राजनीतिक सम्मेलन आवश्यक
१५ कार्तिक २०६९
•
४ मिनेट पाठ
राजनीतिक सम्मेलन आवश्यक
मुलुकलाई नेतृत्व प्रदान गर्ने राजनेताहरुको खडेरी परेकै कारण अहिले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रमा अस्थिरता उत्पन्न भएको छ। विचार, सिद्धान्त र त्यागको राजनीति गर्ने राजनेता भएको भए सायद सहमति, सहकार्य र मेलमिलाप हुने थियो।
विडम्बना नै भन्नुपर्छ, निजी स्वार्थ र गुटको वरिपरि घुम्ने नेतामात्रै देखिए। मुलुकलाई दिशानिर्देश दिने राजनीतिक दल र नेतृत्व देखिएन। हिजोको शासन व्यवस्थाले आम नेपालीको भलो र कल्याण गर्न सकेन भन्दै आन्दोलन भयो। विभेदमा पारिएका जनसमुदायको हक अधिकार सुनिश्चित गर्ने सवालका लागि जनताले बलिदानी दिए। तर अहिले त्यो बलिदानीको अर्थ के भन्ने प्रश्न उठिरहेको छ। 
नेपालको अन्तरिम संविधानअनुसार संविधान जारी नहुन्जेलसम्म मात्रै राष्ट्रपति राष्ट्रपति हुन् तर संविधान सभा नै विगठन भइसकेपछि कानुनी आधारमा राष्ट्रपतिको पनि खासै कुनै शक्ति छैन। प्रधानमन्त्री यसै पनि कामचलाउ भइसकेका छन्। नेपालको अन्तरिम संविधान कति समयसम्मका लागि भन्ने स्पष्ट छैन। यो अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले एक आपसमा दोषारोपण गर्नुको अर्थ छैन। बरु प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो कानुनी हैसियत आत्मसात गरी सहकार्य गरेर अघि बढेमा मात्रै देशको स्थिति सुध्रन सक्छ। अहिले सबभन्दा ठूलो कुरा राजनीतिक दलबीचको सहमति नै हो। सँगै जनआन्दोलन गरेर आएका राजनीतिक दलको सहमति र सहकार्य नै अहिलेको महत्वपूर्ण कुरा हो।
जुन उद्देश्यमा विगतमा सम्झौता भए, त्योअनुरुप काम भएन। त्यसैले दलहरुको मूल यात्रा नै स्पष्ट हुन सकेको छैन। अहिलेसम्म भएका सम्झौतामा संविधान निर्माण गर्ने, संघीय राज्यको पुनर्संरचना गर्ने र लडाकुहरुलाई सेनामा समावेश गर्ने कुरालाई जोड दिएको हो। तर अहिले संविधान नबनेको र राज्यको पुनःसंरचना पनि नभएको स्थितिमा ती सम्झौताको औचित्यमाथि नै प्रश्न उठेको छ। कामचलाउ राष्ट्रपति र कामचलाउ सरकार प्रमुखले अब नयाँ सोच र तरिकाबाट जान उपयुक्त हुन्छ।
राष्ट्रपति र प्रधानमन्त्रीले सहमति गरी देशका सबै पक्ष बोलाई राष्ट्रिय राजनीतिक निकासका निम्ति सर्वपक्षीय बहस गराउन आवश्यक छ। यस्तो राजनीतिक सम्मेलनमा सबै राजनीतिक दल, बौद्धिक जगत, नागरिक समुदाय एवं पेशागत समुदायको सहभागिता आवश्यक छ। यसमा पुनः निर्वाचन वा संविधान सभा पुनर्स्थापना भन्ने विषयमा व्यापक छलफल गर्न जरुरी छ। यसो गरेमात्र नेपाली जनताको परिवर्तनको चाहना आत्मसात गरेको हुनेछ। त्यसबाट मात्रै सही बाटो र राष्ट्रिय राजनीतिक यात्रा र समस्याको समाधान निकाल्न सकिन्छ।
अहिलेको अवस्थामा फेरि संविधान सभाको चुनाव गर्ने भनेको गरिब जनतालाई ऋणमाथि ऋणमा डुबाउनु हो। त्यो संविधान सभाबाट चाहिँ संविधान बन्छ नै भन्ने के ग्यारेण्टी? यो अवस्थामा आम नेपाली जनताको हितमा हुने विकल्प के हो भन्नेतिर दलहरुमा सहमति र सहकार्य हुनु जरुरी छ।


अर्को समाचार
पहिले गोलमेच सम्मेलन त्यसपछि अन्तरिम सरकार- नेता चन्द
१३ साउन २०६९
•
१ मिनेट पाठ
पहिले गोलमेच सम्मेलन त्यसपछि अन्तरिम सरकार- नेता चन्द
चितवन (रत्ननगर), साउन १४- नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले राजनीतिक सङ्कट समाधानका लागि पहिले गोलमेच सम्मेलन आवश्यक भएको बताएका छन् । हिजो साँझ चितवनको भरतपुरमा पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा बोल्दै उनले गोलमेच सम्मेलनबाट अन्तरिम सरकार बनाएर समस्या समाधानको बाटो पहिल्याउनुपर्नेमा जोड दिए।




नेता चन्दले अहिले नयाँ निर्वाचन र संसद् पुनः स्थापना हुनै नसक्ने ठोकुवा गरे । प्रधानमन्त्रीले निकासका लागि बाटो खोल्नुपर्ने बताउँदै उनले आफ्नो पार्टीले लिएको कार्यदिशा सही भएको दाबीसमेत गरे ।

पुरानो पार्टीबाट जनचाहनाअनुसारको संविधान बन्ने नदेखेकाले आफूहरू शोधनवादविरुद्ध एक भएको उल्लेख गर्दै उनले पार्टीको योजनाअनुसार सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

उनले सो क्रममा पार्टीको भावी योजना, पार्टी अलग हुनुका कारण र वर्तमान राजनीतिबारे कार्यकर्तालाई प्रशिक्षण दिएका थिए। कार्यक्रममा नेकपा-माओवादीका झन्डै एक हजार कार्यकर्ताको सहभागिता रहेको थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस