गतिमा बढ्दो सब–वे प्रणालीको देश हो। विद्युतीय सवारीसाधन प्रयोगको दौडमा चीन सबैभन्दा अघि छ। विश्व बैंकले गरेको पूर्वानुमानअनुसार अर्को वर्षसम्ममा चीनले ३० हजार किलोमिटर (१८ हजार ६ सय ४१ माइल) तीव्र गतिको रेल निर्माण गरिसक्नेछ। सन् २०१७ मा चीनले २५ हजार किलोमिटरभन्दा बढी तीव्र गतिको रेल निर्माण गरिसकेको थियो। अर्को वर्ष यसमा चीनले उल्लेख्य उपलब्धि हासिल गर्नेछ। ऊर्जा किफायती यो लामो दुरीको यातायात र सन् १९५० र १९६० को दशकमा अमेरिकाले निर्माण गरेको अन्तरराज्य राजमार्गको कार्बनमुखी यातायात सञ्जालबीच गहिरो भेद छ।

कुनै पनि दिगोपनासँग सम्बन्धित चुनौतीको सबभन्दा गम्भीर पक्ष भनेको सहरी वातावरण हो। चीनको सन्दर्भमा सहरी वातावरण अझ महत्वपूर्ण छ, किनभने आगामी झन्डै तीन दशकमा चीनमा तीव्र सहरीकरण उही गतिमा अघि बढ्नेछ। अहिले चीनमा झन्डै ६० प्रतिशत जनता सहरी क्षेत्रमा बस्छन् भने सन् २०५० सम्ममा सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या ८० प्रतिशत पुग्नेछ। अरू देशमा जस्तै चीनका प्रमुख सहरका बाटाघाटा निकै साँघुरा बनिसकेका छन्। तर, यो समस्या समाधान गर्न चीनले केही काम गरिरहेको छ। चीनले संसारकै सबैभन्दा लामा १२ वटा सब–वे सञ्जाल बनाइरहेको छ। त्यसबाहेक चीनमा विद्युतीय सवारी साधनको संख्या अचाक्ली बढिरहेको छ। सन् २०१७ मा मात्र विद्युतीय सवारी साधनको विक्री ५ लाखभन्दा बढी संख्यामा भएको थियो। जब कि अमेरिका र युरोप दुवै मिलाएर पनि विद्युतीय सवारी साधनको विक्री २ लाखभन्दा कम थियो। आगामी दशकमा चीनमा विद्युतीय सवारीको बिक्री अझ बढ्नेछ।

चीनले नयाँ पर्यावरणमैत्री सहरी ढाँचा बनाउन मिहिनेत गरिरहेको छ। न्यून ऊर्जा खपत हुने निर्माण सामग्री, हलुका यातायातका साधन र योजनाबद्ध ‘हरित क्षेत्र’ सहरी केन्द्र बनाउनमा चीनले जोड दिइरहेको छ। बेइजिङको दक्षिणमा बनाइएको योजनाबद्ध ‘सहुलियत केन्द्र’ स्याओयान नयाँ क्षेत्र यसको ज्वलन्त उदाहरण हो। साइनो–सिंगापुर तेनजिन इको सिटी यसको अर्को उदाहरण हो। हेनानले हालै आफ्नो क्षेत्रमा सफा ऊर्जाका सवारीसाधन मात्र चल्न दिने योजना सार्वजनिक गरेको छ। पछिल्लो एउटा तथ्यांकअनुसार चीनले अहिले २ सय ५० भन्दा बढी इको–सिटी बनाइरहेको छ। सहरीकरण प्रक्रियामा चीन तुलनात्मक रूपमा ढिला मात्र आएकाले पनि चीनले सहरी योजना र ऊर्जाको किफायतीमा भर पर्ने अवसर प्राप्त ग-यो। औद्योगिक विश्वमा पहिले नै पसिसकेका देशलाई यो अवसर प्राप्त छैन।

चीन र पृथ्वीको अवस्थामा परिवर्तन ल्याउन के यति काम पुग्दो छ ? चीनको उत्सर्जन अझ उच्च तहमै छ तथापि संसारको उत्सर्जनमा चीनको भाग भने कम हुँदै जानु सुखद समाचार हो। विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जनमा चीनको भाग सन् २००१ मा १४ प्रतिशत थियो भने सन् २०११ मा बढेर २८ प्रतिशत पुगेको थियो। तर, त्यसयता भने बढेको छैन। चीनको कार्बन डाइअक्साइड उत्सर्जन सन् २०१८ मा २ दशमलव २ प्रतिशतले बढ्यो। चीनबाट भएको यो उत्सर्जन अमेरिका (२ दशमलव ६ प्रतिशत), रुस (४ दशमलव २ प्रतिशत) र भारत (७ दशमलव शून्य प्रतिशत) भन्दा कम थियो। युरोपको उत्सर्जन १ दशमलव ६ प्रतिशत र जापानको २ प्रतिशतको तुलनामा मात्र चीनको उत्सर्जन बढी देखियो।

तर चीनका लागि सुखद बनेको समाचार भने डुब्दै गरेको समग्र पृथ्वीका लागि भने सुखद पक्कै होइन। उत्सर्जनको रेखा ओरालो झार्नु र आफ्नो तर्फबाट हुने उत्सर्जन स्थिर बनाउनु एउटा कुरा हो। तर, सन् २०१५ को पेरिस जलवायु सम्झौताअनुसार उत्सर्जनको तह २० प्रतिशतले घटाउने उपलब्धि हासिल गर्नु भने भिन्न विषय हो। कार्बनमुखी उत्पादनबाट न्यून ऊर्जा सेवामा फेरिनु, विद्युत्तीय सवारी साधन, तीव्र गतिको रेलको सञ्चालन तथा पर्यावरणमैत्री सहरीकरण गर्नु र सबै क्षेत्रमा यही दिशा समात्नुले बाँकी संसारको तुलनामा चीन निकै अघि बढिरहेको प्रस्ट छ।

चीनका लागि व्यापार युद्ध महत्वपूर्ण हो। तर, चीनले त्यो भन्दा पनि महत्वपूर्ण दिगोपनाको लडाइँ जितिरहेको छ। संसारका अरू तथाकथित विकसित देशको भन्दा प्रतिव्यक्ति उत्पादन भर्खरै एक तिहाइ मात्र भएको अवस्थामा चीनले पर्यावरणको यो लडाइँलाई जोड दिइरहेको छ। एउटा तुलनात्मक रूपमा गरिब देशले सचेत रूपमा आफ्नो आर्थिक वृद्धिको जोडलाई परिमाणबाट गुणमा स्थानान्तरण गरिरहेको छ।

बाँकी हामी के गर्दै छौं ?

लेखक एल विश्वविद्यालयका शिक्षक तथा मोर्गन स्टेन्ले एसियाका पूर्व सभापति हुन्। त्यस्तै उनी ‘अनव्यालेन्सः द कोडिपेन्डेसी अफ अमेरिका एन्ड चाइना’ पुस्तकका लेखक हुन्।

कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१९
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस