सत्य कुरा
२६ साउन २०६६
•
८ मिनेट पाठ
सत्य कुरा
राज्यको अग्निपरीक्षा




जीवनजति ठूलो कुरा अरु के होला अभरमा परेका एकै जनाको जीवन जोगाउनु पनि एउटा संसार बचाउनु हो । रुवाण्डाका एक होटल व्यवस्थापक पौल रोसेसाबागिनाले आफ्नै समुदायका अतिवादीबाट १२ सय ६८ जनाको जीवन बचाएका थिए। यस अर्थमा उनले १२ सय ६८ वटा संसारलाई नष्ट हुनबाट जोगाए।
अमेरिकी फिल्मकार टेरी जर्जले यही मानवीय कथामा उत्कृष्ट सिनेमा बनाएका छन्। होटल रुवाण्डा शीर्षकको यस चलचित्रलाई न्यूयोर्क पोष्टले संसारकै महान् मानवीय कथा भनेको छ। नब्बेको दशकमा रुवाण्डामा हुतु समुदायले तुत्सीको 'जाति सफाया अभियान' चलायो। विदेशीको उक्साहटमा चलेको यो नरसंहारमा दस लाख जना मारिए। कहालीलाग्दो नरसंहारप्रति संसारले आँखा चिम्लिरहेका बेला हुतु समुदायकै पौलले किगालीस्थित आफ्नो होटलमा १२ सय ६८ जना तुत्सीलाई शरण दिए। तिनलाई बचाउन उनले विद्रोहीलाई आफूसँग भएभरको पैसा दिए बिन्ती गरे जातिद्रोहीको आरोप खेपे र आफ्नै ज्यान जोखिममा पारे। यी सब उनले तुत्सी समुदायकी आफ्नै पत्नी र सन्तानको मायाबाट प्रेरित भएर गरेका थिए। संयुक्त राष्ट्रसंघले उनको परिवारलाई बेल्जियममा शरण दिने व्यवस्था मिलायो। पत्नी र सन्तान सुरक्षित हुन्छन् भन्ने लागेपछि उनी तिनलाई पनि त्यागेर शरणार्थीको जीवन जोगाउन होटल फर्के । बेल्जियममा शरणार्थी जीवन बिताइरहेका पौलले भनेका छन् 'खासमा मैले त्यस्तो केही गरेको होइन । आफ्नै परिवारलाई प्रेम गरेको हुँ। सम्झे संसारका सबै मानिस आफ्नै परिवार हुन्।'

हृदयबाटै प्रेरित भए एक्लो प्रयासबाटै त्यति धेरै मानिसको ज्यान जोगाउन सकिनेरहेछ। नेपालमा झाडापखालाजस्तो अति सामान्य रोगबाट तीन सय जनाले ज्यान गुमाइसके तर राज्य यसलाई नियमित सामान्य घटनाभन्दा बढी मान्न तयार छैन। काठमाडौँ देशको मात्र होइन षड्यन्त्रको पनि राजधानी हो। झाडापखालाग्रस्त मध्य र सुदूर पश्चिममा केन्द्रित भए षड्यन्त्रको खेलमा गयल भइने भय सत्ता र प्रतिपक्ष दुवैलाई छ। कानुनले ठहर नगरे पनि जनतालाई उपेक्षा गर्ने राजनीति अपराध हो।

राज्य नागरिकको अभिभावक हो। अतः हरेक नागरिकप्रति राज्यको उत्तिकै दायित्व र प्रेम हुनुपर्छ । सम्झे पूरै देश एउटा मायालु परिवार हो। परिवारका कुनै सदस्य सिकिस्त हुँदा मायालु अभिभावक ध्याउन्ना अन्ततिर हुनै सक्दैन। अकर्मण्य अभिभावकको कुरा बेग्लै हो। के यो राज्य त्यस्तै अभिभावक हो जो परिवारका सदस्य सिकिस्त हुँदा अन्तै मस्तराम हुन्छ ?

राज्य भन्छ हामी जिम्मेवारीपूर्वक काम गरिरहेछौँ। तर मध्य र सुदूर पश्चिममा जीवनजल नपाएर मानिस मरिरहँदा महामारीग्रस्त क्षेत्रमा जिम्मेवार भएर काम गर्न नीति निर्देशन गर्ने स्वास्थ्यमन्त्री उमाकान्त चौधरी जर्मनी भ्रमणमा गए। त्यहाँबाट फर्केपछि उनको प्रभावकारिता महामारीग्रस्त क्षेत्रमा जीवनजल पुर् याउन होइन पूर्व स्वास्थ्यमन्त्रीलाई दोष थुपार्न खर्च भयो।

