झमक्क साँझ पर्न लागेको समय ग्वार्को चोक नजिक एक जना कोटेश्वरतर्फ हेर्दै बाटो पार गरिरहेका थिए। दक्षिणतर्फबाट तेज गतिमा आएको एउटा नीलो रंगको टिपरले तिनलाई ठक्कर दियो। ठूलो आवाज आयो। ती व्यक्तिको शरीर आकाशमा ...एक्रोब्याटिक' गरेझै एकैछिन परिक्रमा गरेर सडकको अर्को कुनामा बजि्रयो। रोक रोक भनेर सबैले कराउँदा पनि ट्रक गति बढाएर भाग्यो। सडकमा पछारिएका व्यक्तिलाई बी एण्ड बी अस्पताल कुदाइयो। उपचारका क्रममा के भयो थाहा पाउन सकिएन। तर त्यत्रो गतिमा आएको ट्रकको ठक्करबाट बाँच्ने सम्भावना कम थियो। झण्डै चार वर्षअघिको यो घटना मेरो आँखाअगाडि त्यो दिनयता घुमी नै रहेको छ।
चक्रपथ, जहाँ माथि उल्लेख गरिएको दुर्घटना भयो, त्यसको थुप्रै स्थानमा साना नै किन नहोस्, २० कि.मी. लेखेका संकेत झुण्ड्याइएको छ। अर्थात् त्यो सडकमा २० किलोमिटर प्रतिघण्टा भन्दा तेज गतिमा सवारी साधन कुदाउन मनाही गरिएको छ। त्यसो त कोटेश्वर-भक्तपुर सडक खण्डमा पनि ३० कि.मी को गति तोकिएको छ। राजमार्गहरुमा समेत तेज गतिमा सवारी साधन नचलाउन आग्रह गरिएका थुप्रै बोर्ड झुण्ड्याइएको हुन्छ। तर जाम नभएको अवस्थाबाहेक अत्यधिक गतिमा सवारी साधन नदगुराउनेचाहिँ साइकल चालकदेखि सानासाना बालबालिका बोक्ने स्कुले माइक्रो बस कुनै पनि देख्न पाइँदैन। पावर टि्रलर होस् कि क्षमताभन्दा बढी भार अथवा यात्रु बोकेको सवारी साधन जुन कुनै सवारी साधन अनियन्त्रित हिसावले कुदाएको पाइन्छ। अनियन्त्रित गतिमा सवारी साधन दगुराउनुका पछाडि थुप्रै मनोवैज्ञानिकदेखि आर्थिक कारण हुन सक्छन्।
हाम्रो जस्तै आर्थिक स्थिति भएका मुलुकमा पनि २५/३० वर्षपहिलेदेखि नै ट्राफिक प्रहरीहरु गतिमापन उपकरण प्रयोग गर्दै थिए। यो प्रविधि विकसित मुलुकमा त छ्यास्छ्यास्ती नै प्रयोगमा हुन्छन्। हाम्रो मुलुकमा सवारी चालकले सवारीको साधन जतिसुकै छिटो दगुराए पनि सजाय पाएका समाचार प्रकाशमा नआउनुको मुख्य कारण प्रहरीसँग उक्त सुविधा नभएकाले नै हुनुपर्छ। दुर्घटनाको मुख्य कारण चालकको लापरबाही हो भन्ने प्रहरी अधिकृतहरुको भनाई भए पनि गति नियन्त्रणतर्फ ट्राफिक प्रहरी अग्रसर किन छैन? यो अहम् प्रश्न हो।
हाम्रो देशको कुनै न कुनै भागमा सडक दुर्घटना भएको समाचार नआएको दिन बिरलै हुन्छ। हुन त नेपालमा भएका सडक दुर्र्घटनाका समाचारले नेपाली सञ्चार माध्यममा मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत स्थान पाउन थालिसकेका छन्। निश्चय पनि जुन मुलुकमा २२ हजार किलोमिटर सडक छ र जनसंख्यामध्ये आधाको पनि सडकसम्म पहुँच हुँदैन, त्यस मुलुकमा सडक दुर्घटनामा वर्षको दुई हजारको हाराहारीमा मानिसको ज्यान जानुलाई अचम्म मान्नुपर्ने हुन्छ।
केही महिना अगाडिदेखि हाम्रो ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने कार्यलाई नियन्त्रणमा लिएको छ । च्याउझैं उम्रेका भट्टीदेखि लिएर पर्यटकहरुको आकर्षणका निमित्त बनाइएका रेष्टुरेन्ट तथा विदेशी र स्वदेशी मदिरा बिक्री गर्ने व्यापारीसम्म कसैले पनि मदिरा व्यापारमा नियन्त्रण होला भन्ने कल्पना पनि गरेको थिएन। दण्डहीनता मौलाएको अवस्थामा जवाफदेहिता भन्ने कुरा प्रायः राजनीतिक र प्रशासनिक क्षेत्रमा शून्य भएको र समाजमा ट्राफिक प्रहरीलाई यति ठूलो साहसिक कार्य गर्ने छुट हुन्छ होला भन्ने सामान्य नेपालीको कल्पनाभन्दा परकै विषय हो। तर सवल नेतृत्व भयो भने यति ठूलो कार्य त ट्राफिक प्रहरीले गर्न सक्ने रहेछ भने दुर्घटना न्युन गर्ने काम उसले किन गर्न नसक्नु?
