ढिलै भए पनि नेपाली कांग्रेसले एमाओवादी तथा एमालेको दबाबमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न सुशील कोइरालाको नाम घोषणा गर्यो । पार्टीभित्र प्रधानमन्त्रीका दाबेदार रहँदै आएका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तावित तथा पार्टी उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई समर्थन गरेकै कारण सतहीरूपमा नै किन नहोस्, कांग्रेस एकजुट भएको सन्देश जनमानसमा प्रवाहित भयो। तर कोइराला किन प्रधानमन्त्री बन्ने? प्रधानमन्त्री बन्नका लागि उनीसँग के/कस्ता कार्यक्रम छन्? एमालेबाहेक अन्य पार्टीको समर्थन जुटाउन के/कस्तो रोडम्याप छ उनीसँग? यी महत्त्वपूर्ण सवालको सम्बोधन गर्न भने कोइराला र उनको पार्टी कांग्रेस चुक्यो। यसले गर्दा अहिले मुलुक एकपल्ट फेरि सहमतीय सरकार गठनको पट्यारलाग्दो कसरतमा जुटेको छ।
पार्टी सभापति कोइरालामा राजनीतिक विवेक भएको भए तिनले अवश्य पनि आफ्नो सट्टा डाक्टर रामशरण महत, केबी गुरुङ, चित्रलेखा यादव वा अरू कसैको नाम अघि सार्न सक्थे। अनि उनले पार्टीको संयन्त्रलाई गृहकार्यमा जुटाउने थिए, जसको उद्देश्य नेपाली कांग्रेसको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतीय सरकारको उद्देश्य तथा कार्यक्रमको प्रस्तुति हुने थियो। त्यसका आधारमा सहमति जुटाउने प्रयासको थालनी हुन्थ्यो। खस्कँदै गएको नेपाली कांग्रेसको छवि र त्यस पार्टीमा छाएको वैचारिक शून्यताको माहोलमा गगन थापाको नामले चर्चा लिन थालेको पाइन्छ। कांग्रेसजनमात्र होइन, सर्वसाधारण समेत कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भनेजस्तै 'कुनै अर्को राजनीतिक पार्टीमा गगन थापा छ?' भन्दै सुरुङको अर्को ढोका बाहिरको उज्यालो देख्न थालेका छन्। तर, हाम्रो संस्कार विचित्रको छ। हामी नेपालीहरू धेरै दिन कसैको पनि प्रसंशा गर्न सक्दैनौ। यदि कुनै नाम लोकप्रिय हुन थाल्यो भने त्यो नाम नहराउन्जेलसम्म त्यसको पछाडि पर्छाैं। नेपाली कांग्रेस पार्टी त यो संस्कारमा माहिर नै छ।
जुन समय गगन थापा विद्यार्थी नेता भएर लोकप्रिय बन्न थालेका थिए, तिनकै पार्टी अध्यक्ष उनको चरित्रमाथि संशय गर्दै थिए। जब २०६१ सालमा राजा ज्ञानेन्द्र शक्ति संचयमा जुटेका थिए, त्यो समय राजतन्त्र प्रजातान्त्रिक शक्तिको विरोधी र मुलुकको उन्नतिको बाधक भएको हुनाले औचित्य नै समाप्त भयो। सोही बेलैमा गगन थापाले गणतन्त्रतर्फ उन्मुख हुनुपर्ने तर्क अघि सारेका थिए। जसकारणले उनले दुई-दुई वटा राजकाज अपराध ऐन खेप्नुपर्योु। सोही समयमा उनकै पार्टी अध्यक्षले गगनलाई दरबारिया एजेन्टको बिल्ला लगाए। एउटा युवकलाई प्रजातान्त्रिक पार्टीले उसको विचार व्यक्त गर्न प्रश्रय दिनुको साटो चरित्र हत्या गर्ने कार्यलाई विडम्बना सिवाय के भन्न सकिन्छ? दुर्भाग्य नै हो, जिम्मेवार व्यक्तिले अर्को व्यक्तिलाई लाञ्छना लगाउँदा न आफ्नो धरातल खुस्केको थाहा पाउँदछ, न त लगाएको दोषको प्रमाण जुटाउने प्रयत्न नै गर्छ।
गगन थापाले राजनीतिमा संलग्न हुन थालेपछि एउटा नयाँ प्रयोग गरेको पाइन्छ। जसोतसो परिश्रम गरेर तिनले राजनीतिलाई व्यवसाय बनाउनुको साटो व्यवसाय गरेर आफू आर्थिकरूपमा आत्मनिर्भर भएर राजनीतिक इमानदारी कायम गर्न लागिपरेका छन्। चाहे डिजे तालिम सञ्चालन गरेर होस् वा रेडियो कार्यक्रमको उद्घोषक भएर। हाल आएर तिनले सुरु गरेको कुरिलो उत्पादनदेखि बाख्रापालन व्यवसाय त्यही प्रयासको निरन्तरता हो। यस विषयमा पनि स्थापित नेतृत्व मौन नै देखिन्छ। एमाओवादीको एक सभासदले काठमाडौंमा च्याउँ खेती गरेर जग्गाधनी भएको प्रचारप्रसार राष्ट्रिय सञ्चार माध्यममा हुन्छ। तर युवा नेताले गरेको सत्कार्यले भने स्थान पाउँदैन।
माथि उल्लिखित कारणले नै होला, गगन थापाको नाम प्रायजसो राजनीतिक क्षितिजमा देखिने गरेको छ। अनि उनी राजनीतिमा लोकप्रिय पनि बन्दै गएका छन्। प्रचण्डलाई प्रधानमन्त्री बन्न आह्वान गरेर उनी एक पटक पुनः चर्चित भएका छन्। त्यसो त प्रधानमन्त्रीको योग्य उम्मेदवारका रूपमा उनको नामसमेत चर्चामा आउन थालेको छ। धेरैले उनलाई उमेर नपुगेका हुनाले चर्चामा सीमित तुल्याउने गर्छन्। त्यो गर्नेहरूले लुकाएको तथ्यचाहिँ के हो भने विश्वका चालीस मुलुकका राष्ट्र प्रमुखहरू चालीस वर्षको उमेरभन्दा कम समूहमा पर्छन्। हाम्रो मुलुकमा पनि बीपी, महेन्द्र, वीरेन्द्र, डा. तुलसी गिरी, सूर्यबहादुर थापा आदि सबै लोकप्रिय भएको युवा अवस्थामा नै हो। अहिलेको परिप्रेक्ष्यमा हेर्दा २०११ को जनगणनाले मुलुकको पचास प्रतिशतभन्दा बढीको जनसंख्या १५ वर्षदेखि ५० वर्ष उमेर समूह बीचमा रहेको देखाएको छ। यस अर्थमा यदि लोकतन्त्रलाई बहुमतको शासन व्यवस्था मान्ने हो भने त नेता पनि त्यही उमेर समूह अर्थात् ५० वर्षभन्दा कमकोबाट बन्नुपर्ने हो। अनि लोकतन्त्र पुनर्स्थापनापछि बनेका प्रधानमन्त्रीहरूका कार्यशैली तथा मुलुकको बिगँ्रदो राजनीतिक र आर्थिक स्थिति हेर्ने हो भने त पचास वर्ष नाघेका व्यक्तिहरूलाई खोजमेल गरेर सत्ता सुम्पनु आफ्नो खुट्टामा बन्चरो हान्नुसरह देखिन्छ।
जहाँसम्म नेपाली कांग्रेस पार्टीको सवाल छ, यो पार्टी अझै साठी वर्षपूर्व बीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादको 'सान्दर्भिकता' मा नै रुमलिएको छ। पार्टीभित्र हावी अर्थशास्त्रीहरू त्यो बेलाको कृषिमा आधारित अर्थतन्त्रमा आमूल परिवर्तन आइसकेको तथ्यलाई प्रकाशमा ल्याउँदैनन्। आजको नेपालमा कृषि एकमात्र आर्थिक तथा रोजीरोटीको स्रोत छैन। यस क्षेत्रको भूमिका कुल राष्ट्रिय आयको ९४ प्रतिशत अंशबाट घटेर ३० प्रतिशत पुग्ने भएको छ। अनि यसको दाँजोमा वैदेशिक रोजगारीबाट आउने आयले स्थान ओगट्ने दिशातर्फ मुलुकउन्मुख भएको छ। त्यसैगरी २ प्रतिशत शिक्षित भएको मुलुक अब ८० प्रतिशत शिक्षित जनसंख्या भएको मुलुक बन्दैछ। आजको नेपालमा फाटेको लुगा र खाली खुट्टा हिँड्ने व्यक्ति विरलै देखिन्छ। अनि फुसको छानो र काँचो इँटाको घरमा जीवन बिताउनेहरूको संख्या न्युन हुँदैछ। यी तथ्यलाई आत्मसात गरेर मुलुकमा परिवर्तित आधारशीलाको अवलोकन गरेर पार्टीलाई निर्देशन गर्ने क्षमता भएको भए पुरानो गफ चुट्ने नेताहरूको जमात भएको पार्टी नेपाली कांग्रेस नभएर यो नयाँ कांग्रेस बनिसक्थ्यो। नयाँ नेपालका निमित्त नयाँ कांग्रेस जन्माउने क्षमता वा दक्षता स्थापित कांग्रेस नेताहरूमा नभएकै कारण आज कांग्रेस चिन्तनबिहीन पार्टी बन्न पुगेको छ।
वास्तविकता भनेको बीपीले पचास र साठीको दशकमा दिनुभएको भूमिमा आधारित अर्थतन्त्रले काचँुली फेरिसकेको छ। बरु, कम्युनिस्ट भन्नेहरूले त्यही नारालाई काखी च्यापिसकेका छन्। यो अवस्थामा युवाहरूको ज्ञान, सीप तथा एक्सपोजरविना कांग्रेस पार्टीले नयाँ रूप लिन सक्दैन। उनीहरूको आकांक्षालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ, जुन कार्यका लागि पुराना नेताहरूमा क्षमता देखिँदैन। त्यसैले पनि युवाको पोल्टामा नेतृत्व सुम्पनुको विकल्प छैन। त्यस्तो नगर्नु भनेको पार्टीलाई प्रजा परिषद् बनाउन खोज्नु हो। किनकि अब पार्टीको नेतृत्वसँग नयाँ-नयाँ प्रविधि र ज्ञानसँग परिचित समुदायलाई सञ्चालन गर्ने क्षमता हुन जरूरी छ। यदि नयाँ नेपालका चुनौती सामना गर्न सक्ने प्रजातान्त्रिक पार्टीमा कांग्रेसलाई रुपान्तरण गर्ने हो भने त्यसको स्वरूप बदल्न युवा नेतृत्वको सामर्थ्य र सम्भावना देखिन्छ।