वातावरण मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुको सिफारिस र पहलमा अर्थ मन्त्रालयले विदेशी बैंकबाट करिब चार अरब ३२ करोड रुपियाँ ऋण सर्वसाधारणको टाउकामा थोपर्ने अन्तिम तयारी गरिरहेको छ। करिब तीन अरब ६० करोड रुपियाँ अनुदान लिन यति धेरै ऋण लिने तयारी भएको हो। अचम्मको कुरा त जलवायु परिवर्तन र त्यसले पार्ने असर निस्तेज पार्न यो ऋण लिने तयारी भएको हो।
नेपाललाई दुई खरब ५३ अरब रुपियाँ वैदेशिक ऋण छ। यो ऋण करिब तीन करोड जनसंख्यालाई बाँड्दा एक जनाको भागमा करिब साढे आठ हजार पर्छ। यस्तो बेला आफूले गर्दै नगरेको प्रदूषण र त्यसले निम्त्याउने समस्या निस्तेज पार्ने नाममा थप ऋण लिने प्रपञ्च भइरहेको छ।
विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेसनले संयुक्तरुपमा उक्त ऋण र अनुदान दिन लागेका हुन्। ऋणदाताहरुले यस परियोजनालाई पाइलट प्रोग्राम फर क्लाइमेट रेजिलियन्स (पीपीसीआर) नाम दिएका छन्। उनीहरुको स्थापनाको उद्देश्य नै गरिब र अतिकम विकसित मुलुकलाई ऋण दिने हो। तर, जलवायु परिवर्तन र यसको असरबाट बच्न वा यसलाई निस्तेज पार्ने विकास निर्माणका लागि हामीजस्ता मुलुकलाई ऋण थोपर्ने काम अहिले विवाद र चर्चाको विषय बनेको छ। यो ऋण नेपाली नागरिकको पक्षमा छ। यस्तो ऋण लिनुपर्छ भनेर सरकारलाई उचाल्ने र सिफारिस गर्ने राष्ट्रिय योजना आयोग र वातावरण मन्त्रालयका पदाधिकारीहरुको गलत आधार प्रस्तुत गरिरहेका छन्।
यो ऋण किन लिने? जलवायु परिवर्तन नेपाली नागरिकले गरेको प्रदूषणको उपज हो? विश्व मानचित्रमा नेपालको भूभाग, जनसंख्या र विकासको स्तर कस्तो छ? जलवायु परिवर्तनको मुख्य कारण मानिएको कार्बनडाइअक्साइडको मात्रा वायुमण्डलमा बढ्दै जानुमा नेपालको योगदान कति छ? जलवायु परिवर्तन नेपाली नागरिकले भित्र्याएको समस्या होइन। वायुमण्डलमा संकलित कार्बनमा नेपालको हिस्सा ०.०२५ प्रतिशतमात्र छ। यो कुरा सिफारिसकर्तालाई राम्रै थाहा छ। यतिमात्र होइन, जलवायु परिवर्तन अतिकम र अल्पविकसित मुलुकका कारण भएको होइन भन्ने विश्व समुदायले समेत स्विकारेको छ। तर, विषयवस्तु र पृष्ठभूमिबिना आफूलाई 'जलवायु परिवर्तन'का विज्ञ ठान्ने हाम्रा नीतिनिर्माता र पदाधिकारीहरुको घैँटोमा कहिल्यै घाम लागेन। उनीहरु बुझ पचाइरहेका छन्। हु"दाहु"दा जलवायु परिवर्तनका नाममा समेत ऋण भित्र्याउने पहल गरिरहेका छन्।
'राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिविपरीत ऋण लिने तयारी भइरहेको छ, जुन नेपालीका लागि अत्यन्त प्रत्युत्पादक हुनेछ', जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत डा. जगदिशचन्द्र बराल भन्छन्, 'अनुदान लिँदा त राष्ट्रिय हितबारे सोच्नुपर्ने बेला आफूलै गर्दै नगरेको गल्ती सच्याउन ऋण लिने तयारी भइरहेको छ।' उनले यो ऋण वातावरणको 'प्रदूषकले जरिवाना तिर्नुपर्छ' भन्ने वातावरणीय अवधारणाविपरीत भएको बताए।
नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्षको अल्पविकसित मुलुक पक्ष राष्ट्र हो। महासन्धिले प्रदूषण बढी गर्ने चीन, भारत, अमेरिका, युरोपेली संघ, रुस, जापानजस्ता मुलुक र संगठनले अतिकम र अल्पविकसित मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ। महासन्धिअर्न्तगत 'अल्पविकसित मुलुक कोष' समेत छ। जलवायु परिवर्तनबाट प्रभावित गरिब र अल्पविकसित मुलुकलाई त्यही कोषबाट क्षतिपूर्ति स्वरुप अनुदान र सहयोग उपलब्ध गराउने व्यवस्था छ। कोषमा विकसित र प्रदूषक मुलुकले आफ्नो कुल गार्हस्थ आम्दानीको केही प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। अल्पविकसित मुलुकले कोष परिचालनका लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आवाज उठाइरहेका छन्। अझ नेपालले अतिकम विकसित मुलुकको विज्ञ समूहमा अध्यक्षता गर्दै आएको छ। त्यही समूहले अनिवार्य राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) तयार गर्नुपर्ने निर्देशिका जारी गरेको थियो। निर्देशिकाअनुसार संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको आर्थिक सहयोगमा नेपालले केही महिनाअघि नापा तयार गरिसकेको छ। यसको कार्यान्वयन महासन्धिअर्न्तगत कोषबाट प्राप्त अनुदान र सहयोगबाट गर्ने भनिएको छ।
वातावरण मन्त्रालय र आयोगका पदाधिकारी भने ऋण खोज्दै हिँडिरहेका छन्। उनीहरुले नापा र पीपीसीआर अलग-अलग परियोजना हुन् भन्दै डंका पिटिरहेका छन्। अझ नापामा प्रयोग भएको 'एडप्टेन' र पीपीसीआरमा प्रयोग भएको 'रेजिलियन्स' फरक-फरक शब्द हुन् भनेर अर्थ मन्त्रालयलाई झुक्याइरहेका छन्। सरकारबाट ऋण स्वीकृत गराउन अनेक तिगडम भइरहेको छ। नापामा उल्लिखित अधिकांश आयोजना पीपीसीआरस"ग मिल्दाजुल्दा छन्। विशेगगरी जलवायु परिवर्तन निस्तेज पार्न भौतिक पूर्वाधारको निर्माण, एकीकृत जलाधार व्यवस्थापनलगायत चार मुख्य कार्यलाई पीपीसीआरले समेटेको छ।
नापा बनाउने र कार्यान्वयन आर्थिक स्रोतमा अनुदान र सहयोग उल्लेख गर्ने अनि ऋणका लागि पहल गर्ने काम भइरहेको छ। यसले मन्त्रालय र आयोगका पदाधिकारीको दोहोरो भूमिकाको पुष्टि गरेको छ। जलवायु सम्मेलनमा एकथरी प्रतिबद्धता जनाउने, यहा" आएर विकसित मुलुकको प्रदूषणको मार खेपिरहेका नागरिकलाई ऋण बोकाउने साहस हाम्रा स्वघोषित विज्ञ र पदाधिकारीहरुलाई कसरी आयो?
वनजंगल संरक्षण, गोबरग्या"स प्लान्ट जडान, साना जलविद्युत् आयोजना, सौर्य ऊर्जा, वायु ऊर्जा र पानी घट्टलगायत वातावरण संरक्षण र स्वच्छ ऊर्जा प्रवर्द्धन गरेर विश्व समुदायबाट अनुदान लिने कि ऋण बोक्ने? स्वच्छ ऊर्जाको प्रवर्द्धनबापत हामीले प्रदूषण गर्ने विकसित मुलुकबाट क्षतिपूर्ति लिन सक्नुपर्ने हो। यो कुरा हामीलाई ऋण बोकाउन तत्पर बैंकहरुले पनि सोच्ने बेला आएको छ। ऋण होइन, जलवायु परिवर्तनबाट पीडित नेपालीलाई प्रदूषक मुलुकले क्षतिपूर्ति दिनुपर्छ। यो हाम्रो अधिकार हो। यस अधिकारका लागि लड्न नसक्ने हाम्रा नीतिनिर्माता र पदाधिकारी निकम्मा र अक्षम हुन्।
ऋण बोकाउन तत्पर निकायका पदाधिकारीहरुले काम नपाएकै हुन् त? काम छैन भने उनीहरु 'स्वच्छ ऊर्जा विकास संयन्त्र'को प्रवर्द्धनमा लागे हुन्छ। वन विनाश र क्षयीकरणबाट कार्बनडाइअक्साइड प्रदूषण कम गरी त्यसबाट पुरस्कार स्वरुप आर्थिक लाभ प्राप्त गर्ने (रेड) रणनीति र त्यसको कार्यान्वयनमा पहल गरे हुन्छ। कार्बन व्यापारमा त्यतिकै पहल आवश्यक छ। अरब र करोडौँ ऋण खेाज्नेभन्दा पनि विकसित मुलुकबाट क्षतिपूर्ति र अनुदान भित्र्याउने क्षमता वातावरणका पदाधिकारीले देखाए भने नेपाली नागरिकले 'जलवायु परिवर्तन' समस्याबाट राहत पाउने छन्। तर, यो काम गर्न वातावरण मन्त्रालयको अहिलेको संयन्त्र सक्षम छैन। वनस्पति विज्ञान र प्रशासन चलाएका पदाधिकारीले सरकारलाई यस्तै गलत सुझाव र सिफारिस गरेर गुमराहमा पारिरहेका छन्। सरकारले ऋण स्वीकृत गर्नुपूर्व बुझ्नु जरुरी छ।
बिनाब्याज चालीस वर्षका लागि यो ऋण चा"जोपाजो मिलाइएको हो। ऋण भनेपछि स्वीकार गर्नुपर्छ भन्ने मनस्थितिमा सरकार पनि छ। चालीस वर्ष होस् वा एक शताब्दी, ऋण भनेको ऋणै हो। यो तिर्नुपर्छ। यो कसरी र कहा"बाट तिर्ने? 'यो प्रतिउत्पादक ऋणको औचित्य हुँदैन', वातावरणविज्ञ डा. तोरण शर्मा भन्छन्, 'ऋण लगानी गरेपछि यसका तिर्ने आधारहरु पनि स्पष्ट हुनुपर्छ। ती आधारमा यसमा भेटिँदैन।'
दातृ निकायले अरु क्षेत्रको विकासका लागि ऋण उपलब्ध गराए पनि वातावरण क्षेत्रमा नेपाललाई अनुदान दिएर सहयोग गर्न उपयुक्त हुनेछ। किनकि नेपाली प्रदूषक होइनन्, क्षतिपूर्ति र अनुदानका हकदार हुन्। यसले सबैतिर सकारात्मक सन्देश जानेछ। पीपीसीआर परियोजनाका लागि दिइने भनिएको ऋण फिर्ता लग्नु जरुरी छ। अनुदान पनि सर्तरहित तरिकाले उपलब्ध गराउनुपर्छ। अनिमात्र नेपालीको हितमा हुनेछ।