ट्राफिक प्रहरीका निमित्त जसरी मादक पदार्थ सेवन गरेकालाई सजाय दिन जति सजिलो परेको छ, निश्चय पनि दुर्घटना न्युनीकरण गर्न त्यति सजिलो भने हँुदैन। यो प्रक्रियामा सवारी चालकमात्र नभएर पैदल हिँडने बालबालिकादेखि युवा, वृद्ध सबैको सहयोग र जागरुकता आवश्यक पर्छ। काठमाडौं उपत्यकाको सडकमा सवारी साधन गुड्न थालेको छ दशक भइसक्दा पनि हामी उपत्यकाबासी सडकको साधारणभन्दा साधारण नियमसँग पनि परिचित छैनौं। भए पनि तिनलाई उपेक्षा गरेर पुरुषार्थ देखाउन लागिपर्छांै।
जतिसुकै ब्यस्त सडकमा पनि प्रायःजसो हामी सबै अंगालो हालेर गफ चुट्दै हिँडन रुचाउँछौं। बाटो पार गर्नु भनेको घर आँगनको एक छेउबाट अर्को छेउ हिँडेजस्तै गरेर आफनै सुरमा हिँडिदिन्छौं। कुनै सवारी चालकले बाटो पार गर्ने पैदल यात्रीलाई सम्मान गरेर रोकिदिइहाल्यो भने पनि हामी हेलचेक्राई गरेर आफ्नै गतिमा बाटो पार गर्छौं। ठाउँ ठाउँमा सडकमाथि बाटो पार गर्न बनाइएका आकाशे पुल छन्। तर धेरै स्थानमा तिनको उपयोग सामान बिक्री गर्ने पसलका रूपमा छ। पुलबाट बाटो पार गर्ने कष्ट गर्नुको साटो हामी जहाँ मन लाग्छ, त्यहीँबाट बाटो पार गर्छौं। जेब्रा क्रस छ भन्ने ज्ञान हामीलाई हँुदैन। यो कार्यमा ट्राफिक प्रहरीले पैदल यात्रुलाई अपर्झट घेरामा राखेर तथा जरिवाना तिर्न लगाएर नियन्त्रण हुने होइन। बरु स्कुल कलेजमा गएर विद्यार्थीलाई सडकको नियम सिकाउने विद्यार्थी स्वयंसेवकहरु परिचालन गर्ने गरेमात्र हुन सक्ने हो।
सवारी साधन चलाउने प्रमाणपत्र दिने हाम्रो प्रक्रिया शायद विश्वमा सबैभन्दा सरल र सुलभ छ। किनकि जोसुकैले पनि सवारी साधन चलाउन जानेको छ भन्ने ठान्छ भने उसले सजिलैसँग प्रमाणपत्र पाउन सक्छ। सवारी साधन चलाउन मेहनत नै गर्नुपर्ने भनेको कहिले पनि प्रयोजनमा नआउने सडकका छेउ कुनामा अड्काइएका ट्राफिक साइन चिन्नुपर्नेमात्र हो। चालकले ट्राफिक नियम जान्नुपर्ने अनिवार्यता नै पहिलो आवश्यकता हो। नेपाली सडकमा दगुराउने दुई पांग्रे साधनदेखि २० पांग्रे भारी ट्रकसम्मले सडक नियमको पालना गरेको पाइन्न। शहरी क्षेत्रमा जताततै भएका ड्राइभिङ स्कुलले ७ दिनभित्र नै परिचयपत्र उपलब्ध गराइदिने आश्वासन दिन्छन्। त्यति छोटो अवधिमा सानो पुस्तक पढेर चालक प्रमाणपत्र पाइने मुलुक हाम्रो सिवाय अर्को कुनै नहोला। वास्तवमा ती स्कुलले प्रत्येक प्रशिक्षार्थीलाई सडक नियमको विषयमा ज्ञान दिलाएर त्यसको पालना गर्ने क्षमता प्रमाणित गरिसकेपछि मात्र तिनलाई सवारी साधन चलाउने लाइसेन्सका निमित्त योग्य ठान्नुपर्ने हो।
त्यसो त सवारी चालक प्रमाणपत्र दिने प्रहरी अधिकृत तथा जवानलाई ट्राफिकका विषयमा ज्ञान हुनुपर्ने हो। तर विडम्बना नै हो बहादुरीका साथ धुलो, धुवाँ र ध्वनि प्रदूषण खपेर घण्टौंसम्म ट्राफिक व्यव्स्थापन गर्नुपर्ने प्रहरी जवानमात्र होइन, अधिकृतलाई समेत सामान्य ट्राफिक नियमको ज्ञान भएको पाइँदैन। प्रहरी अधिकृतहरु सवार भएका महँगा झण्डाधारी जिपहरु नै दायाँ बायाँ जाने नियमको पालना गर्दैनन्। न त तिनले अर्को सवारी साधनलाई उछिन्ने नियमकै पालना गर्छन्। सवारी साधनहरु रोकेर चेक गर्दा बीच बाटोबाट अर्थात् ट्राफिक अवरुद्ध गर्दै चेकिङ हुन्छ। ट्राफिक प्रहरीले कुनै अग्रसरता नै देखाएका हँुदैनन्। ट्राफिक प्रहरीलाई सडकमा खटाउनुअघि ट्राफिक नियम अवगत गराउने अनिवार्य तालिम व्यवस्था भएको खण्डमा तिनले सडकमा बगाएको पसिनाको सार्थकता बढ्ने थियो।
हाम्रो सडकको क्षमता तथा ट्राफिक भार अनि बढ्दो दुर्घटनालाई विचार गर्दा सडक दुर्घटना रोकथाम गर्ने कार्य केवल ट्राफिक प्रहरीको जिम्मामा मात्र राख्न मिल्दैन। हामीकहाँ ट्राफिक प्रहरीले गरेको निर्णयलाई अन्तिम मान्ने परम्परा छ। अर्थात् पहुँच नहुनेले नगरेको अपराधको पनि सजायको भागीदार बन्नुपर्ने र पहुँच हुनेले जतिसुकै लापर्बाही गरे पनि छुट पाइहाल्ने स्थिति छ। यो समस्या त्यतिबेला टड्कारो हुन्छ, जब नियम लागु गर्ने अधिकारीलाई नै नियमका विषयमा ज्ञान अपूर्ण हुन्छ। त्यसकारण न्यायलाई सडकमा समेत कायम गर्न जिल्ला न्यायालयहरुमा ट्राफिक न्यायाधीशको व्यवस्था हुनु अत्यावश्यक भइसकेको छ।
ट्राफिक प्रहरीले दिएको सजायको प्रतिकार सडकबाट नगरी त्यसको न्यायिक छानबिन हुने व्यवस्था सबै सभ्य मुलुकमा छन्। सडकको नियम कानुनको चर्चा/परिचर्चा गरिरहनुको मुख्य कारण कुनै पनि व्यक्तिले आफू चढेको मिनीबसको चालकको लापर्बाहीबाट घाइते जीवन बिताउन नपरोस् भन्ने हो। उसका स्कुल जान थालेका सन्तानले चढेको माइक्रोबस कुनै ठूलो बस, ट्रक वा भित्तासँग ठक्कर खान पुगेको समाचार सुन्न नपरोस् भन्ने हो। बालबालिका वा अरु कुनै सन्तानको मृत शरीर सडकमा तेर्साएर क्षतिपूर्ति त पाइएला। अझ आफन्त ठूलाबडा पहुँचवाला रहेछन् भने शहीद घोषणा भएको पनि सुन्न पाइएला। तर न ती चञ्चल बालबालिकाको मुहार फेरि देख्न पाइन्छ न त बुढेसकालको सहारा नै कोही हुन्छ। उनीहरु कुनै ठूलो सडक दुर्घटनामा परेर ओछ्यान लागे भने तिनको स्याहारसुसार कसरी गर्ने ? थोरै मेहनतले अलिअलि ज्ञान बढाएर सबैले होसियारी गर्दा वा संयम राख्दा धेरै ठूला जोखिम कम गर्न सकिन्छ भन्ने विश्वास नै अहिलेको आवश्यकता हो।