कांग्रेसका चुनौती
२७ फागुन २०६८
•
१२ मिनेट पाठ
कांग्रेसका चुनौती
प्रधानमन्त्री तथा एनेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराईले किसुनजीको वार्षिकीमा आयोजित कार्यक्रममा '२०३३ सालसम्म कांग्रेसका कतिपय एजेण्डासँग आफू नजिक रहेको तर त्यसपछि कांग्रेसले राजासँग मिल्ने नीति लिएपछि सम्पूर्ण सम्बन्ध तोडेको' बताए। नेकपा (एमाले)को राष्ट्रिय परिषद्को बैठक उद्घाटनका अवसरमा अध्यक्ष झलनाथ खनालले कांग्रेस 'आर्िथक, सामाजिक मुद्दाहरूमा चुप बस्ने गरेको' र 'राजनीतिक हल्ला गर्ने स्वतन्त्रतालाई मात्र कांग्रेसले लोकतन्त्र भन्ने गरेको ' भनेर कटाक्ष गरे। त्यस कार्यक्रमका वक्ता प्रायः सबैले कांग्रेसलाई यथास्थितिवादी भने।
राष्ट्रिय राजनीतिमा कांग्रेसका प्रतिस्पर्धी देखिएका दुवै कम्युनिष्ट पार्टीका जिम्मेवार नेताले नेपाली कांग्रेसलाई गंभीर आक्षेप लगाएका छन्। यी सबालको स्पष्ट उत्तर दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हो। साथै, उनीहरूले गरेको कटाक्षको शिष्ट, स्पष्ट र व्यावहारिक उत्तर दिनसके कांग्रेसको संगठन निर्माणमा पनि सकारात्मक प्रभाव पर्नेछ।
संगठन अपेक्षाकृत कमजोर देखिएको भए पनि नेपाली कांग्रेस भने आफ्नो चरित्र र परम्पराअनुरूप राष्ट्रिय राजनीतिमा जिम्मेवार र उत्तरदायीरूपमा प्रस्तुत हुँदै आएको छ। नेपालमा २००७ सालदेखि भएका सबै लोकतान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले गर्दै आएको हो। पहिलो संसदीय निर्वाचन २०१५को पछि कांग्रेसको सरकारले गरेका कामहरूले पार्टीको महत्ता बढाएको थियो। राजा महेन्द्रले सेनाका बलमा कांग्रेसको सरकारसँगै संसद् र लोकतन्त्र पनि समाप्त पारे। पार्टीका नेताकार्यकर्ता थुनिए। थुनामा नपरेकाहरू भारत निर्वासनमा गए। त्यस अवधिमा लोकतन्त्र स्थापनाको लडाइँमा मात्र कांग्रेस केन्द्रित रह्यो। राष्ट्रियता संकटमा परेको देखेर विश्वेश्वरप्रसाद कोइराला निर्वासनबाट फर्केपछि २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रह, २०४२ को सत्याग्रहजस्ता कार्यक्रमले कांग्रेसलाई पुनः जनताका बीचमा स्थापित गर्‍यो। फलस्वरूप कांग्रेसले २०४६ मा जनआन्दोलनको नेतृत्व गरेर मुलुकमा लोकतन्त्र र कांग्रेसको नेतृत्व दुवै स्थापित गरायो। त्यसपछि मुलुकका सबै संसदीय निर्वाचन र लोकतान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्‍यो। फलीवरूप, मुलुकलाई संकटबाट मुक्त गर्न कांग्रेसको नेतृत्व अपरिहार्य सिद्ध भयो। माओवादीको सशस्त्र विद्रोहको समाप्ति, संविधानसभाको निर्वाचन र मुलुकमा गणतन्त्रको स्थापना पनि कांग्रेसकै नेतृत्वमा भए। अर्थात्, इतिहासका घटनाक्रम हेर्दा कांग्रेस सधैँ परिवर्तनको अगुवा बन्दै आएको देखिन्छ।
नेपाली कांग्रेस यथास्थितिवादी पार्टी हो भन्ने आक्षेप इतिहासले नै साधिकार खण्डन गरिसकेको छ। यस्तै नेपालका संसदीय व्यवस्था असफल भएको भन्ने कथन पनि भ्रमपूर्ण छ। संसदीय व्यवस्था असफल भएको भन्नेहरूले आफ्नो भनाइको आधार स्पष्ट पार्नुपर्छ। विगतमा सरकार अस्थिर भएको (वा गराइएको?) आधारमा मात्र संसदीय व्यवस्थालाई असफल ठान्नु नेपाली समाजको वर्तमान चेतनाको स्तर बु‰न नसक्नु हो। अहिले नेपाली समाजले राज्यको सम्पूर्ण संरचनामा स्वामित्व खोजेको छ। यसका लागि समावेशी र पूर्ण सहभागी समाज पहिलो सर्त हो। शान्तिपूर्ण र लोकतान्त्रिक विधि र प्रक्रियाबाटै समावेशी, सहभागितामूलक राजनीतिक व्यवस्था र विभेदरहित समाज निर्माण गर्न तथा शक्ति सन्तुलन कायम राख्न संसदीय प्रणालीको उत्तम विकल्प अरू के हुन सक्छ? संसारभरकै उदाहरण हेर्ने हो भने पनि संसदीय प्रणाली असफल प्रमाणित भएको छैन।
वास्तवमा जनताबाट निर्वाचित प्रतिनिधिको प्रभावकारी उपस्थिति नहुने र कार्यकारिणी शक्ति पूर्णतः संसद्प्रति उत्तरदायी नहुने शासन व्यवस्था लोकतान्त्रिक हुनसत्तै्कन। त्यस्तो शासन पद्धति समावेसी, सहभागितापूर्ण र जनउत्तरदायी हुनसत्तै्कन। संसारमा संसदीय पद्धतिका विभिन्न रूप प्रचलनमा छन्। नेपालमा सरकार अस्थिर भएकैलाई ठुलो समस्या ठान्ने हो भने संसदीय प्रणालीभित्र त्यसको समाधान खोज्न कठिन हुँदैन। नेपाली कांग्रेस संसदीय पद्धतिको मूल मर्म कायम राखेर अरू विधि र प्रक्रियामा छलफल गर्न सधैँ तयार देखिएकै छ। अहिलेकै पद्धति पनि वेस्टमिनस्टर शैलीभन्दा केही फरकै छ। संसदीय प्रणालीकै पक्षमा अडान लिएकैले कांग्रेसलाई 'यथास्थितिवादी' देख्नुभन्दा ठुलो दृष्टि दोष अरू के होला?
दरबार हत्याकाण्डपछि हालका प्रधानमन्त्री भट्टराईले माओवादीको राजा वीरेन्द्रसँग अघोषित कार्यगत एकता रहेको तथ्य सार्वजनिक गरेका थिए। तिनै भट्टराईले २०३३ सालमा कांग्रेसले राष्ट्रियता विषयमा राजासँग मतभेद हुनसत्तै्कन भन्ने नीति लिनेबित्तिकै कांग्रेससँगको सम्बन्ध तोडेका रहेछन्। वीपी कोइराला 'राष्ट्रिय मेलमिलाप' को नीति अपनाई ज्यानको बाजी थापेर भारतबाट फर्कनु भएको हो। त्यति बेला दक्षिण एसिया राजनीतिक अस्थिरताको भुमरीमा परेको थियो । राष्ट्रियताको रक्षाका लागि राष्ट्रिय राजनीतिक शक्तिहरूबीच सहमति कायम लोकतन्त्रको संघर्ष अगाडि बढाउने कदम कांग्रेसले लिएपछि भट्टराई बिच्किएका रहेछन्। किन? भारत र भट्टराई आक्रोश एउटै कारणबाट एकै पटक प्रकट भएको रहेछ। कांग्रेस अहिले पनि राष्ट्र जोगाउन र नेपाली समाजमा विद्यमान सद्भाव कायम राख्न अगुवाइ गर्ने दायित्व पुरा गर्न तत्परै छ। बरु, गणतन्त्र स्थापनाका लागि भनेर नेपाली युवालाई रक्तरञ्जित द्वन्द्वमा होम्ने माओवादी नेताहरूले 'राजासँग अघोषित कार्यगत एकता' गर्नु जनतालाई दिइएको धोका होइन? राजा र माओवादीबीच कार्यगत एकता हुनसक्ने विन्दु लोकतन्त्रविरुद्धको षड्यन्त्र नै हो। वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले सत्ता हातमा लिए। माओवादीको हिंसात्मक द्वन्द्वले त्यसको आधार तयार पारिदिएको थियो। मुलुकलाई मध्ययुगतर्फ फर्काउने षड्यन्त्रका सहयोगीहरूले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसलाई यथास्थितिवादी भन्नुभन्दा ठुलो फट्याइँ अरू के हुनसक्छ? नेपाली कांग्रेसको २००६ सालको घोषणापत्रमा उल्लेख भएको समानताको मागदेखि कांग्रेस सरकारले गरेको कमैया मुक्तिको घोषणासम्म, भूमि, प्रशासन तथा आर्थिक क्षेत्रको आधुनिकीकरणका नीतिसम्म, गणतन्त्रको स्थापनासम्म गतिशील कांग्रेसलाई 'यथास्थितिवादी' देख्नु मतिभ्रम मात्रै हो।

कांग्रेसका कमजोरी नै नभएका होइनन्। उसले आफ्ना सिद्धान्त। कार्यक्रम र कार्यसूचीको प्रचार गरेर जनमत बनाउन ध्यान दिएन। तिनको कार्यान्वयनका लागि वातावरण बनाउनमात्र जोड दिएकाले चर्चा कम हुनु स्वाभाविकै हो। यही कमजोरीको फाइदा उठाएर कम्युनिस्टहरूले कांग्रेसकै कतिपय कार्यसूचीलाई आफ्ना एजेन्डा भन्ने र कतिपय निराधार आक्षेप र हल्ला फैलाए। यसबाट जनतामा पनि अन्योल उत्पन्न भएको छ। अहिले, यही अन्योल हटाउने उद्देश्यले कांग्रेस नेतृत्व देशभर जनतासामु उपस्थित हुने क्रममो छ। कांग्रेसले नेतृत्व नलिई मुलुकको अन्योल समाप्त नहुने लक्षण देखापरिसकेको छ। यस चुनौतीको पनि कौशल, संयम र सुझबुझ प्रदर्शन गरेर उपयोग गर्ने सामर्थ्य नेपाली कांग्रेसको नेतृत्वले अहिले पनि देखाउनुपर्छ। देशलाई अन्योलबाट मुक्त गर्न कांग्रेस सफल भएमा उसमाथि लगाइएका आक्षेपहरू स्वतः निरस्त हुनेछन्। कांग्रेस नेतृत्वका लागि सबैभन्दा ठुलो चुनौतीको यही हो। यसको सामना गर्न नेतृत्वमा रहेको कांग्रेसको यो पुस्ता पूर्ण क्षमता र कौशलका साथ प्रस्तुत हुनु जरुरी छ।
अर्को समाचार
पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई गगन थापाको चुनौती
०८ मंसिर २०८३
•
२ मिनेट पाठ
पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई गगन थापाको चुनौती
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले आफूविरुद्ध हुने कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका हुन्।

व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको थापाको भनाइ छ।

‘व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ। तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो,’ उनले भने, ‘पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन।’

उनले आफू वा अरू जोसुकैविरुद्ध हुने अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने बताए।

‘नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,’ थापाले भने। कानुनानुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई आग्रह गर्दै उनले राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न चेतावनी दिए। राज्यका निकाय सत्य र न्यायका पक्षमा उभिनुपर्ने उनको भनाइ छ।

सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उल्लेख गर्दै थापाले राजाको शासनकालदेखि नै राज्यका गलत कदमको विरोध गर्दै आएको स्मरण गरे।

विगतमा पनि धम्की र मुद्दाको सामना गरेर अघि बढेको बताउँदै उनले राजाको शासनकालमा एक्लै राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा निकै दुःख पाएको सुनाए।

कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले बताए।

बैठकमा सभापति थापाले पार्टीको १५औं महाधिवेशनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग हालसम्म पाँचपटक भेट भएको जानकारी दिए। प्रदेश सरकारको समीकरणका विषयमा ओलीसँग भेटघाट हुँदै आएको उनको भनाइ छ।

मधेस प्रदेश सरकारको समीकरणका विषयमा भने एमाले अध्यक्ष ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पुनः छलफल गर्नुपर्ने थापाले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस