कांग्रेस नेतृत्वलाई प्रश्न
२० कार्तिक २०६९
•
७ मिनेट पाठ
कांग्रेस नेतृत्वलाई प्रश्न
नेपाली कांग्रेसको नेतृत्व यतिखेर सरकारलाई नै नेतृत्व दिने आफ्नो हक दावी गर्दैछन्। पार्टी सभापति सुशील कोइरालादेखी, रामचन्द्र पौडेलसम्म सरकारको नेतृत्व पाइने लोभ र आशामा छन्।
सत्ताको लागि नेतृत्व लालची भएपनि कार्यकर्ताहरू भने गाउँगाउँक जान र संगठन विस्तार गर्न तयार छन्। नेतृत्व सरकारमा गएर शासन गर्न चाहन्छन् भने कार्यकर्ताहरू चुनावमार्फत वहूमत ल्याएर सत्ताको वागडोर सम्हाल्न चाहन्छन्। यसरी सरकारमा गए मात्रै लोकतन्त्र वलियो हुने हो। यो कुरा कार्यकर्ताले बुझेका छन्, नेताले बुझेका छैनन्।

त्यसो त प्रतिपक्षीले सरकार हटाउन हर उपाय अपनाउनु संसदीय व्यवस्थाको सौन्दर्य नै हो। तर लोकतन्त्रमा हठ राखेर हुँदैन। राष्ट्रप्रमुखसँग वक्सिसमा सत्ताको भिख मागेर प्रतिपक्षीले सरकारको दावी गर्ने होइन। लोकतन्त्रमा सरकारभन्दा प्रतिपक्षी बलियो हुन्छ। सरकार प्रतिपक्षीसंग संधै त्रसित हुन्छ, प्रतिरक्षात्मक हुन्छ। तर, प्रतिपक्ष सरकारसंग त्रसित हुन्न, आक्रामक हुन्छ। संसद प्रतिपक्षीको हुन्छ। सरकारलाई अल्टिमेटम दिइरहन्छ। तर, हाम्रो लोकतान्त्रिक संसदमा भने कांग्रेसँग राष्ट्रपतिय अल्टिमेटम मात्रै रह्यो। यस्तो प्रवृत्ति रूक्माङगत कटवाल काण्डदेखी नै हो। प्रतिपक्षमा रहेको कांग्रेस त्यसवेलादेखी नै राष्ट्रपतिको शरणमा परेको हो।

संसद अवसानपछि पनि शितल निवासलाई नै संसद भवन तथा प्रतिपक्षीको कार्यालय ठानेर का्रग्रेसले त्यही मार्फत सत्ताको दावी गर्दै छ। तर, सत्तालोभी माओवादी कांग्रेसको यो याचना सुन्दैन। संवैधानिक प्रक्रियामा वठयाई गरेर काम चलाऊ बनाइदिंदा पनि बाबुराम भट्टराई सरकार डेग हल्लिएको छैन। बरु, सरकार झनझन वलियो र राष्ट्र्पति झनझन निरिह बन्दै गएका छन्।

यसरी सत्ताको भीख माग्न कांग्रेसको इतिहास, विधान, निष्ठा, सिद्धान्त र प्रजातान्त्रिक पद्धतिले मिल्छ? कांग्रेस कार्यकर्ताहरू यतिखेर नेतृत्वसँग यही प्रश्न गर्दै छन्। प्रतिपक्षले या त सरकारको गठबन्धन तोडेर वा आन्दोलनको अंधिबेहरी ल्याएर सरकारलाई हटाउने हो। तर, राष्ट्रपतिलाई विन्तिपत्र जाहेर गरेर होइन। त्यस्तैसत्ता देऊ भनेर कारुण शैलीमा याचना गरेर पनि सरकार माग्ने होइन। यसअघि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हट्दा स्वतः सरकारमा कांग्रेसले नेतृत्व लिनु लोकतान्त्रिक प्रकृया हुंँदा हुँदै पनि गिरिजा प्रसाद कोइरालाले एमाले नेता माधव कुमार नेपाललाई प्रस्ताव गरेको कुरा कांग्रेसजनलाई थाहा भएकै कुुरा हो। त्यतिखेर काग्रेसका अहिलेका नेता के गर्दै थिए? लोकतन्त्रमा दोश्रो ठूलो दलले कि सरकारको नेतृत्व गर्छ, कि प्रतिपक्षको रूपमा संसदको नेतृत्व गर्छ । तर, अरु दलको नेतृत्वमा सरकारमा जंादैन। तर, कांग्रेसले यो कुरालाई विर्सिएको छ।

अहिले कांग्रेसको सरकार दावीमा तर्क देखिदैन। दुई वटा अन्य दलले दुईपटक खाएकाले आफनो पालो भन्ने कुरा जायज माग होइन। आम निर्वाचनमा जनताले प्रतिपक्षी बनाए पनि संविधानभन्दा सत्ताकै तानातानी अस्थिरताबीच बिसौंपटक भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेस हारेकै हो, बाबुराम भट्टराईले जितेरै पदमा बसेका हुन्। त्यसैले बाबुरामको वदलामा गाउंफर्के शैलीबाट आउने कांग्रेसका प्रधानमन्त्रीको हैसियत पनि काम चलाऊ भन्दा भिन्न हुने छैन।

काग्रेसका नेताहरूको तर्क आश्चर्यलाग्दो खालको छ। उनीहरू भन्दैछन्- हरेक चुनाव कांग्रेसले गराएको अनुभव भएकोले यसपटकको चुनाव गराउने हक पनि कांग्रेसलाई नै रे! सरकार दिने शर्तमा संविधानसभाको म्याद थप्न कांग्रेस राजी हुनु पनि लज्जास्पद हुने छ। त्यसैले त कांग्रेसको सत्ता लालचलाई प्रचण्डले राम्रैसँग उपयोग गर्दै आएका छन्। प्रचण्डले आफूलगायत कांग्रेसका अन्य नेताहरुलाई प्रधानमन्त्रीको पद बाँड्दै सबैलाई भ्रमजालमा राखेका छन्। हरेक हप्ता नयां ऐना देखाएर कांग्रेस जमातलाई कहिले रुपान्तरित संसद, कहिले पुर्नस्थापना अनि कांग्रेस नेतृत्वको सरकार, कहिले चुनाव त कहिले राष्ट्रिय सहमतिजस्ता जाल प्रचण्डले फालि नै रहेका छन्। त्यसमा कांग्रेस नेतृत्व सचेत हुन जरूरी छ।

एकातिर बजेट रोक्ने, अध्यादेशहरु रोक्नेजस्ता कार्यबाट सरकारलाई पंगु बनाउने र अर्काेतिर सत्ताको भीख माग्ने कामलाई कांग्रेसले बन्द गर्नुपर्ने हुन्छ। एमालेको सहयोगविना खुलामन्चमा केही हजार जम्मा गर्न नसक्ने स्थितिमा पुगिसकेको कांग्रेसको एकमात्र विषय माओवादी र एकमात्र एजेन्डा प्रधानमन्त्री पद बन्न पुगेको छ। अव पनि कांग्रेस नेतृत्वले यस्तै गर्दै जाने हो भने कार्यकर्ताहरुले कुर्सी मात्र होइन, ढुंगा हान्न थाल्ने छन्।
अर्को समाचार
पार्टी नेतृत्वलाई डा.शेखरको प्रश्न, ‘कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो?'
०६ फागुन २०८०
•
२ मिनेट पाठ
पार्टी नेतृत्वलाई डा.शेखरको प्रश्न, ‘कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो?'
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्। 

जिल्ला जिल्लामा पार्टीका साथीहरूले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिने गरी पार्टीको महासमिति बैठकमा प्रस्तुत हुन पनि उनले नेताहरूलाई आग्रह गरेका छन्। 

काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमवार (भोलि)बाट सुरु हुने महासमिति बैठकमा गम्भीर रूपमा छलफल हुनुपर्ने नेता कोइरालाको भनाई थियो।

पार्टी महासमिति बैठकको अघिल्लो दिन आइतबार काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले ‘जनमत घटिरहेका बेला सरकारमा बसेका छौँ भनेर काँग्रेसले खुसी हुनुपर्ने कुनै कारण नभएको’ दोहोराएका छन्। 

उनले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताए। विद्यमान निर्वाचन प्रणालीले कुनैपनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न काँग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोइरालाको प्रस्ताव छ। उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटेन्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि काँग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए।

कांग्रेस इतर पक्षका नेता कोइरालाले भने, ‘म जिल्ला जिल्ला घुम्दा खेरी साथहरुको एउटै प्रश्न हुन्छ–के हामी सधैँ कम्युनिस्ट पछि लागेर हिँड्ने हो? यो प्रश्न उठाइरहनु हुन्छ। हामीले एक्लै चुनाव कहिले लड्ने हो? भनेर सोध्नुहुन्छ।’

डा. कोइराला भन्छन्, ‘हामी स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं्। बहुमतमा छौँ चारैतिर। तर हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ। त्यो किन घट्यो? भन्ने कुरा अत्यन्त गम्भीर छ।’

उनले  कांग्रेसको भोट ३४÷३५ प्रतिशतबाट घटदै घटदै २७ प्रतिशतमा आएको उल्लेख गर्दै भने, ‘ यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौँ। हामी के मा रमाइराखेका छौ भने केन्द्रमा सरकारको नेतृत्व त हामीले गरेको छैन। तर १० वटा मन्त्रालय त हामीसित छ । यो कुरालाई तपाई महासमितिका साथीहरूले अत्यन्तै गम्भीर रूपले छलफल गर्नुहोला।’ 

नेता कोइरालाले मुलुकको अर्थतन्त्रको सूचकाङ्क राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभूति गर्न नसकेको जिकिर समेत गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस