एसिसी ट्रफीमा सहभागिताको १६ वर्षपछि नेपाली टिम शुक्रबार च्याम्पियन बन्न सफल भएको छ। यसअघि नेपाल दुई पटकसम्म प्रतियोगिताको फाइनलमा पुगे पनि सफलता हासिल गर्न सकेको थिएन। तर तेस्रो पटकको प्रयासमा नेपाल आयोजक युएइसँगै संयुक्तरुपमा विजेता घोषित भएको हो। सारजाहमा भएको प्रतियोगिताको फाइनलमा टस हारेर ब्याटिङ गर्न आएको युएइलाई नेपाली टिम उत्कृष्ट बलिङ र क्षेत्र रक्षण प्रदर्शन गर्दै २ सय ४१ रनको योगफलमा रोक्न सफल भएको थियो। त्यसका लागि अयोजक टिमले आफ्ना ६ विकेट गुमाउनुपरेको थियो। प्रत्युत्तरमा नेपाली टोली नौ विकेट गुमाएर २ सय ४१ रनमै रोकिएपछि खेल 'टाइ' हुन पुगेको थियो। त्यसपछि दुवै टिमलाई संयुक्त विजेता घोषित गरिएको हो।
नेपाली टोलीका कप्तान पारस खड्का प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुले पनि हाम्रा खेलाडी विश्वस्तरका भइसकेको प्रमाणित पनि भएको छ। प्रतियोगितामा कप्तान खड्काले उत्कृष्ट नेतृत्वको नमुना प्रदर्शन गर्दै आफ्नो टिमलाई सफलता दिलाउन महŒवूर्ण योगदान दिए। देश अहिले नेपालीहरूको महान् चाड दशैं मनाउने तयारीमा रहेको अवस्थामा नेपाली टोलीले भलाद्मी खेलमा हासिल गरेको यो सफलता वास्तवमा समस्त नेपालीका लागि विजयादशमीको उपहारका रुपमा आएको छ। प्रतियोगितामा सहभागी नेपाली खेलाडी, कप्तान, प्रशिक्षक र नेपाल क्रिकेट संघ (क्यान) यसका लागि निश्यच पनि बधाईका हकदार छन्।
एक महिनाको अन्तरालमा नेपाली राष्ट्रिय टोलीले देशका लागि दुई वटा उपाधि जितेको छ। गत भदौमा मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि पनि नेपाली टिमले जितेको थियो। हाम्रा खेलाडीले विजयादशमीको पूर्व सन्ध्यामा हासिल गरेका उपलब्धिका लागि जति प्रशंसा गरे पनि कम हुन्छ।
१६ वर्षअघि सन् १९९६ मा भएको पहिलो एसिसी ट्रफी प्रतियोगितामा नेपाली टिमको सहभागिताको महŒव अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गर्नेसम्म सीमित थियो। त्यसपछिका दिनमा टोलीले हासिल गर्दै गएको सफलता र यहाँ उपलब्ध क्रिकेटका भौतिक पूर्वाधार तुलना गर्ने हो भने त्यो कतै मेल खाँदैन। वास्तवमा नेपाली क्रिकेट टोलीको सफलतामा अहिले पनि खेलाडी र प्रशिक्षकको मेहनत र लगनशीलता नै प्रमुख कारण बन्दै आएका छन्। हो, पछिल्ला दिनमा खेलाडीलाई लक्षित गर्दै केही राम्रा कार्यक्रम ल्याइएका छन्। डिभिजन ४ मा जित हासिल गरेपछि नेपाली खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिएको छ। तर क्रिकेटको समग्र विकासका लागि यो पर्याप्त छैन। भौतिक पूर्वाधारमा पनि परिवर्तन आएको छैन। मुलुकभरका क्रिकेट प्रतिभालाई परिस्कृत गर्ने काम नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान), सरकार र निजी क्षेत्रको हो।
नेपाली क्रिकेट टोलीले एक महिनाभित्र देखाएको यो प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट भए पनि यसलाई नै हाम्रा खेलाडीको पूर्ण क्षमता मान्न भने मिल्दैन। उनीहरूमा निहित प्रतिभा विश्वस्तरीय बन्न सक्षम छ। तर यसका लागि प्रतिभालाई निखार्ने प्रयास भने गरिनुपर्छ। क्रिकेट सामूहिक खेल हो। यसमा कुनै एउटा खेलाडीको उत्कृष्ट प्रदर्शनले खेलमा सकारात्मक असर त पार्छ तर जितका लागि पर्याप्त हुन सक्दैन। यस्तो अवस्थामा हाम्रा खेलाडीले विदेशी धरतीमा गरेको सामूहिक प्रदर्शन पनि प्रशंसनीय छ। विदेशी धरतीमा नेपाली झण्डा फहराउन सक्नुको मुख्य कारण पनि यही हो।
पारस खड्काको नेतृत्वमा नेपाली खेलाडीले प्रदर्शन गरेको सामूहिक प्रयासको सफल नमुना वर्तमान स्थितिमा राष्ट्रकै लागिसमेत अनुकरणीय हुन पुगेको छ। एकजुट भई प्रयास गर्ने हो भने लक्ष्य प्राप्त गर्न कठिनाई भए पनि असम्भव नहुने तथ्यलाई नेपाली क्रिकेट टोलीले सारजाहमा प्रमाणित गरेको छ। समग्रमा नेपाली टोलीले प्राप्त गरेको यस उपलब्धिबाट नेपाली राजनीतिले पनि धेरै कुरा सिक्न सक्नेछ।