थाहा छ झाडापखाला थामिनसक्नु रोग होइन। रोगीलाई जीवनजल सफा पानी र पोषिलो खानाको व्यवस्था र रोग नलागेकालाई सफा पानीको व्यवस्था गर्न सके महामारी थामिनसक्छ । त्यसका लागि राज्यसँग स्रोत नभएको होइन। भरपर्दो अभियान चलाउने हो भने पूरै देशवासी सहयोग गर्न तयार छन्। समस्या यहीँ छ। सरकारको ध्यान कोइरालासँग साँठगाँठ गरेर प्रचण्डले सत्ता उछिट्याउलान् कि भन्नेमा छ। माओवादी आफ्नो संकल्प प्रस्ताव सम्बोधन नभएकामा छट्पटिएको छ। सरकार जति अकर्मण्य छ आफूलाई जनताको पार्टी भन्ने माओवादी उतिकै अकर्मण्य हुँदैछ। महामारीविरुद्ध अभियानको नेतृत्व उसले पनि गर्नसक्थ्यो। त्यस इलाकाबारे राम्ररी परिचित भएकाले ऊ सफल पनि हुनसक्थ्यो। उसलाई सघाउन स्वास्थ्यकर्मी संघ संस्था र नागरिक पनि तयार हुन्थे। आफ्नै आधार इलाका महामारीले मान्छेविहीन बन्दैछ भन्नेमा ऊ संवेदनशील देखिएन। उता सरकारले खटाएका स्वास्थ्यकर्मी जुका लाग्ने डरले सदरमुकामबाट गाउँ उक्लन मान्दैनन्। गाउँमा भने मलामी नपाउने गरी मानिसहरु सोत्राम भइरहेका छन्। जाजरकोटको ढिमेका एक पुरुष घरमा पत्नी र छोरीको लास छाडेर छोराको उपचार गराउन स्वास्थ्यचौकी पुग्छन्। चौकी बन्द हुन्छ। फर्कँदा काखमै छोराको मृत्यु हुन्छ । मध्य र सुदूर पश्चिमवासी अधिकांशको कथा यस्तै छ।

पीडित क्षेत्रका बासिन्दा राज्यलाई दबाब दिन विरोध कार्यक्रममा उत्रने स्थितिमा छैनन्। राजमार्ग बन्द गर्न त्यहाँ बाटै छैन। मन्त्रालय घेरुँ भने राजधानी आउने हैसियत छैन। मानवीय प्रेमले हृदयबाटै प्रेरित हुँदा किगालीका एकै जनाले १२ सय ६८ जनाको ज्यान जोगाए। जीवनजति ठूलो कुरा केही छैन। जीवन नरहेपछि राजनीति भूगोल संविधान सबै अर्थहीन हुन्छन्। पहिला जीवन त्यसपछि बाँकी कुरा। अभरमा परेको देशवासीको जीवनको तुलनामा सत्ता केही होइन। जनस्वास्थ्यप्रति उदासीन स्वास्थ्यमन्त्रीलाई राजीनामा गराउनुको विकल्प छैन। प्रधानमन्त्री आफैँले महामारीविरुद्ध अभियानको नेतृत्व गर्नु जरुरी छ। त्यसका लागि आवश्यक परे दैनिक प्रशासनबाहेक राज्यको पूरै ध्यान महामारीविरुद्ध केन्द्रित गरे पनि हुन्छ।
अर्को समाचार
पूर्वाभाष
१५ मंसिर २०७७
•
२ मिनेट पाठ
पूर्वाभाष

 केशवप्रसाद पौडेल

 




प्रिय

तिम्रो सौन्दर्यभित्र छिरेको मान्छे म

तिम्रो श्रृङ्गार रसमा डुबुल्की मारेको मान्छे म

धेरै पटक मिलेर पौडी खेलेको पोखरीको डिलैबाट 

यसो नियालेर हेर्दैछु

देख्दैछु

मैले मात्र महसुस गरेको

श्रृङ्गार सहितको सौन्दर्य

तर पनि

धेरैका कुरा सुन्दैछु

मैले महसुसै नगर्ने मान्छेले

फेरि पनि पौडी खेल्दै छन् रे

त्यो पनि अरूले भनेको

साथै

तिमीले आफैले सुनाका कुराबाट

मलाई अलिकति पनि शंका छैन प्रिय

मलाई हो भन्ने कुरामा  

अलिकति पनि विश्वास छैन प्रिय ।

धेरै पटक सहमति र सहकार्यमै  

चढेको रूखको हाँगाबाट

नियालेर फेरि पनि हेरिरहेको छु

तलतिर र सम्झिँदैछु

पक्रिएको पछ्यौरीको फेरो

र

फक्रिएको यौवनको फूल

आहा क्या मुग्ध स्नग्ध

क्या आनन्द सम्बन्ध

मैले नियालेर हेरेका सगरमाथा र कञ्चनजंघाहरू

आज पनि ताजै छन्,  

उत्तिकै उज्याला, चम्किला र उच्च छन्

उत्तिकै राम्रा, मनोहर र मनमोहक छन्

आज पनि उत्तिकै ताजा छन्

निकै पटक तरेका अरुण भ्यालीहरू

सप्तकोशीको भेलसँगै  

पुल तरेर धेरै पटक  

पार गरेका कोशीका छालहरू

आज पनि उत्तिकै कञ्चन छन्

उत्तिकै पवित्र छन्

सुन्दैछु

सगरमाथा र कञ्चनजंघाहरू  

हिउँसँगै पग्लिँदैछन् रे

अरूण भ्यालीमा फोहोरहरू  

जम्मा गरिँदैछन् रे

सप्ताकोशीको छालहरू 

अपवित्र बन्दैछन् रे

ती कुरामा मलाई अलिकति पनि विश्वासै छैन प्रिय

अझै पनि स्वच्छतामा शंका छैन प्रिय

मलाई त्यही सौन्दर्य जिउँदो लाग्छ

मलाई त्यही उज्यालोपन सदा जीवित लाग्छ

मप्रति डरको शंका नघुमाऊ प्रिय

पूरै गलत पनि पूरै गलत बनाएर

सबै पूर्व सत्य नै सत्य बनाउँछु प्रिय

मलाई मात्रै पूर्व सत्य नै

आजको सत्य लाग्छ

त्यही सत्य आज पनि  

जीवित पूर्ण लाग्छ

पूर्ण जीवित लाग्छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस